मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
"जीवन"
shresthabb — Thu, 07/08/2010 - 08:01
जीवन भनेको भगवानको अत्यन्त सुन्दर उपहार हो । तर मानिसले सकारात्मक रुपले सोच्यो भने यो सुन्दर हुन्छ, नकरात्मक रुपमा सोच्यो भने दु:ख पूर्ण हुन्छ । त्यसो त नकारात्मक सोचाइ नहुने होईन। मान्छे भएपछि रिस उठ्छ, डर लाग्छ, नराम्रा भावनाले घेर्ने पनि गर्छन् तर यसलाई विश्लेषण गर्न सक्नुपर्छ । त्यसपछि अगाडि बढ्न सकिन्छ । असफलता एवम गल्तीलाई गुरु मान्नु पर्छ । सधैं सोचे जस्तो गरेर बाँच्न सकिदैंन । तर पनि सकारात्मक सोच लाउन सकिन्छ, साचै चाहेमा ।
त्यो चिसो सेप्टेम्बरको अपरान्ह थियो काठमाडौंबाट बिराटनगरको फ्लाईटमा इटहरी घर जादै थिए । म सोचमग्न हुँदै झ्यालछेउ बसें। बादलले धमिलिएको आकाशतिर निस्फिक्री नाचिरहेको बादल हेरे। सयौ यात्रीहरूको भीडमा यात्रा गरिरहेको भएता पनि त्यहाँ म बिल्कुलै एक्लो थिएँ जस्तो भान भैरहेको थियो जब की उनको र मेरो भेट हुने दिन त्यो पहिलो दिन थियो । कुनै मौका पायो कि उनी मलाई फोन गर्थिइन र भन्ने गर्थिइन "सुमित म तिमीलाई लिन बिराटनगर एयरपोर्ट आउँछु।"
उसले त्यसो भन्दा म हतासिन्थें, मुर्मुरिन्थे । तर मलाई उसको यो भनाइ राम्रो लाग्थ्यो। उनको हाँसो, स्फुर्ती र जीवनप्रतिको उत्साह - लाग्थ्यो यो, मैले खुशीको बिज नै पाएँ । मैले रमुनालाई भेट्दा म २४ बर्षको थिए, उनी २० बर्षकी मात्र । मेरो जीवनमा रोमान्सका लागि कहिल्यै समय भएन । सानो गाउमा जन्मेर हुर्केको मैले सरकारी स्कुलमै प्राय: समय ब्यतित गरें । नौ बर्षको कलिलो उमेर मै बाबाले सदाको लागि छोडेर गए पछि धेरै बर्षहरू मैले रोएर गन्ती गरी-गरी बिताएको छु । २० बर्षको सानो उमेरमै दुबइ जस्तो मरुभूमिमा गएर ३ बर्ष काम गरी नेपाल फर्केको पिडा मजस्तै टुहुरलाई मात्र थाहा छ ।बिरानो बन्न पुगेको हाम्रो परिवार बस्दै आएको घर बिना कारण नै छोड्नु परेको थियो ।
यस्तै एक दिन रमुना मेरो जीवनमा सल्बलाइन जुन दिन म अफिसको काममा बेस्त थिएँ। दिनको ठीक १२:०० बज्न लागेको थियो मेरो मोबाइलमा फोन आयो । त्यो नम्बर नयाँ थियो र उनी पनि नयाँ थिइन फोन उठाएर सोधें, "हेल्लो !"
"हेल्लोव !!" उताबाट पनि सानो आवाजमा हेल्लो भनेको सुनें।
त्यसपछि मैले पुन: सोधें, "को बोल्नु भएको?"
उनले त्यतिकै कुरा टारिन्, "मैले त बिर्तामोड साथीलाई गरेको थिएँ, यो कहाँ पर्यो ?"
"काठमाडौं ! तपाईंले खोज्नु भएको मान्छे म होईन" भन्नासाथ सरी भन्दै फोन काटिन् ।
त्यसको केही समयपछि मैले फोन लगाएँ, "हेल्लो ! तपाईंको बोल्नु भएको?"
"म रमुना चौहान।"
"कहाँबाट ?"
"भद्रपुरबाट हो ।"
"अनि तपाईंलाई यो नम्बर कसले दियो त ?"
"मैले भगवान सँग मागेकी थिएँ।"
"wow! नाइस भगवानसँग माग्दा पाईन्छ र?"
"मैले त पाएँ। तपाईं पनि मागेर हेर्नुस् न!"
यसरी मैले उनलाई भेटाएको थिएँ र जीवनभरिको लागि पाएँ ।
म बिराटनगर प्लेनबाट उर्लिएर बाहिर रोडसम्म आएँ । त्यो दिन नेपालबन्द भएको कारण रमुना मलाई लिन आउन सकिनन् । बसहरू पनि त्यति चलेको थिएनन् । बल्लतल्ल एउटा माइक्रो बसको हुडमाथि चडेर इटहरीसम्म आएँ। घरमा ब्याग राखेर इटहरी बजारतिर निस्किएँ ।
म काठमाडौंबाट प्लेन चड्ने बेलामा रमुनाले फोन गरेर भनेकी थिइन, "म हजुरलाई लिन बिराटनगर आउन नसके पनि भेट्नको लागि इटहरीसम्म आउने छु ।"
इटहरी आएर उनको मोबाइलमा फोन लगाएँ । फोन बहिनीले उठाइन र भनिन, "दिदी त २ घण्टा अगाडि नै हिड्नु भएको त !"
मनमनै सोचें, आज नेपाल बन्दको कारण कतै जाममा परिन होला । अब रूम बन्दोबस्त गरिराख्नु पर्ला भनेर मकालु गेस्ट हाउसमा गएर एउटा रूम २ वटा बेड भएको बुक गरेर बाहिर आउनासाथ मोबाइलमा घण्टी बज्यो । त्यो फोन उनले नै इटहरी आएर गरेकी रहिछिन। फोन उठाउन साथ उनले भनिन्, "म धरान लाइनको गोर्खा डिपार्टमेन्ट अगाडि उभिरहेकी छु ।"
"ल ल म आइहालें। बरु भनन तिमी कुन ड्रेसमा छौ ?"
"पिन्क कलरको कुर्ता सुर्वाल अनि सेतो ब्याग । अनि लामो कालो केश" फोन काटेर उनी भएतर्फ लागें ।
रातको ८:०० बिजी सकेको थियो। म सरासर जाँदै थिए । मैले वारीबाट नै उनलाई देखिहालें । उनी एक्लै मायालाग्दी भएर पल्याकपुलुक यता उता हेरोरहेकी थिइन । म चुपचाप उनको पछाडिबाट गएर उनको २ ओटै आँखा बन्द गरिदिएँ। त्यसपछि उनले बिस्तारै मेरो हात हटाइन र मपट्टि फर्किन । त्यति बेला मात्र बल्ल उनलाई मैले पहिलो पटक निहालेर हेरेको थिएँ । मैले उनको आँखामा आँखा जुधाएँ ।उनका उपध्र बलेको आँखा, छड्के हाँसो, लामो कपाल जसमा बिनाकारण अनायस मेरो हातहरू लग्न मन लाग्यो ।
मलाई उनको आभास भयो र उनको एकाग्र नजरमा मेरो लाजको लाली छायो। उनले अचानक हात अघि बढाउँदै भनिन्, "हाइ म रमुना । अनि हजुर?"
म नमुस्कुराइ रहन सकिन र उनको हात मिलाउदै सानो स्वरमा फत्फताएँ, "म सुमित।"
उसको अंकमाल कसिलो र मित्रवत थियो । हामी मकालु गेस्ट हाउसतिर लाग्यौं। त्यसपछि मेरा दिनहरू रमुनासंगै भरिदै गए। उनको परिवारमा ५ जना दाजुहरू एक जना आमा र एक जना दिदी हुनुहुन्थ्यो। बाबा चाहिं मेरो जस्तै उनी सानो छँदा नै बित्नु भएको रहेछ । यस्तै दु:ख सुखको कुरा गर्दै घडी हेर्दा बिहानीको ४:३० बजिसकेको रहेछ। उनले हतार-हतार आफ्नी बहिनीलाई फोन गरिन् । दिदीले बोल्न नपाउदै उनकी सानी बैनीले भनिन कि सुमित दादालाई भेट्न म पनि आउँछु ।
क्रमश:
माथि उल्लेखित कुराहरू वास्तविक हुन्। कसैको जीवन सँग मेल खाना गए संयोग मात्र हुनेछ ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
20 min 42 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 47 min ago - hlw
22 hours 28 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- जन्मिएको ठाउ सम्झदै छु
- ...नत्र अब भेट हुन्न तिम्रो–मेरो
- ‘नेपाल उज्यालो हुन्छ कि ?’
- सुटुक्कै
- ''प्रतिक्षा ''
- व्यङ्ग्य-विनोद - विचरा कवि
- गजल
- दुःखले छुँदा
- पूनरावृत्ति
- अजम्बरी बुटी
- सीमाना कटाउने बेला हो यो
- दोषी चस्माको विपक्षमा
- सप्रिनुको आनन्द
- सिकन्दरलाई साधुको शिक्षा प्रेरक प्रसङ्ग
- भुर्र–भुर्र उड्छे वनकी चरी
- दिदी माइत आऊ है
- परदेशी छोरीछोरालाई चिठ्ठि
- तिमीलाई तिम्रो जन्म दिनको मंगलमय शुभकामना !!!!
- कहाँ छ ?
- बैशालु यो हावा आयो

Please do not write me bad
shresthabb — Thu, 07/08/2010 - 08:02Please do not write me bad words..............
sumith
ramro chha ramro chha
shresthabb — Fri, 07/09/2010 - 09:25ramro chha ramro chha
sumith
खै त क्रमश: अँझै आएन!
ABhairab — Sat, 09/11/2010 - 16:32खै त क्रमश: अँझै आएन!
कथाको सार
अतिथि (not verified) — Tue, 06/14/2011 - 17:49कथाको अन्तराल भित्र वास्तविकता लुकेको छ । तपाईको स्रिजनाले निरन्तरता पाउनेछ भन्ने आशावादी छु ।
सुरेन्द्र
वाख्या
अतिथि (not verified) — Tue, 06/14/2011 - 17:51कथा धेरै राम्रो लाग्यो
Post new comment