• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

मृत्योपहार

kbs — Sun, 07/11/2010 - 19:34

  • आधुनिक कथा
  • पूर्णचन्द्र जोशी
  • नेपाल साप्ताहिक

टिनिनिन्... टिनिनिन्... एकाबिहानै फोनको सुरिलो आवाज र त्यही आवाजभित्र अदितले कल्पना गरेको उसको सपना। आज एकाबिहानै अदिले फोन गरिछन्। अदितालाई उसले प्यारले अदि भनेर सम्बोधन गर्थ्यो। सायद भेट नभएको धेरै समय भइसकेको हुनाले उनी मसँग फोनमा कुरा गर्न आतुर छिन् होला। साँच्चै, कति माया गर्छिन् मेरी अदिले मलाई। यिनै कुराहरूलाई मनमा खेलाउँदा खेलाउँदै ऊ फोन भएतिर हुत्तियो।

सपनाका छालहरू आकाश छुने गरी उर्लंदै थिए उसको मनमा र तिनै छालहरूमा रमाइरहेको थियो ऊ पनि। मानौँ यो संसारमा ऊभन्दा खुसी र सुखी अरू कोही थिएनन्। अदिताप्रतिको उसको प्यार उसको खुसीको कारण थियो। खुसी पनि किन नहोस्। उसले आफूलाई भन्दा बढी माया अदितालाई गर्थ्यो। तर, अदिता विगत केही समयदेखि अदितसँग रिसाएको कारण फोन सम्पर्कबाट टाढा थिइन् र आज अचानक पुनः फोनमा पाउँदा उसको खुसीको सीमा नै रहेन। भौतिक रूपमा भेट हुन नसके पनि मानसिक रूपमा सधैँ भेटिरहन्थे, दिनमा कैयौँपटक फोन गर्थे उनीहरूले एकअर्कोलाई। तर पनि अदितालाई एक्लै सहरमा छोडेर आफू टाढा गाउँमा बस्नु परेकामा उसको मनमा बेचैनी छाई नै रहेको हुन्थ्यो।

अदितालाई कुनै पनि प्रकारको दुःख-कष्ट नहोस्, वनका काँडाहरू प्ानि फूल बनून् उनका लागि, सुखैसुखहरूले ओझेल पारोस् दुःखहरूलाई, असफलताहरू पनि सफलतामा परिणत होऊन् र आँखा कहिल्यै नरसाऊन् उनका भनेर बिहान-बेलुकी भगवान्सँग प्रार्थना गर्नु उसको दिनचर्या नै बनिसकेको थियो।

कहिलेकाहीँ एकआपसमा झै-झगडा हुँदा केही समयका लागि दुवै जना दुईतिर लाग्थे पनि। एकचोटि त अदित यस संसारबाट झन्डै बिदा पनि भइसकेको थियो। विष सेवन गरी आत्महत्या गर्ने असफल प्रयास गरेको एउटा घटना ताजै थियो उसको मानसपटलमा। उसकी अदिता रिसाएर ऊबाट टाढा हुन खोजेकी थिई। त्यतिबेला उसले अदितालाई निकै सम्झायो, आफ्नो पूरै मन खोलेर उसको अगाडि राखिदियो तैपनि अदिताले मानिनन्। सम्झाउँदासम्झाउँदा ऊ थाकिसकेको थियो। अब अदिता फर्किन्नन् भन्ने उसलाई लागेपछि भावावेशमा आएर ऊ आफैँ मृत्युको मुखमा होमिन पुगेको थियो। यिनै कुराहरूले उसलाई झस्काइरहन्थ्यो जहिले पनि र ऊ डराउँथ्यो पनि। तर, उनीहरूको एकअर्काप्रतिको अगाध प्रेमले उनीहरूलाई कहिल्यै पनि अलग हुन दिएन।

अदितालाई पनि गाउँबाट सहर पसेको झन्डै दुई वर्ष भइसकेको थियो। सहरिया जीवनको प्रभावले उनीमाथि विस्तारैविस्तारै आफ्नो प्रभुत्व जमाउँदै थियो। सहरिया जीवनसँग घुलमिल भइसकेकी भए पनि अदितलाई असाध्यै माया गर्थिन् उनले। अदितकै लागि मन्दिर जान्थिन्, उसैका लागि ज्योतिषीकहाँ धाउँथिन्, उसैको नजिक र ऊसँगै टाँसिएर बस्न रुचाउँथिन् उनी। पटक-पटक गाउँ छोडेर सहर पस्न उसलाई अनुरोध नगरेकी पनि होइनन्। अदितको आगमनको प्रतीक्षामा थुप्रै दिन र थुप्रै रातहरू बितेको उनले पत्तै पाइनन्। कतिपटक त उनले आफू बिरामी भएर थला परेको बहाना पनि बनाइन् तर पनि ऊ आएन। आफू चिन्ताले दुब्लाएर दूबोजस्तै भइसकेकी भनेर कतिबेला भनिन् त कहिले छिट्टै नआए आफू रिसाउने र कहिल्यै नबोल्ने धम्की पनि दिइन्। अदितले अदिताको चाहना र भावना दुवै नबुझेको पनि होइन तर समयको हुरीले उसलाई उडाएर अदिताको पोल्टोमा पुर्याउन नै सकेन।

ऊ टाढा भए पनि अदितालाई उसले आफूबाट कहिल्यै टाढा राखेन र आफू पनि अदिताको छायाँभित्र सधैँ अदितासँगै भएको महसुस गर्थ्यो। अदितको जिन्दगी अदिता थिइन्, उसको सपना अदितासँगको अगाध र अटूट प्रेम थियो। अदितासँगको बिछोड उसको जीवनरेखासँग जोडिएको थियो। सायद त्यसैले होला, फूलका बगैँचाहरूमा, सेताम्य हिमशिखरहरूमा, समुद्रका छालहरूमा, दिनको उज्यालोमा, रातको अँध्यारोमा, सूर्यको प्रकाशमा, चन्द्रमाको जूनमा, अनन्त आकाशमा, विशाल धर्तीमा, सुखहरूमा, दुःखहरूमा जताततै उसले अदितालाई मात्र देख्थ्यो।

स्वतन्त्रता र समानताका जतिसुकै नाराहरू फलाके पनि यो समाजले उनीहरूको प्रेम-सम्बन्धलाई मान्यता दिनु त्यति सजिलो थिएन र यो कुरा अदित र अदिता दुवैलाई राम्ररी थाहा थियो। थाहा हुँदाहुँदै पनि उनीहरूले समाजलाई छलेर प्रेमको सौन्दर्यलाई झनै उचाइमा पुर्याउन डटेकै थिए।

अदितलाई त्यो फोन उसैको अदिताको हो भन्ने पक्का थियो। फोन उठाएर हेलो आदि... सन्चै छौ ? भनेर आत्मीयतासँग सोधेर आफू पनि सन्चै भएको जानकारी दिँदै अदिताबाट टाढा भएकामा आफू निकै दुःखी भएको र छिट्टै आफ्नो अदितालाई भेट्ने कुरा गर्न थाल्यो उसले। तर, परििस्थतिले कोल्टे फेरसिकेको रहेछ। अघिसम्मको उसको सपनाको सुन्दर महल खण्डहरमा परिणत भइसकेको रहेछ। अदिताकै मुखबाट यस्ता शब्दहरू सुन्नुपर्ला भन्ने उसले कल्पनासम्म पनि गरेको थिएन। अदि... के भयो तिमीलाई ? के कुरा गर्दैछौ तिमीले ? अदितको डराएको आवाजले बन्द कोठाको शान्त वातावरणमा एकाएक कम्पन ल्यायो। स्वर लर्बराउँदै कुरा गररिहेको भए पनि उसको स्वरको गति मधुर हुँदै गइरहेको थियो। उसले आफूलाई नियन्त्रित गर्दै अदि... त्यो हुनै सक्दैन, अदि... त्यस्तो नगर, बरु म छिट्टै आउँछु भन्दै विगतका सम्झनाहरू केलाएर शान्त पार्ने कोसिस गर्दा गर्दै अदिताले ढ्वांग फोन राखिदिइन्।

अदितामा अचानक देखिएको परविर्तनले ऊ शून्यमा घुम्न थाल्यो। के गर्ने र के नगर्ने ? उसले ठम्याउन नै सकेन। हृदयाघात निम्त्याउनेजस्ता अदिताको मुखबाट भर्खरै सुनेका शब्दहरूलाई सम्झिनेबित्तिकै अदितको मुटुको धड्कन एकाएक बेतोडसँग बढ्न थाल्यो। बाटो कुरेर बसेका भेलहरूलाई रसाएका परेलीहरूले थाम्नै सकेनन्। आँसुका भेलहरू आँखीद्वार हुँदै बाहिर हुत्तिए। गलाको आवाज भक्कानोमा परिणत हुन पुग्यो। अदितासँग बसेका पलहरू, सँगै घुमेका क्षणहरूको सम्झना आयो उसलाई र ऊ विगतलाई सम्झिन थाल्यो। उसले विगतको त्यो स्वरूपलाई देख्न थाल्यो, जसमा ऊ अदिताको र अदिता उसको थिइन्। उसलेे अदितालाई पुनः फोन गरेर सम्झाउन खोज्यो तर उसको स्वर सुन्नेबित्तिकै अदिताले फोन राखी दिइन्। मानौँ त्यो स्वर उनले कहिल्यै सुनेकी नै थिइनन्। ऊ भक्कानो छाडेर रुन थाल्यो।

अदिताप्रतिको उसको माया पनि अचम्मकै थियो। दुनियाँमा दुःखी धेरै थिए तर अदितालाई दुखेको उसलाई पटक्कै राम्रो लाग्दैन थियो। संसारभरमिा सुखी पनि थोरै थिएनन् तर अदिता सुखी भएको देख्दा उसले उसका पीडा, व्यथाहरू पनि बिर्सिदिन्थ्यो, किन ? आज ऊ आफैंले आफैँलाई प्रश्न गररिहेको छ। के घरदेखि बाहिर जाँदा-आउँदा बाटोमा, फुटपाथमा, हूलमा, भीडमा, ट्याक्सीमा, टेम्पोमा, माइक्रोमा भेटिने अन्य तमाम अनुहारजस्तै थियो त ऊ अदिताको आँखामा ? त्यो पनि त्यही हूल, भीडभित्रको एउटा परििचत पात्र मात्रै त हो नि जस्तो लाग्यो होला त अदितालाई ? अदितले बुझ्न सकिरहेको थिएन। ग्रीष्मले तापमय बनाएको उसको शरीर एकाएक चिसिन पुग्यो, आजसम्मको कल्पना परकिल्पनामा परिणत हुन पुग्यो, परकिल्पनाका लहरहरू मनभित्र तैरनि थाले उसका, ओहो ! म त साँच्चै पराय नै रहेछु, म जे सोच्थेँ त्यो त सत्य होइन पो रहेछ जस्तो लाग्न थाल्यो उसलाई। उसले पर्सबाट अदिताको तस्बिर झिकेर मुटुमा राख्यो र मनमनै वाचा गर्न थाल्यो, अदि..., तिमीले जेसुकै भने पनि, जेसुकै गरे पनि म बाँचुन्जेल मेरो मन-मस्तिष्कबाट, मेरो हृदयबाट तिमी र तिम्रा यादहरू, सम्झनाहरू हराउने छैनन्, मेटिने छैनन्, झलझली सम्झनामा आई नै रहनेछन्। तिमीप्रतिको मेरो अगाध प्रेमले तिमी र तिम्रा यादहरूलाई बिर्सिन दिने छैन, सम्झाइरहने नै छ, सदासदासम्म। तिमीप्रतिको मेरो असीम माया, प्रेममा कुनै पनि प्रकारको कमी आउने छैन किनभने मैले तिमीसँग प्रेम गरेको हुँ अदि... तिमीसँग...।

तर, अदिताको आत्मामा कोरिएको अदितको चित्र मेटिइसकेको रहेछ। अदिताले फोनमा अदितलाई भनेकी थिइन्, यदि तिमी साँच्चै मलाई माया गर्छौ र म खुसी भएको देख्न चाहन्छौ भने मलाई बिर्सिदिनू, मेरो नजिक नहुनू, म बदलिइसकेँ, अबदेखि मलाई भेट्न पनि नआउनू र फोन पनि नगर्नू, मैले अर्कै बाटो रोजिसकेँ, विगतमा जे भयो भयो। अदितको सुन्दर भविष्यको ढोका बन्द गर्ने गरी उसको अदिताले गरेको एकतर्फी निर्णयले विगतको भन्दा झन् ठूलो र भयानक दुर्घटनाले अदितलाई स्वागत गर्न सुरु गरसिकेको थियो। विगतमा अदितासँगै रमाएका पार्कहरू, घुमेका घुम्तीहरू, बसेका बिसौनीहरू झलझली सम्झिन थाल्यो उसले।

सुन्दर हराभरा फाँट बनेको अदितको जीवन मरुभूमिमा परिणत हुन पुग्यो। सुखहरूले साथ दिन छाडे उसलाई, भोक र निद्रा भन्ने शब्द नै बिस्र्यो उसले, खुसी भन्ने चीज पनि टाढा भयो ऊबाट। अदिताप्रतिको उसको प्रेमले उसलाई तड्पाई नै रह्यो, उसका साथीहरूले त्यसको कारण जान्न खोजे तर उसले बताउन नै सकेन। पानीबाट झिकेर बगरमा फालेको माछाको जस्तै गति भयो, अदितको। ऊ गाउँलाई बिदा गरेर सहर भित्रियो। उसले सहरका पार्कहरूमा, देवीदेवताका मठ र मन्दिरमा, सडकका मोटरगाडीहरूमा, सँगै घुमेका घुम्ती र बसेका बिसौनीहरूमा जताततै खोज्यो तर अदितालाई कतै भेटाएन। त्यसपछि पनि थुप्रै वसन्त, हेमन्त, शरद्, शिशिरहरू आए र गए तर अदित भने अदिताका सम्झनाहरूसँगै कल्पनाको सागरमा डुबी नै रह्यो, ऊ बाहिर निस्कन सक्दै सकेन।

अदिता आज पनि उस्तै छिन्। अदितसँगको बिछोडले उनलाई कुनै असर पार्न नै सकेन। उनलाई सम्झना दिलाउने अदितका सबै सम्झनाहरू उनले मनमस्तिष्कबाटै मेटाइसकेकी रहिछन्। उनी हिजोभन्दा आज झन् बढी खुसी छन्। अदितको स्थानमा ऊभन्दा राम्रो साथी भेटिछन् उनले। अदिताको दिनचर्या हेर्दा यस्तो लाग्थ्यो कि अदित त जेब्रा क्रसिङ्मा बाटो काट्दा भेटिएको हूलभित्रकै एउटा परििचत अनुहार मात्र पो रहेछ। ऊ त केवल थकाइ लागेको समयमा बिसौनीका रूपमा प्रयोगमा ल्याएको एउटा सुन्दर र शीतल चौतारी पो रहेछ।

तर, अदित भने अर्कै भएछ। हिजोको अदित आज रहेन। उसका आँखाहरू रसाएका रसायै छन् तर आँसु सुकिसकेका छन्। उसको अनुहारमा खुसीका रङहरू धूमिल हुन थालेको वर्षौं भइसकेछ। आज पनि अदितले विगतको झझल्को बिर्सेको छैन। उसले मनभर िअदिताका सम्झनाहरू र कोठाभर िअदिताका तस्बिरहरू सजाएरै राखेको छ। तस्बिर र सम्झनाहरूको बीचमा स्वागतमले सजिएको एउटा शैय्या छ, जसमा अदिताको उज्ज्वल भविष्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै मृत्युलाई कुरेर अचेत अवस्थामा अदित पल्टिरहेको छ, पल्टिरहेको छ।

नेपाल साप्ताहिक ४०३

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 69
  • 1107 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • दमदार गजल वाह
    12 hours 3 min ago
  • वाह
    1 day 2 hours ago
  • थाप्छु दश करोड नि
    4 days 23 hours ago
  • सुझावको लागि धन्यवाद सर !
    6 days 4 hours ago
  • गजब रहेछ मित्र ।
    6 days 21 hours ago
  • ल धेरै असल समीक्षा अायाे ।
    1 week 1 day ago
  • यसको अरिजिनल याहा सम्लग्न
    1 week 1 day ago
  • असल लाग्यो मित्र ।
    1 week 4 days ago
  • Naman hajur
    1 week 4 days ago
  • Marmik
    1 week 6 days ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • नयाँ बर्षको शुभकामना
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • डुबेको मधेशका गढेका दर्दहरू
  • शुभकामना! जन्मदिनको !!
  • आज मन उडेर भाग्छ
  • जन्मदिनको शुभकामना
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • आँसु हाँसो मिलन बिछोड
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • छोरीको जन्मदिनको शुभकामना
  • सगरमाथा छोएको क्षण
  • पछिल्ला रचनाहरू
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • मेरी आमा, प्यारी आमा
  • यसै गरी बिताईदिन्छु
  • तिमीलाई जन्मदिनको शुभकामना
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • म हुरीमा दियो जलेको देख्छु
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मीरा (प्रेम कथा)
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • मलाई नसोध कहाँ दुख्छ घाउ
  • मेरो छोरो भेटिएको छ
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • ए झरी नझरी देउ यसरी
  • धोका दियौ तिमीले
  • प्रेम कविता
  • मोहनी लाग्ला है

Last viewed:

  • बुढा र बूढी
  • मेरो जन्मदिन
  • मन पराउने हजार भेटिन्छन
  • जिन्दगीको पानाभरि
  • शुभकामना! जन्मदिनको !!
  • हार्दिक अपिल
  • मेरो सपना
  • अन्तिम प्रेमपत्र
  • बलात्करीलाई पत्र
  • चितामा देश
  • शुभकामना - पचहत्तर सालको
  • व्यङ्ग्यात्मक कविताको झटारो
  • प्रभो ! डुब्न लागेँ
  • मीरा (प्रेम कथा)
  • मेरो कलम
  • नीलम कार्की निहारिकाको उपन्यास "चीरहरण" प्रकाशित
  • कैले लहर यो मनमा चल्छ
  • सहकारी र समाजद्वारा संयुक्त कवि गोष्ठी र वाग्द्वारमा संकल्प
  • अधुरो प्रेम दिबस
  • जन्मदिनको शुभकामना तिमीलाई
  • आफू बन्नेको होड छ समाजमा
  • जननी जन्म भुमिश्च स्वर्गादपि गरियसी
  • रिस
  • नयाँ वर्ष
  • बाल आशाको दीप
  • शुभकामना नववर्षकाे
  • रुनु पर्ने थिएन सम्झी, पश्चातापमा यति खेर
  • रमाएर जिउन सिकौं
  • उत्कृष्ट पाँच मुक्तकहरु :
  • बम कि आत्महत्या!
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित