Skip to content


विद्यार्थी आन्दोलनमा नेतापुत्र पनि जोशिएर भाग लिइरहेका थिए । शुल्कवृद्धिलाई लिएर त्यसको विरोधमा आन्दोलन चलिरहेको थियो । आन्दोलन विस्तारै चर्कंदै जान थाल्यो । दिनहुँ जसो प्रहरीसित आमनेसामने हुन्थ्यो तर आज त मुठभेडको स्थिति नै आयो । विद्यार्थीमाथि अश्रुग्यास र लाठी प्रहारले गर्दा आन्दोलनले अब क्रमशः राजनैतिक चोला हाल्दै गयो।

आन्दोलनले गति लिँदै गएपछि पृष्ठभूमिमा बसेर केही नेताहरू पनि सक्रिय हुन थाले ।

हुँदाहुँदा त्यसदिन त गोली नै चल्यो । सँधै प्रहरीसित आमनेसामने मात्र हुने विद्यार्थीहरूको भीड त्यस दिन उग्र भयो । उग्र भएका विद्यार्थीहरूलाई रोक्न प्रहरीले गोली चलाए । विद्यार्थीहरूले पनि ढुङ्गामुढा गर्न थालेका थिए । ढुङ्गामुढा लागेर केही प्रहरीहरू घाइते भए भने गोली लागेर केही विद्यार्थीहरूको ज्यान गयो ।

जुन दिन आन्दोलनले उग्र रूप लिँदा गोली चलेको थियो , त्यसै दिनदेखि नेतापुत्र आन्दोलनमा देखिएनन् । पार्टीले उनलाई अगिल्लो दिनमै आन्दोलनको अध्ययन गर्न भनेर विदेश पठाइसकेको थियो ।

शनिबार, गोरखापत्र
असार २७, २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *