मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
सम्झनामा एक आत्मीय अग्रज
kbs — Wed, 07/14/2010 - 20:20
म काठमाडौँ आएको मदन उपाध्याय दाइको निम्तोमा रहेछ । त्यो पचास वर्षभन्दाअघिको कुरा हो । मलाई लिन कलकत्तामा रित्तै हवाइजहाज लिएर आउने पाइलट रमेश, उहाँको भाइ त माध्यम मात्र रहेछन् । मलाई भन्डैझन्डै गलहत्याएर ल्याउनु परेको कारण चैँ उही सधैँको 'ज' पछिको 'झ' थिएछ । सबैभन्दा पहिले मदन दाइलाई मैले २००६ सालको हिउँदमा देखेको हुँ । रमेश र म कलेजको बिदामा काठमाडौँ आउन भनेर दार्जीलिङबाट हिँडेका । एक रात उनीहरूको घर, विराटनगरमा बस्ने कार्यक्रम थियो । भोलिपल्ट बिहान एक जना हामीभन्दा अलि पाको उमेरका तर नक्कले र झिल्के व्यक्ति, टाइ र ऊनीको सुटसहित फेल्टहृयाट ढल्क्याएर त्यही घरबाट निस्के । मभन्दा अलि पाका र अग्ला, दुब्ला-पात्ला र गोरा तर धोतीकुर्ता र लुङ्गी-गाम्छा सभ्यताको त्यो मधेसी माहोलमा त्यस्ता सुटेड-बुटेड 'साहेब' देख्ता तिनलाई कागको बथानमा बकुल्ला भएजस्तै लागेको थियो । उनी गइसकेपछि रमेशलाई सोधेँ, 'ती झिल्के मान्छे को हुन् ?' 'हाम्रै ठुल्दाइ । तँसँग पछि परिचय गराउँला' तर उनी बाहिरबाट फर्केकै थिएनन्, म विराटनगरबाट हिँडिहालेँ । तैपनि, उनको त्यो सामन्ती, साहेबी तस्बिर मेरो मनमा पछिसम्म हराएको थिएन । पछि बुझ्दै गएँ, उनको त्यो ठाँट र रवाफ केवल खोक्रो ठस्सा भने रहेनछ । विराटनगर बजार-अड्डाका ठेकेदारको रूपमा पाएँ तर दरबारबाट रमेशहरूको मुद्दा 'दोहोर्याएर हेर्दिनु' भन्ने आदेश चैँ आज आउला छैन, भोलि आउला छैन । पर्खिंदापर्खिंंदा हत्तु भइयो । फोकटमा रमेशहरूको माना खाएर पनि कति बस्नु ? करिब सात महिनासम्म विवेकले चिमटेको चिमट्यै गरेपछि मैले कम्मर कसेँ, अब म आफ्नै बाटो लाग्छु । रञ्जना सिनेमा हलनेर फसिकेव टोलमा डेरा लिएर सरेँ पनि ।
तर रमेशको पाहुना लागेर बितेका ती अन्तहीन पर्खाइका पट्यारलाग्दा दिनहरूमा औधि आत्मीय हुँदै जानुभएको थियो मदन दाइ । यहाँ केही समयअघि प्रधानमन्त्री डा. के.आई. सिंहका सचिव बनिसक्नुभएको थियो । मसँग भेट हुँदासम्म अरू कुनै काम समात्नुभएको थिएन तर जागिर-सागिर नभए पनि यहाँ मस्तमौला । म चैं कमाइ गरेरै खानुपर्ने मान्छे । धन्न, त्यसैबीच अमेरिकन एम्बेसीमा राम्रै जागिर पाएर अल्झिसकेको थिएँ । तैपनि बिहान-साँझ सँगसँगैको घुमफिर र उठबसले यहाँ र मबीचको मित्रताको जरा गाडिँदै गइरहेको थियो । आत्मीयताको बोट झाङ्गिदै गएको थियो । उहाँ रमेशहरूसँग नबसेर बेग्लै बस्नुहुन्थ्यो । डिल्लीबजारस्थित मामाघरमा उहाँको बेग्लै कोठा पनि रहेछ । त्यसबाट प्रस्ट थियो, उहाँ एउटा स्वतन्त्र र एकाकी जीवन रुचाउने व्यक्ति हुनुहुँदोरहेछ । मन लागे बिहान-साँझको खाना खान मैतीदेवीस्थित रमेशको डेरामा आउने । नत्र त्यो पनि छैन । अरू दिनचर्याको निम्ति उहाँका आफ्नै बौद्धिक र राजनीतिक 'सर्कल'हरू रहेछन् । तिनमै रम्न उहाँ रुचाउनु हुँदो रहेछ तर उहाँको प्रभावले र उहाँको सम्पर्कमा आएपछि मैले चैँ अघि कहिल्यै नदेखेका र नपढेका केही मूल्यवान् साहित्यिक कृतिहरू छिचोल्न पाएको थिएँ किनभने यहाँका एकान्तक्षणका साथीहरू भन्नु नै एकसेएक चर्चित पुस्तकहरू र पत्रपत्रिका रहेछन् । त्यस्ता व्यापक अध्ययनका धनी व्यक्ति मैले काठमाडौँमा कमै भेटेको छु । म पनि एक किसिमको किताबी कीरो हुँ भन्ने थाहा पाएपछि उहाँले मलाई थप एउटा विशेष छुट दिनुभएको थियो । उहाँको सुत्ने कोठा प्रायः खुलै रहन्थ्यो र उहाँ कोठामा नहुनु भएको बेला पनि कुनै पुस्तक वा पत्रिका उठाएर ल्याउँदा मलाई बात लाग्दैनथ्यो । उहाँको उपस्थितिमा त झन् उहाँले नै छानीछानी किताबहरू दिनुहुन्थ्यो । 'प्लेब्वाय' (Playboy) जस्ता नेपालमा हत्तपत्त देख्न नपाइने विदेशी 'अश्लील' मानिने पत्रिकाहरू पनि उहाँसँग हुन्थे तर त्यस्ता महँगा र 'छाडा' जस्ता लाग्ने किताब-पत्रिकाहरू चैँ उहाँले गोप्य ठाउँमा राख्नुहुँदोरहेछ । यहाँको विशेष माया नपाएको भए त्यस्ता पत्रपत्रिकामा मजस्ता अकिञ्चन बबुरोको पहुँच हुनु सम्भवै थिएन तर उहाँलाई ती सब कहाँकहाँबाट उपलब्ध हुन्थ्ो, त्यो कुरा चैँ मैले कहिल्यै सोधिनँ पनि, उहाँले बताउनुभएन पनि । मलाई त आँप खान पाए पुगिहाल्थ्यो । हाँगा कसले गनिरहोस् ? तर यहाँको कुनै किताब मैले ल्याएर नपढी फिर्ता गरेँ भने उहाँले ननिको मान्नुहुन्थ्यो । कहिलेकाहीँ ती किताबहरूबारे अचानक मेरो प्रतिक्रिया खोतल्न खोज्नुहुन्थ्यो । पढेको छुइनँ भने ठाडै पकडा पर्थें ... त्यस्ता भेटघाटमा कैयौँपल्ट विभिन्न विषयमा छलफल पनि हुन्थे । कहिलेकाहीँ मत नमिलेर चर्काचर्की पनि पर्थ्यो । रूपरेखाको साउन २०२९-को अङ्कमा मेरो एउटा निबन्ध प्रकाशित हुँदा त्यस्तै भएको थियो । निबन्धको शीर्षक थियो, 'कसको चरित्र, कसको भाग्य ?' त्यसका केही अंश यस्ता थिए ः-उखेल्नुपर्ने उखानहरू लेखेकोमा एक जना मित्रले हपारेः - थोत्रो प्रगतिवादी बन्न खोज्छौ ।.. एकछिनपछि फेरि सोधे, लौ भन त, कुनकुन चाहिँ उखेल्नुपर्ने भो ? मलाई एक प्रचलित अमरवाणी सम्झना आयो र प्वाक्क भनेँ, 'स्त्रिया चरित्रम्' । औ, तर्क जित्नलाई एउटा कथा (सुनिराखेको) हालेँ । बागमती नदीको किनारमा एउटी बूढी मर्न लागेकी थिई रे । ऊ एक दिन बिलौना गर्दैरहिछ, यही म, यही मेरो शरीर । कुनै दिन गोठाल्नी थिएँ, कुनै दिन कर्नेल्नी पनि भएँ तर आज न मेरा कोही छन्, न कसैकी म छु ...। यसै कथाको आधारमा तर्क अघि बढाएँ ।... एक जना पश्चिमा साहित्यप्रेमीले आफ्नु ढिपीको समर्थनमा साहित्यका प्रख्यात नारी 'कु' चरित्रहरूलाई अखाडामा ल्याएर उभ्याएका थिए । अन्ना करेनिना, एम्मा बोभरी, लेडी च्याटर्ली, क्लेओप्याट्रा र डेलाइला । -तिनताक म भ्लादिमिर नोभोकोफको लाफ्टर इन दी डार्क पढ्दै थिएँ । ती अंग्रेजीबाजको त्यो सूचीमा मार्गोटको नाउँ पनि थपिदिऊँ कि भन्ने मनमा लागेको थियो तर विपक्षीको तर्क बलियो किन पारौँ भन्ने सम्झेर डराएँ । हुन त साहित्यमा पाइएका जम्मै पात्रहरू स्पेन्सरले फेयरी क्विनमा रानी एलिजावेथ, सर फिलिप सिड्नी, आदिलाई वास्तविक जीवनबाटै उठाएर राखेझैँ राखिएका हुँदैनन् । त्यस्तै, आधुनिक साहित्यको एउटा पथ-प्रदर्शक जस्तै मानिएको म्याडम बोभरीमा पाइएको यथार्थ पनि वास्तविकता होइन भन्नलाई धेरै माथापच्ची गरिरहनु त पर्दैन तर यति भनेरै तर्क जित्न खोज्नु मेरो अर्घेल्याइँ (मुर्ख्याइँ पनि... शङ्कर लामिछानेको शैलीमा ) हुनजान्छ । हो, अन्ना र एम्माको आचरण फ्रान्सी र रुसी दृष्टिकोणले नै पनि उपन्यासयोग्य मात्र देखिएथ्यो भने पूर्वेली नैतिकताको कसीमा पास गराउन त झनै सकिन्न तर जस्तो आरोपका भागी यी नारी पात्रहरू भएका छन्, त्यही दोषका भागी काउन्ट ब्रोन्स्कीजस्ता अर्काकी स्वास्नी, बुहारी हुन् भनेर जान्दाजान्दै पनि लहसिन जाने लोग्नेमान्छे किन बनाइँदैनन् ? -भन्ने मेरो प्रश्न छ । नपुङ्सक लोग्नेसँग प्रेमको खोक्रो प्रतिज्ञा सुनेरै जीवन बिताउनुपरेकी लेडी च्याटर्लीको मर्का त पारखीहरूले बुझिहालेकै हुन्छन् । नबुझ्नेलाई मानव-स्वभाव र यौन-मनोविज्ञानमाथि भाषण दिइराख्ने न त मेरो सामथ्र्य नै छ, न त यहाँ स्थान र समय नै यस सिलसिलामा क्यासानोभा र डन जुआन त प्रख्यात नामहरू नौ भए । बरु एकातिर स्वास्नीमान्छेहरूलाई क्रेटनलेझैँ छक्याउनमा माहिर ठहरेका हार्डीका ट्रय फ्रान्सिसलाई सम्झौँ भने लन्डनको सबैभन्दा विकेड (Wicked) मान्छेको उपनाम सार्थक गर्ने पिनेरोको दी गे लर्ड क्वेक्स् (The Gay Lord Ttuex)लाई पनि कसरी बिर्सौं ? वा सन्स एन्ड लभर्स (Sons and Lovers)मा आफ्नी आमासँग प्रेम गर्न खोज्नेमोरेललाई ? वा क्लेरिसा हार्लोको साधुबिरालो लभलेसलाई ? वा दस्तोएभ्स्कीको ब्रदर्स कारामाजोभमा एउटै ठिटी ग्रुनेस्कासँग प्रेममा होड गर्ने दमित्रि करामोजोभलाई...? त्यस्तै डिकेन्सको ग्रेट एक्स्टेसन्सको नामी धोखेबाज कम्पेइसनलाई, टेस अफ द उरभेलिस (Tess of the d'Urveiles)मा टेसलाई बलात्कार गरेर भाग्ने क्लेसलाई वा प्राइड एन्ड प्रेजुडिसको विखामलाई...?
एक जनासँग प्रेम रचेर अर्कोसँग बिहे गरेकोमा एमिली ब्रोन्तेको उदरिङ्ग हाइट्स् (Wuthering Heights)की क्याथरिन स्त्रिया चरित्रम्को उदाहरण बन्छे भने छोरीसँग प्रेम रचाएर आमासँग बिहे गर्ने थ्याकरेको हेन्री एस्मन्डको त्यही नाउँको नायकलाई के भन्ने ? गेटेको फाउस्टले मार्गारेटलाई धोखा दिन हुन्छ भने बहुलाएकी मार्गारेट मात्र नानी मार्ने दोषकी भागी किन हुने ? के भेनिटी फेयर (Vanity air)की बेकी शार्पलाई औँला ठड्याउनेहरूको निम्ति 'मार्क्विस अफ स्टीनको कुनै अस्तित्व नै छैन ? काश, अरेबियन नाइट्स् (Arabian Nights)को राजकुमार आलस्मानसँग भएको ऐना हामीसँग पनि हुँदंो हो वा डोरियन ग्रे (Dorian Gray)को तस्बिरमा झल्केझैँ हाम्रा कुकृत्यहरू झल्किने तस्बिर हुँदा हुन् । तब थाहा हुने थियो... तर साहित्यमा नारीको कुचरित्र मात्र फेला पार्ने बन्धुहरूको सामु निम्नलिखित नमुना-पात्रहरूलाई पनि राख्न चाहन्छु ः जेरुसलेम डेलिभर्ड (Jerusalem Delivered)की सोफ्रोनिया, क्राइम एन्ड पनिसमेन्ट (Crime and Punishment)की सोफिया, रिचार्डसन्की पमेला, बनार्ड श-की सेन्ट जोअन, किंग्स्लेकी हेपाटिया, र फिल्डिङ्गकी एमेलिया (जसको, दुर्भाअङ्ग्रेजीबाज ग्यवश, क्याप्टेन बुथजस्ता हराम लोग्ने पनि हुन्छन्) ।
मैले पूर्वेली इतिहास वा साहित्यबाट उदाहरणहरू नटिपेको एउटा कारण एम्मा बोभरी र अन्ना करेनिनालाई पेश गर्ने उपर्युक्त अङ्ग्रेजीबाज बन्धुको लागि हो । पूर्वेली पात्रहरू लिन पाएको भए त मेरो हात झन् माथि हुन्थ्यो । नारी पात्रमा यहाँ सीता, सावित्री र शकुन्तलाजस्ता साध्वी सयौँको सङ्ख्यामा पाइन्छन् भने भँडुवा लोग्नेका कृष्ण वा इन्द्रजस्ता उदाहरण त एउटै पनि प्रशस्त हुन्छ । अब दैवले जान्ने कुरा । मेरो बोधोपनले त यति नै जान्दछ, मानिसले नै मानिसलाई चिन्छ र चिन्नु पर्दछ कुनै देैव आएर चिनाउँदैन । पृथ्वीमा साँगुरिएर बस्न नचाहि चन्द्र र शुक्रमा कलोनी बनाउन तम्सेको आजको मानिस, सूर्यको तापलाई कज्याएर भात पकाउन लागेको एक्काइसौँ शदीको (मुर्खहरू किन यसलाई बीसौँ शदी भन्छन्, जब कि उहिल्यै, अर्थात् वि.सं. २००० देखि नै, एक्काइसौँ शदी लागिसक्यो, त्यो पनि म बुझ्दिनँ...) मानिस, जसरी तारा र ग्रहहरूलाई देवता मान्न तयार छैन, उसै गरी नदी-नाला, पहाड-पर्वत र आगो-पानीमाथि जबर्जस्ती चैतन्य थोपरेर तिनलाई सर्वज्ञ ठान्न पनि राजी नहुनुपर्ने । जान्नुले एक चेतनशीलता जनाउँछ भने त्यो जान्ने शक्ति नाम-गोत्रहीन देवतामा होइन, प्राणपूर्ण मानवमा नै निहित हुनुपर्छ । जाने मानिसले नै जान्दछ, नजाने मानिसले नै जान्दैन । दैवले होइन । मेरो यो लम्बे बकवासको निष्कर्ष के त ? के भने, 'स्त्रिया चरित्रम् पुरुषस्य भाग्यम्, होइन । हुनुपर्ने पुरुषस्य चरित्रम् स्त्रिया भाग्यम् । त्यस्तै, दैवो नजानाति कुतो मनुष्य?' पनि होइन । हुनुपर्ने, 'मनुष्यो नजानाति कुतो दैव ? अझ संस्कृतमा किन ? मेरा यी केही प्वाइन्टहरूमा मदन दाइको पनि चित्त बुझेछ क्यार । हिँड्ने बेलामा यति मात्र भन्नुभयो, 'यो त मेरी बिल्ली मुझ ही से म्याऊ' जस्तो पो भयो । वा, भनौँ, आफ्नो गाला, आफ्नै लबटा ।
मदन दाइ र मेरो अरू निकै विषयमा पनि साम्यता पाउँथेँ मैले । मजस्तै उहाँले पनि बिहे गर्नुभएको थिएन । म त तै भनौँ, हरितन्नम थिएँ । भर्खरै खुट्टा टेक्न लागेको तर मैले देखे-जानेसम्म उहाँको त पैतृक सम्पत्ति थियो । उमेरमा पनि उहाँ तीसभन्दा उंभैका । उहाँलाई केटी दिन आउने बाबुआमाको कमी पनि थिएन होला तर पनि किन 'बूढो तन्नेरी' भएर बस्नुभएको होला भन्ने उत्सुकता पालेर बसेको थिएँ । सधैँ जस्तो नै उहाँ साँझमा न्युरोडतिर घुम्न आउने । पीपलबोट मन्तिर साथीभाइहरूको जमघट हुन्थ्यो रे । त्यही मेसोमा रञ्जना सिनेमा नगीच फसिकेवस्थित मेरो कोठामा पनि प्रायः छिर्नुहुने । मेरो कोठा सामुन्नेकोे झ्यालमा तीन जना मस्त तरुनी नेवार्नी ठिटीहरू हरदम जस्तो देखा परिरहन्थे । तीमध्येकी जेठी मसँग कहिलेकाहीँ पढाइ माग्न पनि आउँथी । ऊ र माइली स्कुल-कलेज गए पनि कान्छी चैँ धेरैजसो घरमै हुन्थी । डम्मडाम्म जिउडालकी, राम्री । यथासम्भव सिँगारपटार गर्ने र झ्यालबाट तल सडकको रमिता हेर्ने नै उनको दिनचर्या । मलाई कहिलेकहीँ लाग्थ्यो, मदन दाइ मलाई मात्र भेट्न त आउनुभएको अवश्य होइन । ती ठिटीहरूप्रतिको चाखले पनि तान्ोको हुनुपर्छ । सानीचैँको नाउँ पनि उहाँले नै राख्नुभएको थियो, 'सारङ्गा' । त्यसबखत सायद त्यही नामको हिन्दी फिल्म पनि काठमाडौँमा चलेको थियो होला । आफू हिन्दी सिनेमाको सौकिन नभएकोले यसै भन्न चैँ सक्तिनँ । जेहोस्, राम्रा तरुणीहरूका त मदन दाइ पनि रसिया हुनुहुँदोरहेछ । साथै सेक्ससम्बन्धी गहिरो अध्ययन पनि रहेछ । वात्सायन, कोक, ह्याभलक एलिस, फ्रायड, एच्.जे.आइसिन्क, आदिबारेका रमाइला प्रसङ्गहरू मलाई हरदम सुनाइरहनुहुन्थ्यो । कहिलेकाहीँ मन थाम्न नसकेर म सोध्ने गर्थें, 'दाइ, किन बिहे नगर्नुभएको ?' नीड्ल्स् एन्ड पिन्स, हृवेन ए म्यान म्यारिज, हिज ट्रबल बिगिन्स ।'-यी दुई पङ्क्ति उहाँको मुखमा झुन्डिरहेकै हुन्थ्ो । यी नभए पनि अनेक घुमाउरा कुरा गरेर उहाँ सधैँ मेरो प्रश्न छल्न खोज्ने । प्रायः थप्नुहुन्थ्यो, 'Lust is norma land healthy. Bout love is a neurosis, specilaly i it's of the Romeo-Juilet variety.Prostitutes lead the most norma lsex-ilves from the Nature's viewpoint. Bout that is immora from our conservative society's viewpoint । फेरि एकदिन भन्नुभयो, 'A man cannot be fed-up of sex, unti lsome snag develops in his sys. It's then that he either turns into an ascetic or commits suicide. '
कहिले भन्नुहुन्थ्यो, 'Love is not always a correspondence of two minds. It's the sensation of something having noiselessly exploded inside us. And this one-sided explosion explains the frequent phenomenon of unrequitted love'.
'दाइले त ड्युरेलको अलेक्जान्ड्राइन् क्वार्टेट्मा जस्तो कुरा गर्नुभो नि ।' मैले भनँे उपबुज्रुक भइटोपल्दै । 'मेरा फेभरिट लेखक पनि तिनै हुन्,'- दाइको जवाफ थियो । उहाँको पछिल्तिर कुरा काट्ने कुनैले त भन्थ्योे, 'उसको कथा दयनीय छ । ऊ स्वयं न्युरोसिसले पीडित छ । सेक्सको कुरा त सधैँ गर्छ, तर.... ।' मैले सङ्केत बुझेर हो कि, झनै माया लाग्ोर आयो । हुन पनि दाइले मसँग धेरैपल्ट न्युरोसिसबारे र न्युरोटिकहरूले औषधिको निहुँंमा एल.एस.डी. प्रयोग गर्ने गरेका बारे, कुरा नउठाउनुभएको थिएन तर मैले धेरैपछि न्युजवीक-मा एउटा लेख पढेर मात्र एल.एस.डी.बारे जानकारी पाएँ- त्यो मारिजुवाना (एयत)भन्दा कडा र हेरोइन्भन्दा नरम 'हयालिसिनोजेन' रहेछ । उहाँकै देखासिकी गरेझैँ म पनि कुनै मठ-मन्दिर जान्नथेँ । देवी-देवताका मूर्तिलाई उहाँ केवल मानिसले आफ्नै अनुकृतिमा बनाएको कोरा काल्पनिकता ठान्नुहुन्थ्यो । भन्नुहुन्थ्यो, ती 'एन्थ्रोपोमोफिर्क कन्सेप्सन्' ९ब्लतजचयउomयचउजष्अ ऋयलअभउतष्यल० बाहेक केही होइनन् ! अर्को, फलित ज्योतिष -एस्ट्रोलोजी'लाई पनि यहाँ ठाडै नकार्नुहुन्थ्यो । सधैँ दोहोर्याउनुहुन्थ्यो, ूक्गअअभककभक बचभ बकअचष्दभम तय तजभ बलकतचययिनभच, ाबष्गिचभक बचभ ायचनयततभलू । फलित-ज्योतिषकै बारेमा त उहाँको प्रिय थेगो थियो- "बन्द भएको घडी पनि दिनमा दुईपल्ट त मिल्छ नि, होइन र ? त्यस्तै हो ज्योतिष पनि ।" पहिलैपल्टको भेटपछि मैले उहाँबारेेको टिप्पणी आफ्नु डायरीमा यसरी टिपेको रहेछु , "He looks ilke a man of quiet depth and studied intleligence - with an above-the-average leve lof ilterary and poiltica lenilghtennent." त्यसै पानामा यी पङ्क्ति पनि रहेछन्, 'नेपालले असंंलग्न परराष्ट्र नीति अपनाएर भारत र चीनलाई खुसी राख्न खोज्नु भ्यागुतो तौलिनुजस्तै हो । एउटालाई समात्यो अर्को उपि|mन्छ, अर्कोलाई समात्यो अर्को भाग्छ । असम्भव कुरा ।' ज्योतिषका बारेका मेरा धारणा प्रायः उहाँको जस्तै हुँदै गएका थिए । उमेर छिप्पिँदै जाँदाका कटु अनुभवहरूले जेलिँदै गएर पनि हो कि, ज्योतिष र कर्मकाण्डपट्ट िमेरो वितृष्णा झन् बढ्दै नै गयो । कुनै बेला खुशवन्त सिंहको एउटा लेख पढेको थिएँ, जसमा उनी भन्छन्, Is it not true that even dacoits pray for the success of their nefarious missions before they ´bark on th´ ? And, aren't the worst tax-evaders and blackmarketeers often devoutly reilgious' ? इत्यादि । मदन दाइका भनाइ मलाई त्यस्तै लाग्थे ।
'द रिलिजियन् अफ खुशवन्त सिंह पुस्तकमा उनी भन्छन्, "मेरा मुमाबुबा कट्टर सिख थिए । हाम्रो घरमा बिहान-बेलुकै पूजा-पाठ भइरहन्थ्यो । ... पाँच वर्षको उमेरदेखि नै मैले धर्मग्रन्थहरू पढ्नुपथ्र्याे तर कलेज पुगेपछि हाम्रा धार्मिक क्रियाकलाप (पूजाआजा आदि)-प्रति मेरो आस्था घट्दै गयो । ४० वर्षतिर पुग्दा त धर्मबाट मेरो श्रद्धा पूर्णरूपले उठ्यो ।" त्यो पढ्दा मलाई कताकता आफ्नै जीवन-कथा पो पढ्दैछु कि जस्तो पनि लाग्दथ्यो । हुन त 'कहाँ राजा भोज, कहाँ गङ्गु तेली' भनेझैँ मैले आफूलाई सरदार खुशवन्त सिंहसँग तुलना गर्नु नै मनको लड्डु घिउसँग खाएजस्तै वा सपनामा खोले खाएसरह हो तर विचार त जोसँग पनि मिल्नसक्छ नि, होइन र ? फेरि मदन दाइकै कुरा । यहाँका धेरै कुरा दार्शनिकका जस्ता हुन्थे । काठमाडौँको जीवनशैलीबारे भन्नुहुन्थ्यो, 'काठमाडौँ भनेको एउटा हिलाम्मे दह हो । यहाँ गोडा भास्सिएपछि हत्तपत्त निकाल्न गाह्रो । अनि यहाँका मान्छेहरू गाईको खुरले बनाएको डोबमा जमेको पानीमा बस्ने भ्यागुताहरू जस्ता । संसारै यही हो भन्ठानेर टर्रटर्र कराइरहन्छन् । बाहिरका पहाडिया र मधेसीलाई त मान्छे नै नगन्ने ।' भारतीय राजनीतिका कुरा पनि प्रायः गर्नुहुन्थ्यो । 'गान्धीले मानव दुर्वलतालाई हतियार बनाए, एक्स्प्लोयट् गरे । भारत दुई टुक्रा हुनुमा उनी नै जिम्मेवार छन् । हिटलर र चेङ्गिज खाँले पनि लाखौँ मानिसको ज्यान लिए तर एउटा यस्तो उद्देश्यको लागि जसलाई उनीहरू ग्लोरियस ठान्दथे तर नपुङ्सक गान्धीले आफ्ना लाखौँलाख दाजुभाइहरूको निर्मम हत्या भइरहँदा पनि र देश टुक्रिँदा पनि ट्वाल्ल परेर हेरी मात्र रहे ।'
तर अफसोस, मैले उहाँ जस्ता रमाइला व्यक्तिको साहचर्य अत्यन्त रमाइलो लाग्दालाग्दै पनि चाँडै गुमाउनुपरेको थियो किनभने एकदिन अप्रत्याशित रूपमा हामीलाई छोडेर यहाँ बित्नुभयो । घटना यस्तो थियोः- केही समयअघि उहाँले युरोप र अमेरिकाको निजी भ्रमणको क्रममा पाउनुभएको सुविधाअन्तर्गत एउटा नयाँ जापानी मोटरकार झिकाउनुभएको रहेछ । त्यो केही दिनअघि मात्र जापानबाट आइपुगेको थियो । एक दिन उहाँलाई त्यही मोटर चढेर दोलालघाटतिर घुम्न जाने रहर लागेछ ।
बिहानै मेरो फसिकेवस्थित डेरामै आएर भन्नुभयो, 'नगेन्ा भाइ, यसो धुलिखेलतिर बरालिन जाऊ न, कति कामैमा मात्र घोटिइरहनुहुन्छ ? मेरो नयाँ मोटरको मजा पनि त लिऊ ।' 'घुमफिर गर्नु भनेपछि त म सधैँ हुरुक्क हुने मान्छे, दाइलाई थाहै छ तर जाने कहिले ?' 'मैले रमेशलाई आर.एन.ए.सी.को एउटा ड्राइभर मिलाइदिन भनेको छु । मिल्यो भने भरे बेलुकैतिर सुइँकिने ।' 'आजै त मलाई परिबन्द मिल्दैन दाइ । भोलिपर्सि भए र्याङ्ठ्याङ् मिलाउन सकिन्थ्यो कि ?' 'त्यसो भए तपाइँलाई अर्कै दिन लैजानुपर्ला । मलाई त आजै सैरसपाटा गर्न चौचौ लागिरहेको छ ।' भोलि बिहान पो थाहा लाग्यो, आर.एन.ए.सी.को एक जना ड्राइभरलाई गाडी हाँक्न लगाएर उहाँ एक्लै भए पनि जानु नै भएछ तर राति धेरै अबेर मात्र त्यो गाडी फिरेको थियो रे । त्यसको पछिल्तिरको सीटमा यहाँ लगभग चेतनाशून्य अवस्थामा फेला पर्नुभएछ । घरका मानिसहरूले हतार-हतार उहाँलाई वीर अस्पताल त लगेछन् तर त्यहाँ पुग्दा-नपुग्दै यहाँले अन्तिम सास लिइसक्नुभएको रहेछ ।
यो चिताउँदै नचिताएको खबरले मलाई छाँगैबाट खसेझैँ भयो । सुन्नेसाथ म हस्याङ् र फस्याङ् गर्दै अस्पताल त पुगेँ तर उहाँसँग आजीवन विछोडको पीडा मात्र लिएर फर्किनुपरेको थियो । पछि आर्यघाटमा श्रद्धाञ्जलीका दुई थोपा आँसु चुहाएर परिवारका अरू सदस्यहरूसँग म पनि एक किसिमको धङ्धङ्गीमै डेरातिर फर्केको थिएँ । सपना हो कि विपनाजस्तै लागिरहेको थियो...
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
17 min 54 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 44 min ago - hlw
22 hours 25 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- परदेशीको सम्झना
- अनेसास जापानले सहित्य शृंखला तथा शोक सभाको आयोजना गर्ने
- यहाँ यस्तै छ
- भानु चेत जयन्तीमा बाहुन बनाइँदा
- कुरा चल्दैछ तिम्रो बारे
- डर लाग्छ
- रातो कोट
- समस्या
- छातीको दुध मेरो
- लट्ठई पार्यो साँच्चै तिम्रो आँखा कर्काइले
- गजल
- तिम्रो नजर वाण भयो (दोहोरी गजल)
- कम्युनिस्ट भएपछि भाग्न वाध्य भएँ- खगेन्द्र संग्रौला
- तपाइँको पहाड कहाँ हो ?
- कथामा समाजको चित्र
- कुरो कुन्थरो
- असार
- कसरी म हाँसु ?
- बनी प्रेमको प्याला
- तिम्रो उपहार

Great stuff here, keep up the
अतिथि — Mon, 10/04/2010 - 21:07Great stuff here, keep up the good work!
Post new comment