Skip to content

आक्रोश (लघुकथा)


एउटा भलादमी मान्छे चिल्लो गाडीबाट ओर्लिन मात्रै के भ्याएको थियो, त्यही मान्छेलाई स्वागतार्थ बसेका गाउँले दाजुभाइ दिदीबहिनीहरू सबै खनिए। उसै माथि मुक्काले, जुत्ताले त कोही ढुंगाले हान्दै । अलि पर बसेका गाउँ टोलका भलादमीहरू भने च्व च्व गर्दै ल अब अनिस्ट हुने भो पाहुना माथि हातपात गर्ने कस्तो छाडापन हो यो भन्दै थिए । तर उक्त भलादमी मान्छेमाथि भने मान्छेहरू खनिंदै थिए – गरिब जनतालाई मीठा सपना बाँडेर आफुचाही कुर्चीको फोहोरी खेल खेलिरहिस हैन ? ‘ल खा ‘ ल’ खा’….। अब पनि चेत पाइनस भने तलाई टाउको तल र खुट्टा माथि बनाएर गाड्नेछन् नेपाली जनताले तँलाई ।

शुरु देखि नै रमिता हेरिरहेको म पनि नजिकै पुगें -उक्त्त मान्छे रगताम्य भएका थिए र रुन्चे स्वरमा भनिरहेका थिए – बचाऊ ….बचाऊ…. मलाई बचाऊ……। मुस्किलले ठम्याए मैले उनलाई। आखिर उक्त्त भलादमी मान्छे अरु कोही टाढाको नभएर गरिबको सपना बुनेर संबिधान बनाउछु भन्ने त्यही गाउँबाट संबिधान सभाको चुनाब जित्ने सभासद थिए। र जनताको आक्रोश खेप्दै थिए, एउटा गहकिलो पाठ अरु सभासद र फोहोरी नेताहरूलाई पनि पढ़ाउदै …….।

यो वास्तविक होइन तर छिट्टै वास्तविकतामा परिणत हुनेवाला छ …..

Mitra Pathak ‘Raju’
[email protected]
kirtipur,ktm

Leave a Reply

Your email address will not be published. Required fields are marked *