Skip to content


परिवर्तन जे भए नि, अंशियार उनै
पाश्र्वबाट सल्लाह दिने, मतियार उनै ।

समातेर भ्रष्टलाई, सजाय नतोकेर
चोख्याएर छोडिदिने, अख्तियार उनै ।

बगलीमा छुरा राखी, हितचिन्तक बन्ने
छिमेकीको माटो खोस्ने, सन्धियार उनै।

मौका हेरी बोली-भाका, जति फेरे पनि
कुटिलताले चलाउने, हतियार उनै।

मोही र तल्सिङ्बीचमा, भागबण्डा हुँदा
मोही जति फेरिए पनि, अधियार उनै ।

सर्वहारा, सीमान्तकृत, नारा सबै बेकार
सत्ताभित्र पुगेपछि, सच्चा यार उनै ।

कैलाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *