• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

कर्फ्यु

kbs — Mon, 07/19/2010 - 06:53

  • नाटक
  • टङ्क चौलागाईं
  • मधुपर्क २०६७ असार

(ऐतिहासिक जनआन्दोलनको मध्य दिन हो । चौबीस घण्टे कर्फ्यु घोषणा गरिएको छ । फोन सेवा काटिएको छ । प्रेस, एम्बुलेन्सजस्ता अति आवश्यक कुराहरूलाई पनि पास उपलब्ध गराइएको छैन । मञ्चमा मधुको कोठा देखिन्छ । त्यो कोठा दुई तलामा छ । कोठामा मधु र रिमा मात्रै छन् । मधु करिब २६ वर्षको र रिमा करिब २२ वर्षकी छे । रिमा गर्भवती छे, आजभोलि नै डाक्टरले उसलाई समय दिएको छ । रिमा कोठामै बसेकी छे । पृष्ठभूमिमा आन्दोलनको नारा सुनिन्छ । एम्बुलेन्स ओहोरदोहोर गरेको आवाज पनि सुनिन्छ । उसलाई अलिअलि पेट दुखेको छ । रिमा झ्यालबाट बाहिर हेरिरहेकी छे । कर्फ्युको सूचना आउँछ ।)

आवाजः- सूचना ! सूचना ! सूचना ! देशमा अराजक तथा आतङ्ककारी गतिविधिले उल्लेख्यरूपमा प्रश्रय पाएकोले, बिध्वंसात्मक गतिविधि बढ्दै गएकोले त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीले हिजोको कर्फ्युको समयलाई बढाउँदै यस जिल्लामा निम्नबमोजिम कर्फ्युको समय तोकिएको छ । कर्फ्युको समय ः- अहिले बिहान नौ बजेदेखि भोलि बिहान नौ बजेसम्म । उक्त समयमा कोही घरबाट बाहिर निस्केमा वा उत्तेजक आतङ्ककारी गतिविधिमा सामेल भएमा सुरक्षामा खटिएका हाम्रा सुरक्षाकर्मीहरूले गोलीसमेत हान्न सक्नेछन् । (यो आवाज क्रमशः सानो हुँदै जान्छ र पृष्ठभूमिमा पुगेर बन्द हुन्छ ।)

मधुः- (ढोकामा ढक् ढक् गर्छ ।) रिमा ढोका खोल त ।

रिमाः- ढोका खुल्लै छ ।

मधुः- किन नि, झन् ढोका लगाएर बस है भन्छु, कति नमानेकी ।

रिमाः- बाहिर भित्र गरिरहनुपर्छ, कति ढोका लगाउनु, कति खोल्नु, फेरि साह्रो छ, ...भर्खरै बाथरुम गएर आको त हो नि ।

मधुः- तैपनि, एक सेकेण्ड पनि ढोका खोलेर राख्नुहुन्न क्या, समय निकै खराब छ ।

रिमाः- अँ, मलाई चाहिँ समय खराब छ भन्ने अनि हजुर चाहिँ कता जानु भको नि, फुत्त बाहिर निस्केको मान्छे बिहानभरि नै बेपत्ता हुनुभयो ।

मधुः- कहाँ गको छु र, त्यही ग्यारेजमा गएर आको त हुँ नि ।

रिमाः- कर्फ्यु लाग्यो भनेको सुन्नुभएन, सूचना सुनाइसक्यो अनि यतिखेरसम्म पनि बाहिर बसिराख्छन् त ?

मधुः- केही हुँदैन अहिलेसम्म त मान्छे हिँड्दै छन् नि ।

रिमाः- अँ केही हुँदैन भन्नु न, दिनभरि बस्तिमा नौलानौला मान्छेहरू वरिपरि घुमिरहन्छन्, के हुन आँट्या हो ।

मधुः- केही पनि हुँदैन हामीले कसको के बिगादर््या छ र, आफ्नो काम गरेका छौँ, बस्या छौँ ।

रिमाः- कस्तो कुरा गर्नुहुन्छ भने अब त्यो तल्लो कोठामा बस्ने ड्राइभरले चाहिँ के बिगार्‍या थियो र ? विनाकारण लिएर गएनन् ? ... मलाई त निकै डर लागिरहेछ,

मधुः- तिम्रो कुरा पनि ठीक हो, अब के गर्ने भनेर साथीभाइसँग सरसल्लाह गरेर बसेको ।

रिमाः- सधैं यस्तै भइराखे कसरी पो गर्ने हो, कसैले घरभित्रै पसेर मार्ने पो हुन् कि ।

मधुः- जे भए पनि तिमी चिन्तै नगर के । अहिले कस्तो छ ?

रिमाः- अलिअलि पेट दुखिरहेको छ, बरु कसैलाई बोलाउने पो हो कि ।

मधुः- सम्भवै छैन, कसरी बोलाउने भन त, न फोन छ, न गाडी छ, न बाहिर नै निस्किन पाइन्छ । जे भए पनि म गरिहाल्छु नि ।

रिमाः- तपाइँलाई पनि साह्रै दुःख छ, कसरी पो गर्नुहुन्छ खै, आजै बेथाले च्याप्ला जस्तो छ ।

मधुः- ओहो हो र ? आजै होला र ?

रिमाः- त्यस्तै छ, पेट दुखिरा'छ, ...हाम्रो सन्तानले कस्तो समयमा जन्म लिने भयो हई ?

मधुः- खै, समय नै यस्तो पर्‍यो, नत्र बुबाआमालाई पनि यतै बोलाउँला भन्ने सोचेको, के भो के भो ।

रिमाः- के गर्ने त अब ।

मधुः- जे हुन्छ त्यही गरौँला । ... खाना पकाउनुपर्ने हई ?

रिमाः- ग्यास आयो कि सोध्नुभएन ? स्टोभमा खाना पकाउन साह्रै मुश्किल छ, बर्नलबाट मट्टतिेल चुहिएर बल्दैबल्दैन, कसरी पकाउनुहुन्छ । ग्यास भए अलिक सजिलो हुन्थ्यो नि ।

मधुः- आएकै छैन रे, कर्फ्यु लाग्यालाग्यै छ, आओस् पनि कसरी, तैपनि भनिराख्या छु, आउनेबित्तिकै दिन्छु भन्या छ ।

रिमाः- भोलिदेखि त मट्टतिेल पनि सकिन्छ होला, अनि कसरी गर्ने ?

मधुः- बजारमा केही सामान छैन, ...चामल कति छ ।

रिमाः- चामल त चारदिन जतिलाई पुग्छ कि, अझ कति दिन यस्तो हुने हो, बरु फलफुल मासु ल्यानुभन्दा पाए ग्यास चामल ल्याएर राखौँ है ।

मधुः- हेराँै अब सबैले जे गर्छन् त्यही गरौँला, आखिर समस्या हामीलाई मात्र पर्ने होइन क्यारे ।

रिमाः- के कुरा गर्नुहुन्छ भने हाम्रो जस्तो अरूलाई कहाँ हुन्छ । ... हिजो दिउँसो मान्छेहरू घुमेकाघुम्यै थे । तल कोठामा बस्ने ड्राइभरलाई समातेर लगे नि, छ जना आएका थिए, काम छ भन्दै लिएर गए ।"

मधुः- हो र ? ओहो कहाँ लगे होलान् ... जहान बच्चाको बिचल्ली हुने भो । ...युवराज दाइ त साह्रै भाग्यमानी, तीन-चार वर्षपछि जिउँदै फर्किनु भो । अहिलेसम्म समातेर लगेका कोही फर्केका छन् त, हामी सबैले माया मारिसक्या । तिमीलाई थाहै छैन, यही बानेश्वरमा प्राइभेट टाटामोबाइल लिएर आएर उहाँलाई लग्या थे । कहाँ लगे, के गरे अत्तोपत्तो थिएन तर फर्केर आउँदा भगवान् अमए जस्तो भो ।

(कोठाको झ्यालबाट घाम भित्र पसेको छ । मधु खाना पकाउन थाल्छ, रिमा खाटमा बस्छे, कतिकतिखेर बाहिर जान्छे, तरकारी केलाउँछे । बाहिर सडकमा एम्बुलेन्स र पुलिसको सिट्टीको आवाज सुनिन्छ ।)

रिमाः- पेटमा बच्चा निकै चलिरा'छ, यी फेरि चल्यो, छाम्नु त ।

मधुः- ऊ हो त, भोक लाग्यो बा भन्या होला नि ।" (उसलाई पेटभित्र बच्चा चलेको छाम्न निकै मनपर्छ । फुत्रुक्क फुत्रुक्क उफ्रेको उसले पनि महसुस गरेको छ । भोक लाग्दा, अमिलो पिरो खाँदा, आमालाई गाह्रो हुँदा, बच्चा चल्छ होला जस्तो लाग्छ मधुलाई ।)...तिमीलाई भोक लाग्यो त्यो स्याउ खाउ न, अब एकछिनमै खाना पाकिहाल्छ ।

रिमाः- छैन, काँ भोक लाग्नु, यो त त्यसै चकचक गर्छ ।

मधुः- तैपनि स्याउ खाउ न ।

रिमाः- साँची यही बेलामा भयो भने त के गर्ने होला । .... बाहिर निस्किन पनि दिँदैनन् ।

मधुः- जे गरे पनि गराँैला नि तिमीलाई के को चिन्ता, पल्लो कोठामा रामकृष्ण दाइकी श्रीमतीलाई पनि बोलाउँला ।

रिमाः- अस्पताल लानु पर्‍यो भने नि ।

मधुः- ए बाबा जसरी भए पनि गरौँला नि भएन भन्या ।

(कर्फ्युको सूचना आउँछ । मधु झ्यालमा हेर्न जान्छ ।)

मधुः- पूरै सुनसान छ । .... आर्मी पुलिस मात्रै छन् । ..... तिनीहरू को हुन् हेर त ?

रिमाः- हृया जोसुकै हुन् ।

मधुः- आर्मी/पुलिसजस्ता पनि छैनन्, के गरी राख्या हुन् । आउ न हेर त ।

रिमाः- खै कता ? ... ए तिनीहरू त काजीलाई समातेर लानेजस्ता छन् नि ।

मधुः- ए हो र ?

रिमाः- हो, आज पनि के गर्ने हुन्, किन घुमिराख्या हुन्, पक्कै केही न केही गर्छन् तिनीहरूले ।

मधुः- कल्लाई के गर्छन् । ... आउ बस । (ऊ ढोकातिर जान्छ, रिमा खाटमा बस्छे । उसले बाहिरतिर सोध्छ ।)... खाना खानुभयो रामकृष्ण दाइ ?

रामकृष्ण:- (बाहिरबाटै आउँछ ।) छैन भाइ पाक्दै छ क्यारे ।

मधुः- भाउजूलाई यता पठाइदिनु ल, रिमालाई च्याप्ला जस्तो छ ।

रामकृष्णः- ए हो र, हुन्छ आइहाल्छे नि चिन्तै लिनु पर्दैन । ...माथि छतमा जाने हैन भाइ ?

मधुः- हैन दाइ म जान्न, खाना पाक्यो खानुपर्छ ।

रामकृष्णः- ल, ल ।

रिमाः- छतमा गएर हेरौँ न बरु ।

मधुः- के नचाहिने कुरा गरेको भन्या, कर्फ्युको समयमा छतमा किन जानु पर्‍यो । .... बरु खाना खाउँ ।

रिमाः- मलाई खानै मन छैन, के गर्ने होला । तपाइँ खानु न हई, म पछि खाउँला ।

मधुः- जति रुच्छ खाउ न, पछि फेरि खानु ।

रिमाः- खानै मन छैन, कसरी खानु खै ।

मधुः- ल हात धोएर आउ त जति भए पनि तातो खानुपर्छ । (उनीहरू हात धोएर खाना खान थाल्छन् ।)

(पृष्ठभूमिमा आन्दोलनको नारा सुनिन्छ । मञ्चमा ग्यारेज देखापर्छ । ग्यारेजमा १५ वटा जति ट्याक्सीहरू छन् । एउटा ठूलो ढोका छ । ग्यारेजमा कुर्ने एउटा बूढो मान्छे छ । पाँच जना जति पुलिसहरूको प्रवेश हुन्छ, उनीहरूको हातमा कसैले लट्ठी र कसैले बन्दुक बोकेका छन् । बन्द गेट डाङ्गडुङ्ग गर्दै उनीहरू भित्र छिर्छन् । कसैलाई लखेटेको जस्तो भान पर्छ ।)

नाइकेः- कता भाग्छ हेरौँ न ।

बूढोः- को, को, के भयो ?

नाइकेः- खै कता भाग्यो, खोज यतै छ । (सबै खोज्नतिर लाग्छन् । बूढो निस्किन्छ ।)

बूढोः- ए के भो होला सर ?

नाइकेः- अझ के भो होला भन्छ, एउटा आतङ्ककारी यतैतिर भाग्दै आएको छ ।

बूढोः- कहाँ हुनु हजुर, यो त बन्द छ ।

नाइकेः- अझ बढी कुरा गर्छस्, त्यो यतै छिरेको छ । ... ए सबैतिर खोज, गाडीभित्र पनि खोज ।

बूढोः- छैन हजुर, यहाँ कोही पनि छैन ।

नाइकेः- चुप लाग । यी सबै गाडीको साँचो दे ।

बूढोः- अब के कुरा गर्नुभएको हजुरले मसँग कहाँ साँचो हुनु र ? ड्राइभरहरूले लगिहाल्छन् नि आ-आफ्नो ।

नाइकेः- ए, भनेको मान्दैनस्, उल्टै अझ फतरफतर गर्छस् । (उसलाई नाइकेले एक लात्ती हान्छ । बूढो एकातिर गएर पछारिन्छ ।) ... चुप लाग हामीलाई आफ्नो काम गर्न दे । यी सबै गाडीको साउ र ड्राइभरको नाम त भन्न सक्छस्, कि त्यो पनि थाहा छैन । ... ल यो छेउदेखि साउ र ड्राइभरको नाम भन् । (नाइकेले सबै गाडीको नम्बर टिप्छ, साउ र ड्राइभरको नाम पनि टिप्छ ।) ... ए, अझै त्यो भेटिएन ? काँ गयो त्यो । (खोज्ने जतिले सबै गाडी तोडफोड गर्छन् ।)

नाइकेः- साला आतङ्ककारी कता दुलोभित्र पसेछ । सबै भत्काई दे । (सबैले भत्काउँछन्, डाङ्गडुङ्ग आवाज आउँछ । पृष्ठभूमिमा अझै पनि आन्दोलनको नारा सुनिन्छ ।) .......आइन्दा आतङ्ककारी गतिविधि गर्नेलाई सरण नदिनु । (मञ्चमा तोडफोड भएको ग्यारेज र बूढो मात्र छ । पृष्ठभूमिमा आन्दोलनको नारा, पुलिस भ्यानको साइरन सुनिन्छ । सबै दौडिएर उतै जान्छन् ।)

(मञ्चमा उही मधु र रिमाको कोठा देखापर्छ । करिब चार बजेको समय हो । उनीहरू कोठामा टिभी हेर्दै छन् ।)

रिमाः- हे भगवान् कति दिन यसरी बस्ने होला, यहाँ आफूलाई भने ....।

मधुः- के तिमीलाई अझै पेट दुख्यो हो ।

रिमाः- हो ।

मधुः- अस्पताल लानलाई पनि गाडी छैन, के गरौँ त ?

रिमाः- आज त पर्दैन । ... बहिनीलाईसम्म खबर गर्न पाएको भए पनि हुन्थ्यो ।

मधुः- कसरी खबर गर्ने भन त ।

रिमाः- त्यही त अस्ति नै फोन गर्न पाएको भए त ।

मधुः- म अस्ति एकचोटि कोठामा भेट्न गको त हो नि, कता गएकी हो, भेटै भएन ।

रिमाः- तपाइँ जानु भा'थ्यो, ? भन्नु पनि भएन त ।

मधुः- अँ गाथेँ, (जिस्काउँछ ।) सालीकामा गको पनि तिमीलाई के भन्नु भनेर नि ।

रिमाः- ओहो हो, कति न । (बाहिर ढोका ढकढक गरेको आवाज आउँछ । एक्कासि ढोका ढकढक गर्दा दुवै जना अचम्ममा पर्छन् ।) ... को हो बाहिर ।

बाहिरः- म ।

रिमाः- को हो म, कसलाई खोज्नुभएको हो ?

बाहिरः- मधु छैन ?

रिमाः- हजुर को हो र ?

बाहिरः- हृयातेरीका म ग्यारेजको बा हो, मधु छैन कोठामा ?

मधुः- ए बा पो, म यहीँ छु । के गर्ने बा समय खराब छ, को आए को गए थाहा हुँदैन ।

रिमाः- ओहो कताबाट आउनुभयो तपाइँ, केही गरेनन् ?

बूढोः- पछाडि पर्खाल चढेर गल्लीगल्लीबाट आ'को ।

मधुः- खाजा खानुभयो त ।

बूढोः- खै बाबै के खाएँ भनौँ, के खाइनँ भनौँ ।

रिमाः- नखानुभएको भए हामी पकाउँछौँ नि ।

बूढोः- पर्दैन नानी ।

रिमाः- बस्नु न बा । (बस्नलाई मुढा दिन्छे, उनीहरू खाटमा बस्छन्, ग्यारेजको बूढो मुढामा बस्छ । बस्दै गर्दा बूढाका आँखा रिमाको शरीरमा पर्छन् ।)

मधुः- बा किन अर्कै देखिनु भा'को छ आज ।

बूढोः- खै के भनौँ बाबै, सखाप पारे नि ।

मधुः- के भयो र बा ।

बूढोः- ग्यारेजमा केही छ त, सखाप पारे नि ।

मधुः- कसले ? के गरे ?

बूढोः- राजाका मान्छेले नि अब कसले हुन्छ, पाँच जना आ'का थिए मलाई पनि लछापछार पारे, गाडी पनि सबै तोडफोड गरे ।

रिमाः- ला, हो र ?

मधुः- सबै गाडी, ओहो किन होला ?

बूढोः- किनकिन, अब आए, कता छ कता छ भने, खै कसलाई खोज्या हुन् । सबै गाडीको नम्बर, साउ र ड्राइभरको नाम लिएर गए ।

मधुः- ओहो हेर्न जानु पर्‍यो नि त ।

बूढोः- पर्दैन जानु अहिले ।

मधुः- गाडीचाहिँ किन तोडफोड गरेको रे ।

बूढोः- खै किन किन, अब कसरी थाहा पाउनु । ... हिजोआज रातभरि नै अनौठाखालका मान्छेहरू ओहोरदोहोर गरिराथे । खै को हुन्, किन आका हुन्, । आज बिहानै एक हूल ग्यारेजमा पसे । तिनीहरू नै हुन् कि ! गाडी पनि तोडफोड गरे, सबै गाडीको नम्बर, साउको नाम र ड्राइभरको नाम पनि टिपेर लिएर गए ।

मधुः- ल हेर्नु त बा अब कति दिन यसरी बाँच्न सकिन्छ, आफ्नै देशमा पनि यसरी डराइडराई अन्याय, अत्याचार सहेर कति दिन बाँच्नु ।

बूढोः- के गर्ने बाबै बोल्नै नहुने रै'छ, बोल्यो कि त......., उमेर यत्रो भो मेरो अहिलेसम्म यस्तो देख्या थिइनँ । छयालीस् सालमा पनि यति विधि भको थेन । अहिले त के भयो के भयो ।

मधुः- गाडी हेर्न त जानु पर्‍यो नि बा ।

बूढोः- के हेर्नु अब तोडफोड गरिहाले, भोलि कर्फ्यु खुलेपछि । मान्छे घुम्याघुम्यै छन् किन जानु अहिले ।

मधुः- म त मर्छु त बा गाडी केही भयो भने ।

बूढोः- अहिले त ज्यान बचाउनु नै ठूलो कुरा भो बाबै ।

मधुः- कस्तो बेला पर्‍यो नि, अब यहाँ कोठामा यस्तो छ, उता गाडी ......

रिमाः- हामीलाई त कस्तो आपत् पर्‍यो, के गर्ने त बा अब ?

बूढोः- के गर्ने अब उनीहरूले जे गर्छन् चुपचाप हेरेर बस्ने । ...कहिले हो सुत्केरी हुने ? (बूढोले मधुतिर निर्देशित भएर सोध्छ ।)

मधुः- आजभोलि नै हुन्छ बा, पेट दुख्न थाल्यो रे, खै के गर्ने हो ।

बूढोः- ओहो, कसरी पन्छाउँछस्, झन् आज त चौबीस घण्टा कर्फ्यु छ ।

(रातको समय छ । करिब ८ बजेको छ । बस्तीमा सबैतिर सुनसान छ । पृष्ठभूमिमा आन्दोलनको नारा सुनिन्छ । मञ्च अँध्यारो छ । एउटा पुलिसले हातमा लाइट बोकेको छ, त्यही उज्यालोको साहारामा सबै क्रियाकलाप हुन्छ । उसले लाइट सबैतिर देखाउँछ । घरि नेपथ्यमा हेर्छ । घरि मञ्चको सबैतिर हेर्छ । मञ्चमा हतियारसहित बसेका फौजको सतर्कता छ । उनीहरूलाई ओसार्ने गाडीको ओहोरदोहोर पनि छ, एउटा गाडी अफ स्टेजमा आएर रोकिन्छ । त्यो गाडीको एक्सिलेटरको आवाज र मञ्चमा परेको त्यसको प्रकाशले सबै उतैतिर केन्दि्रत भई सतर्क हुन्छन् । उनीहरूले सर्वसाधारणलाई लखेटेको, गाली गरेको दृश्य पनि देखिन्छ । नेपथ्यमा आवाज आउँछ ।)

नाइकेः- को हो ? ए को हो त्यता ? (लाइट बोकेको पुलिस नेपथ्यतिर जान्छ, अरू त्यहीँ बस्छन्, उसले घरिघरि लाइट मञ्चमा पनि देखाउँछ ।)

आवाजः- म हजुर ।

नाइकेः- को म, कर्फ्युको समयमा किन काल निम्त्याइस् ए ?

आवाजः- (डराएर भन्छ ।) म कोठामा जान लाको हजुर ।

नाइकेः- ओई, हात माथि उठा, तँलाई कहाँ जान लागिस् भनेर सोध्या छौँ हामीले ?

आवाजः- हैन हजुर, मलाई केही नगर्नुस्, म कोठामा जान लागेको ।

नाइकेः- साले ! फेरि त्यही भन्छ । (एक लट्ठी हान्छ ।)

आवाजः- अइया ! मलाई न हान्नुस् हजुर ।

नाइकेः- किन नहान्ने, तँ हाम्रो बाउ होस् । .... भन् आन्दोलनमा गएर आको हो कि हैन ?

आवाजः- (डराएर) हैन, हैन । म त हिजोदेखि नै बुबा बिरामी भएर दाइको कोठामा बसेको ।

नाइकेः- ढाँट्छस् ? ... भन् नारा लगाएको हो कि हैन ?

आवाजः- हैन । मैले ढाँटेको हैन ।

नाइकेः- साले आतङ्ककारी ! पुलिसलाई ढुङ्गा हानेको हो कि हैन ?

आवाजः- विश्वास गर्नुस् हजुर, मेरो बा बिरामी हुनुहुन्छ ।

नाइकेः- साले आतङ्ककारी ! अति दुःख दिइस् हामीलाई । ल खा ! ए गोद्न सालेलाई के हेर्छौ । (सबैले हान्न थाल्छन्, ऊ पछारिएर मञ्चमा पुग्छ । पुलिसको हातमा भएको प्रकाश त्यो मान्छेलाई मात्र परेको छ, अरू सबैतिर अन्धकार छ । साधारण मान्छे देखिन्छ । ऊ उठेर भाग्न खोज्छ ।)

नाइकेः- ठोक सालेलाई कतै भाग्न नपाओस् । (उसमाथि धेरैतिरबाट लाठी र बुट बर्सिन्छ । ऊ फेरि भुइर्ंमा लड्छ । लाइटले उसलाई मात्र र उसलाई चारैतिरबाट भकुरिरहेका लाठी र खुट्टा देखिन्छ । ऊ अइया ! अइया ! गरेर कराइरहेको हुन्छ ।

१ः- साला हामीलाई दुःख दिने तैँ होइनस् ?

आवाजः- होइन ।

२ः- साला नारा लाउने तैँ होइनस् ?

आवाजः- होइन ।

३ः- आतङ्ककारी हामीलाई ढुङ्गा हान्ने तैँ होइनस् ?

आवाजः- होइन ।

४ः- राजा चाहिँदैन भन्ने तैँ होइनस् ।

आवाजः- हो । हो । हो । मैँ हो । राजा चाहिँदैन भन्ने मैँ हो । (फुत्किएर निस्किन्छ, भाग्छ ।)

नाइकेः- ठोक सालेलाई भाग्न नपाओस् । (नाइकेको आवाजसँगै कतातिरबाट गोलीको आवाज आउँछ । त्यो व्यक्ति आधा मञ्चमा र आधा नेपथ्यमा भएर ढल्छ । लाइट त्यसैलाई मात्र छ । लडेको ठाउँमा गएर फेरि भकुर्छन् । एकछिनको छट्पटाहटपछि ऊ मर्छ ।)

नाइकेः- मर्‍यो हैन, बोरामा हाल । (सबैले मिलेर बोरामा हाल्छन् । लाइटमा बोरा, लास र पुलिसका हातहरू म्ाात्र देखिन्छन् ।)

१ः- यसलाई के गर्ने सर ?

नाइकेः- साला के गर्ने भन्छस् ? सुकुटी बनाएर खाने, गाडीमा हाल । (सबैले मिलेर गाडीमा हाल्छन् । गाडी स्टार्ट हुन्छ । गाडीको प्रकाशले मञ्च झलमल्ल हुन्छ ।) ....ए ड्युटी राम्रोसँग गर्नु । (केहीछिनपछि गाडी जान्छ ।)

मञ्चमा लाइट पर्दा मधुको कोठा देखापर्छ, रिमा खाटमा सिरानीको अडेस लगाएर सुतेकी छे, मधु झ्यालबाट हेर्दै छ ।)

रिमाः- केको आवाज रहेछ, थाहा पाउनुभयो ?

मधुः- अहँ । अलि टाढै छ पुलिसको गाडी चाहिँ यतैबाट गयो । यो गोलीको जस्तो आवाज केको होला ?

रिमाः- गोली नै पो हो कि ? .... तरकारी बास्ना पो आयो नि ।

मधुः- (दौडिएर आउँछ ।) डढेको छैन होला । (बाहिरबाट रामकृष्णका लोग्नेस्वास्नी बोल्दै मधुको कोठातिर आउँछन् ।)

रामकृष्णः- मधु भाइ केको आवाज हो सुन्यौ ?

मधुः- अँ दाइ, गोलीको जस्तो छ ।

मञ्जुः- हामीले पनि गोली नै हो कि भनिठानेको ।

रिमाः- दिदी आवाज त गोलीको जस्तै छ ।

मञ्जुः- (दुवै भित्र पस्छन् ।) ओहो ! तिमीलाई सञ्चो छैन कि के हो ?

रिमाः- अँ दिदी पेट अलि बढी दुखेको छ ।

मधुः- बिहानदेखि नै अलि बढी भयो दिदी ।

रामकृष्णः- हामीलाई बिहानै भन्नु पर्दैन त ।

मधुः- अलि साह्रो भयो भने त तपाइँहरूबाहेक हाम्रो को छ र अरू ?

मञ्जुः- डेट कहिले हो ?

रिमाः- भोलि हो दिदी ।

मञ्जुः-ठीक छ भोलिसम्म केही पनि हुँदैन, कर्फ्यु खुल्नेबित्तिकै अस्पताल लानुपर्छ ।

रामकृष्णः- खाना खायौ ।

मधुः- खाको छैन दाइ भर्खरै पाक्यो, के हो भनेर झ्यालबाट हेर्न थालेको । बस्नु न मुढामा । ...के तपाइँहरूले चाहिँ खाना खाइसक्नुभयो र ?

रामकृष्णः- छैन नि त्यही के को आवाज भनेर हामी पनि यता आयौँ नि

रिमाः- किन उभिरहनुभएको दाइ बसौँ न । (मञ्जु रिमासँगै खाटमा बस्छे । रामकृष्ण मुढामा बस्छ ।)

मञ्जुः-अनि खाना त समयै खाइरहेकी छौ नि हैन ।

रिमाः- ठीकै छ दिदी, रुचे जति खान्छु, मसला चाहिँ हेर्नै मन लाग्दैन ।

रामकृष्णः- भोलि कर्फ्यु खुल्नेबित्तिकै अस्पताल लानुपर्छ है भाइ, नत्र कर्फ्युको समय फेरि थपिन सक्छ ।

मधुः- भोलि त लगिहाल्छु नि दाइ, त्योभन्दा अगाडि नै गाह्रो पर्ने हो कि जस्तो छ ।

मञ्जुः- पर्दैन भाइ, आत्तिनै पर्दैन, चौबीस घण्टा अगाडिदेखि पेट दुख्न थाल्छ । भोलि लानलाई ठीक हुन्छ ।

रामकृष्णः- ओहो ! कस्तो बेला पर्‍यो हगि ? कसरी गर्छाै अब । ...भोलि पनि नौ बजेसम्म त गाह्रै होला नि ।

मधुः- त्यही त दाइ के गर्ने, के गर्ने ।

मञ्जुः- तिमी आत्तिनै पर्दैन, केही पनि हुँदैन, केही भइहाले हामी छैनौँ र भन्या । ... ए साँची तिमीलाई दही खान मन लाग्छ हगि ।

रिमाः- छैन दिदी केही खाउँजस्तो छैन, दहीचाहिँ खान मन लाग्छ तर यत्रो दही ??

मञ्जुः- सकिहालिन्छ नि, मैले त एकचोटिमा दुई लिटर खाको थेँ । आमाले मात्र हैन के बाबुले पनि खाए हुन्छ ।

(उसले जिस्काउँछे, सबै जना हाँस्छन् ।)

रामकृष्णः- हामी त अर्काे कुरा पनि भन्न आको भाइ, हुन त यस्तो बेलामा यो कुरा गर्नु नहुने हो ।"

मधुः- कस्तो कुरा हो र दाइ ।... चिया खाउँ है दाइ ।

मञ्जुः- पर्दैन खाना पकाएर राखेर आएका छौँ । गएर खानुपर्छ, काँ चिया खाने नि ।

रामकृष्णः- कुरा के भने नि भाइ अहिले काम पनि छैन । फेरि बस्तीमा पनि नौलानौला मान्छेहरू देखिन थालेका छन्, त्यही भएर हामी त यो अवस्था शान्त नहुइन्जेल घर र्फकने विचार गरेका ।

मधुः- हो र दाइ, ओहो ! तपाइँहरू नै गएपछि त मेरो कोही पनि हुँदैन यो घरमा ।

मञ्जुः- के गर्ने भाइ, यस्तै अवस्था भइराखे त खानै पाइँदैन । बरु घरमा भए त खानले त मरिँदैन नि । त्यही भएर कर्फ्यु खुल्नेबित्तिकै जाने भनेर योजना बनाएका छौँ ।

रिमाः- पोखरा हैन हजुरहरूको घर ।

रामकृष्णः- हो । अरू साथीहरू पनि जाँदै छन्, परिवार छौँ सबै जाने, एउटा साथीको माइक्रोबस छ त्यसैमा जाने ।

मधुः- कोठाको सामान पनि लिएर जाने हो दाइ ?

मञ्जुः- कोठाको सामान नलाने, फेरि शान्त भएपछि र्फकने त यहीँ हो, सामान लगेर त के गर्ने ?

रिमाः- बाबु त होस्टेलमा छ हैन र ?

मञ्जुः- हैन ल्याइसक्यौँ, बन्द सुरु हुनुभन्दा अगाडिदेखि नै स्कुल बन्द भइहाल्यो । अनि ल्यायौँ, अहिले चाहिँ सुतिरा'छ ।

रामकृष्णः- आन्दोलन गरे पनि बरु उतै पोखरामा गएर लाग्नुपर्छ ।

मधुः- दाइले नै त्यसो भनेपछि हामीचाहिँ कसरी बस्ने होला त, हाम्रो त गाउँ जाउ भने पनि सम्भवै छैन दाइ, यता त झन् उसको अवस्था यस्तो छ ।

रामकृष्णः- ठीकै छ भाइ, केही हुँदैन, सहरमा कोही आफ्नो मान्छे छ भने बोलाई हाल ।

रिमाः- बहिनी छे दाइ ।

मञ्जुः- हो, कहाँ छिन् त, भोलि बहिनीलाई पनि बोलाइहाल ।

रामकृष्णः- अब अस्ति तल्लो कोठाको भाइलाई हेर त विनाकारण कहाँ लग्यो कहाँ लग्यो, न बोल्न हुन्छ । यस्तो अवस्थामा कसरी बस्ने तिमी आफैँ भन न ।

मञ्जुः- राति नै बेथाले च्याप्यो भने हामीलाई बोलाउ है बहिनी ।

रिमाः- हुन्छ दिदी । ...खाना यतै खाएर जाउँ न ।

मञ्जुः- हामीले यहाँ खाए उताको चाहिँ कल्ले खान्छ नि ।

मधुः- कतै बाहिर निस्किन पनि पाको हैन, हामी त मर्ने अवस्थामा पुगिसक्यौँ दाइ ।

रामकृष्णः- (बाहिर पुगिसक्छन् ।) हामीलाई पनि त्यस्तै हो भाइ, हामीलाई मात्र हैन सबैलाई त्यस्तै होला । ... लौ त भाइ राति केही भए बोलाउ न ।

रिमाः- एकचोटि बाहिर पुगेर आउनुपर्‍यो ।

मधुः- कता ?

रिमाः- ट्वाइलेट ।

मधुः- ल गएर छिट्टो आउ । (रिमा बाहिर जान्छे, ऊ खाना पस्किने तयारी गर्दैछ ।)

रिमाः- सुन्नु न मलाई कस्तो उकुसमुकुस भो एकछिन माथि गएर बसौँ न हुन्न ?

मधुः- यतिखेर ?

रिमाः- अँ, एकछिन गएर बसौँ न ।

मधुः- त्यस्तो अँध्यारो छ । त्यसमाथि कर्फ्यु पनि छ, हुन्न आउ यहाँ खाटमा बस । बरु झ्याल खोलौँला ।

रिमाः- (भित्र आउँछे ।) कस्तो श्वासै रोकिएला जस्तो भो भने ।

मधुः- अहिलेको अहिल्यै किन त्यस्तो भयो त ?

रिमाः- खै, किनकिन ।

मधुः- ल यो खाउ त ।

रिमाः- अँह म खानै सक्दिनँ । ....मलाइ पेट पनि दुखिरा'छ, भित्रभित्रै गाह्रो पनि भइरा'छ ।

मधुः- एक्कासि के भो भन्या । (झ्याल खोलिदिन्छ । झ्याल खोल्नेबित्तिकै पुलिसको भ्यानको साइरन र त्यसको लाइट कोठाभित्र पस्छ । त्यसको आवाजले रिमा झन् तर्सिन्छे ।)

रिमाः- (ऊ खाटमै छटपट गरिरहन्छे ।) अइया ! अइया !

मधुः- के भो यार तिमीलाई ? पेट दुखेर गाह्रो भको हो ?

रिमाः- अँ ।

मधुः- खै कहाँ गाह्रो भयो ? (नजिक जान्छ ।)

रिमाः- परै बस्नु न । (ऊ अझै छटपटिन्छे, बाहिर मान्छेहरूको हल्ला पनि सुनिन्छ ।)

मधुः- उता दाइहरूलाई भन्छु है ?

रिमाः- पर्दैन, भर्खर त जानुभएको ।

मधुः- अहिले बेथा लाग्या हो र ?

रिमाः- खै ।

मधुः- यो दही खाउ न ठीक भइहाल्छ कि ।

रिमाः- अँह, सक्दिनँ खानलाई ।

मधुः- लौन म के गरौँ त । ...पानी तताइदियौँ त ।

रिमाः- पर्दैन भन्या । (बाहिर डाङ्गडुङ्ग भइरहेछ, उनीहरूलाई त्यसको वास्ता छैन ।)

मधुः- के भको हो । म उता गएर दाइहरूलाई बोलाउँछु । बाहिर केको हल्लाखल्ला रहेछ । रामकृष्ण दाइ ? ए रामकृष्ण दाइ । (ऊ बाहिर जान्छ । दौडिएर भित्र आउँछ र आएर ढोका लगाउन खोज्छ ।)

रिमाः- के भको हो बाहिर ।

मधुः- खै के भको हो, एक हूल मान्छेहरू यतै आउँदै छन् ।

रिमाः- दाइहरूलाई बोलाउनुभएन ?

मधुः- छैनन् ।

रिमाः- ओहो ! (ढोकामा आवाज आउँछ ।)

मधुः- को हो ?

नाइकेः- हामी ।

मधुः- को हामी ?

नाइकेः- खुरुक्क ढोका खोल अनि चिनाउँछु को हामी भनेर ।

मधुः- कोठामा बिरामी छ म ढोका खोल्दिन ।

नाइकेः- के रे ! हान केटा हो । (सबैले ढोकामा लात हान्छन् । लात्ताले हानेर ढोका फोर्छन् । सबै भित्र छिर्छन् । सबैतिर तोडफोड गर्छन् ।)

मधुः- को हो तपाइँहरू ? किन ? यो के गरेको ?

नाइकेः- साला ! देखिनस् कारवाही गरेको ।

मधुः- कस्तो कारवाही ?

नाइकेः- बढी नकरा, हामीसँग आदेश छ, हामी यहाँ जे पनि गर्न सक्छौँ ।

मधुः- ए लौन ! के गरेको । .....गुहार ! गुहार ! ए दाइ ? रामकृष्ण दाइ ?

नाइकेः- कोही छैन तेरो आवाज सुन्ने ।

रिमाः- छोड मलाई । छोड भन्या ।

नाइकेः- चुप लाग । ... ए साला हो ठोक न के हेरेर बस्या हो ।

(उनीहरूले मधु र रिमा दुवैलाई हान्छन्, त्यहाँ रुवाबासी चल्छ ।)

मधुः- छोड भन्या पापीहरू, आखिर किन मार्छाै हामीलाई ?

नाइकेः- थाहा छैन । हामीसँग त आदेश छ । (रिमा ढल्छे, उसको शरीरबाट रगत बग्छ ।) ए यसलाई लिएर हिँड् ।

मधुः- जान्न, म जान्न ।

नाइकेः- साला किन जाँदैनस् ?

मधुः- जान्न ।

नाइकेः- ए जाँदैन रे, ठोक् दे । (एउटालाई आदेश दिन्छ, उतैतिरबाट गोली पड्किन्छ, ऊ पनि कोठामा ढल्छ । कोठाभरि रगत हुन्छ ।) ...अरू कोही छ ?

१ः- छैन सर ।

२ः- पल्लो कोठामा एउटा बच्चो छ सर ।

नाइकेः- छोड् दे त्यसलाई ।

३ः- ओके सर ।

नाइकेः- नाउ, सोल्जर मुभ, मिसन इज ओभर । अप्रेशन इज सक्सेसफुल ।

(बिस्तारै लाइट अफ । पृष्ठभूमिमा एम्बुलेन्स कुदेको चर्काे आवाज आउँछ र बिस्तारै क्षितिजमा हराउँछ ।)

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 200
  • 1971 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    2 days 16 min ago
  • सानो आग्रह गरे है सर
    2 days 18 hours ago
  • कत्रो दुर दर्शिता
    1 week 3 hours ago
  • सुनमा सुगन्ध हुने थियो कि
    1 week 18 hours ago
  • appreciate
    5 weeks 2 hours ago
  • आभार
    5 weeks 22 hours ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 3 days ago
  • आभार प्रकट गरे
    5 weeks 5 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    5 weeks 5 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    5 weeks 6 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • तिमी शितल दिने छायाँ
  • सरस्वती वन्दना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • म पानी हुँ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • प्रेमिलहरूको प्रेम दिवस
  • विद्यार्थी हुँ म
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • काली
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • देशभक्त हुँ म
  • महलकी रानी
  • नेपाल मेरो घर
  • सहकारी नारा (कविता)
  • शुभ दिन बिहानीको
  • गजल
  • आग्रह
  • हाम्रो बारेमा
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • गर्व
  • युवा
  • बिदेशिएको प्रिय सम्झेर !
  • दुख्छ मेरो देश
  • मेरो नारी सम्बन्धी धारणा
  • रङ्गीन माछा
  • पर्यटकलाई स्वागत
  • प्रजातन्त्र दिवस
  • चन्द्रमा ...
  • तिमी बादल बनी आकाशमा ढाकिदेउ
  • नेपाली आमाको मन
  • यस्तै यस्तै मात्र देखेँ
  • हामी मान्छे भुलक्कड छौं
  • भवनीशङ्कर दङ्गाल र उनको गीतासार
  • चिकित्सकहरुको युद्ध
  • तीन मुक्तक (दशैं विशेष)
  • ङ्हाछ्याङ सोसी थप्राउ (तामाङ् भाषाको गजल)
  • सप्तरीको माटोमा सगरमाथा साहित्य परिषद् : एक सन्दर्भ
  • ङाला सेमरी दुंगाल
  • छिट्टै आउँला सिन्दुर लिई..........
  • यात्रा आरम्भ गरौँ
  • नयाँ नेपाल निर्माणमा विज्ञान र प्रविधि
  • सपना देख्नेहरुको लागि !
  • अनुराधा कोइरालाप्रति
  • भिजेका अक्षर (खण्डकाव्य)लाई सरसर्ती पढ्दा
  • नठान साथी हो
  • तिमी
  • ठूलो विचारले सुख जताततै
  • पर्दाभित्र
  • छोरो बिरामी भयो
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित