Skip to content

गाँस खोज्दैछ जिन्दगी


एकमुट्ठी चामल छैन, गाँस खोज्दैछ जिन्दगी
कतै बस्ने झुपडी छैन, बास खोज्दैछ जिन्दगी ।

गगनमुनीको विश्रान्ती कति टिक्ला र खै,
घिडघिडाउदो नाडी छाम्दै सास खोज्दैछ जिन्दगी ।

के गर्छ, के खायो, कठै कस्ले भन्छ यहाँ,
छि :छि दुरदुर गर्नेहरूको मास खोज्दैछ जिन्दगी ।

फूल सम्झी टिप्न खोज्दा काँडा बनि चस्स घोच्यो,
फूलको संसार उनकै लागि कांस खोज्दैछ जिन्दगी ।

जिउनु बेकार छ, पृथिवीको भार बनी,
संदेश बोकी भगवानको पास खोज्दैछ जिन्दगी ।

चितवन
हाल :- नागोया, जापान

Leave a Reply

Your email address will not be published. Required fields are marked *