Skip to content

हो..मसंग छ…..
सुन्छौ भने सुनाउछु
बालुवा संग मितेरी गाँसेको
कथा छ म संग
तातो हावाको राप खप्न नसकी
क्षेन क्षेन बिहोस हुनी
व्यथा छ म संग |!
सुनौलो भबिष्य खोज्दै मरुभूमिमा
रोमालिएको
कथा छ म संग
याद आउँदा आफ्नो जन्म भूमिको
पल पल बिहोस हुनी
ब्यथा छ म संग |!!
पराईको लात् र घात पाउँदा
संयौ चोटी मरेर बाँचेको
कथाछ म संग
आधुनिकताको नाममा
विसंगतिले गांचे पनि मलाई
आफ्नै जाती र मौलिकतालाई साँचेको
व्यथा छ म संग

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *