Skip to content

मेरो मिल्ने साथी छ

  • by


अरबको वालुवाभन्दा लाखौँ गुना माथि छ
दुःख बेच्न वालुवा टेक्ने मेरो मिल्ने साथी छ ।

भेडा-ऊँट डोहोर्याएर टाढाटाढा पुग्छ ऊ
खानेसुत्ने ठेगानै हुन्न त्योभन्दा त जाति छ।

मर्यो भने भेडा-ऊँटकै भाउ मात्रै मिल्दा त
भन्ने गर्छ अरबलाई मानवकै घाती छ।

विकासको भुइँचालोमा हामी त्यसै तर्सन्छौँ
गाह्रो पर्छ ठम्याउन दिन हो कि राती छ ।

स्वर्ग देख्ने हरियालीमा बानी उसको एउटै
टाढै बसी नेपाललाई माया गर्ने छाती छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *