मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
दोषी चस्माको विपक्षमा
kbs — Sat, 07/24/2010 - 14:20
काठमाडौ, श्रावण ७, २०६७
रिसाएको कविता वादविवाद गर्न चाहन्छ
मृत्यु उत्सवका सबै आयोजकहरूसँग
रगतको आहालमा डुबेका मुर्कट्टाहरूसँग
मान्छेको टाउको सिरानी हालेर
निदाउन सक्नेहरूसँग
केटाकेटीका छाला मोरिएको कवचभित्र
सुरक्षित बहादुरहरूसँग ।
-हरि अधिकारी
विताको सामथ्र्यमाथि विचार गर्दा मेरो चेतना परिसरमा यस्ता कविताहरू आइपुग्छन् । तर अचेल यस्ता कविताहरूको वर्चस्वलाई धराशायी तुल्याउने उद्योग फस्टाउन थालेझैं प्रतीत हुन्छ । किनभने संगीत र संगति दुवै नभएका कविताहरू बजारमा बग्रेल्ती छन् । तिनीहरूबाट भाग्न खोज्दा मलाई आख्यानले आकषिर्त गर्न थाल्छ । त्यही क्रममा म विश्वेश्वरप्रसाद कोइरालातिर पुग्न थाल्छु । खासगरी साउन ६ गतेको दिनलाई एउटा स्मृति दिवसका रूपमा सम्मान गरिरहँदा मलाई विश्वेश्वरप्रसाद कोइरालाको साहित्यले आकषिर्त गरिरहन्छ ।
दोषी चस्माबाट मैले विश्वेश्वरप्रसाद कोइरालाको साहित्यसँग चिनजान गर्न पाएको थिएँ । चेखवको कथा 'कारिन्दाको मृत्यु'बाट प्रभावित यस कथामा राणाकालीन नेपालको सानो दृश्य उद्घाटित भएको छ । त्यसमा कथाकारले आफ्नो पात्र केशवराजमार्फत आमनेपालीको दमित मनोविज्ञानलाई उजागर गरेका छन् । भाषा र शिल्पका दृष्टिले यसलाई सुन्दर कथा भन्न सकिन्छ, तर चेखवको शैलीगत प्रभाव बढी नै अनुसरण गरिएको हुनाले औपचारिक समीक्षकहरूले यस कथालाई धेरै महत्त्व दिएनन् । यति हुँदाहुँदै पनि विश्वेश्वरप्रसाद कोइरालाको कथायात्रालाई नियाल्ने क्रममा पाठकहरू यस कथातिर ध्यान दिन्छन् । कथाको पात्र केशवराजको चाकरी व्यवसायमा राणाकालको सामन्तवादी संस्कृतिको बान्की देख्छन् । कथाको सरस भाषाबाट आनन्दित हुन्छन् र अघि बढ्छन् ।
नेपाली राजनीतिमा एउटा विशिष्ट छवि बनाएर अघि बढेका बीपी कोइराला साहित्यमा विश्वेश्वरप्रसाद कोइराला नै हुन रुचाएका थिए । तर उनको राजनीतिक यात्रा नेपाली लोकतान्त्रिक आन्दोलनमा यति विशिष्ट किसिमले अघि बढ्न पुग्यो कि साहित्यकारको रूपमा उनको व्यक्तित्वले आवश्यक महत्त्व आर्जन गर्नै पाएन । दोषी चस्मादेखि लिएर जेल जर्नलसम्म आइपुग्दा उनको कलमले स्थापित गरेको साहित्यिक मूल्यवत्तालाई उचित मूल्याङ्कन गर्ने काम भएन । समालोचकहरू उनीप्रति लगभग उदासीन रहे । नेपाली साहित्यका स्वनामधन्य स्रष्टाहरूभन्दा विश्वेश्वरप्रसाद कोइरालाको स्रष्टा व्यक्तित्व निकै माथि रहेको कुरालाई उनीहरूले ध्यान दिएनन् । तर पाठकहरूले उनलाई ध्यान दिइरहेका छन् । त्यही क्रममा यतिबेला म तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइजस्ता ओजस्वी उपन्यासहरूलाई दोहोर्याएर पढ्ने जमर्को गरिरहेको छु । कर्नेलको घोडा, बिहा, शत्रु, मधेसतिर, श्वेत भैरवीजस्ता कथाहरूको परिसरतिर पुग्दा मलाई नेपाली कथा साहित्यले विश्वेश्वरप्रसाद कोइरालाको कथाकारिताभन्दा अघि बढ्न किन नसकेको होला भन्ने प्रश्नले पछ्याइरहेको छ । त्यसो त राम्रा कथाकारहरू थुप्रै छन्, नेपाली साहित्यमा । तर छरितो वाक्य रचनाद्वारा गम्भीर विषयलाई स्थुल होइन, आन्तरिक अवलोकनद्वारा छरितो आकारमा प्रस्तुत गर्नसक्ने विश्वेश्वरप्रसाद कोइरालाको क्षमता अरू कथाकारमा कमै देखापर्छ । त्यसैले विश्वेश्वरप्रसाद कोइराला नेपाली आख्यान साहित्यमा नितान्त मौलिक प्रकृतिका एउटा पाठशाला नै हुन् जस्तो मलाई लागिरहन्छ । यौन र सामाजिक मनोविज्ञान तथा पहाडबाट मधेसतिर ओर्लिंदै गएको भूगोलको सुन्दर चित्रणलाई उनको आख्यानले सबल स्थान प्रदान गरेको छ । बिहा शीर्षकको कथामा सुब्बा कटकबहादुरले गरेको अनमेल विवाहको प्रसङ्गलाई एउटा सुन्दर फलकभित्र उनले जसरी चित्रण गरेका छन्, त्यसलाई 'यौन मनोविज्ञान' मात्रै भनियो भने गलत हुनेछ । त्यहाँ नेपाली समाजको एउटा प्रथा उपस्थित भएको छ । त्यहाँ नेपाली सामन्तवादको एउटा मनोविज्ञान प्रकट भएको छ । वास्तवमा त्यहाँ इतिहासले उत्तरदानका रूपमा छोडेर गएको नेपाली रुढीमाथि कटाक्ष र प्रतिरोध व्यक्त भएको छ । तर विश्वेश्वरप्रसाद कोइरालालाई पढ्ने र समीक्षा गर्नेहरूले उनको साहित्यमाथि न्याय पुग्नेगरी कर्तव्य निर्वाह गरेको देखिँदैन । त्यसैले साउन ६ गतेलाई सम्झना गरिरहँदा वृक्षरोपण गर्नु राम्रो काम हो भने उनको साहित्यका मूल्यवत्ताहरूतिर ध्यान दिनु झन् राम्रो काम हो भन्ने लागिरहन्छ ।
विश्वेश्वरप्रसाद कोइरालाको सहित्यमाथि ध्यान दिँदा मलाई आफ्नै एउटा स्मृतिले पनि पछ्याइरहन्छ । त्यो यस्तो छ : लगभग बीस वर्षअघि म सिन्धुली जिल्लामा पर्ने झाँगाझोली बजारमा पुगेको थिएँ । म पटक-पटक पुगिरहेको बजार थियो त्यो । आफ्नो उत्तरपट्ट िबगिरहेको सुनकोशीको मधुर संगीतलाई सुन्दै त्यो बजार आफ्ना दिनचर्याहरूमा व्यस्त रहन्थ्यो । काठमाडौंबाट धुलिखेल, दाप्चा, चरङ्गेफेदी, कटुन्जे, मंगलटार, नेपालथोक, दुम्जा हुँदै म त्यहाँ पुगेँ । असोजको महिना थियो । म पदयात्राले थकित थिएँ, तर नयाँ भूगोल र साँझको मादकतामा मादकता थप्दै बगिरहेको सुनकोशीको सुसाइले बढी पुलकित भइरहेको थिएँ । मलाई झाँगाझोली बजारदेखि झन्डै एक घन्टा पूर्वतिर पुग्नु थियो । त्यसैले म अघि बढेँ । यहाँबाट अलिकति ओर्लिनुपथ्र्यो, त्यसपछि एउटा ढिस्को आउँथ्यो । ढिस्को पार गरेपछि खेतको फाँट सुरु हुन्थ्यो । त्यही फाँटको बीचबाट गएको एउटा मूलबाटो हुँदै धमिले खोला पार गरेपछि रातमाटे बजार आइपुग्थ्यो । म त्यही गणित र ज्ञानलाई साथ लिएर अघि बढेँ । तर झाँगाझोलीबाट यस्सो ओर्लिएपछि आउने ढिस्को आएन । मैले झस्किएर अँध्यारोको धमिलो पर्दालाई आँखैले च्यातुँलाझैं गरी अगाडि दृष्टि दिएँ । खेतको फाँट र मूलबाटो दुवै देखिएनन् । साँझ बाक्लिएर रात परिसकेको थियो । सुनकोशीको आवाज कानैमा ठोक्किन आइपुगेको थियो ।
त्यो आवाज यतिबेला संगीतजस्तो लागेन । एउटा अत्यासको क्षणमा मैले फेरि अघिल्तिर हेरेँ । उत्तरतिर पहाडको कापमा ठोक्किएर बग्ने सुनकोशी मेरो अघिल्तिर आइपुगेको थियो । खेतको फाँट हुने ठाउँमा आधाजसो नदीको पानी घुमिरहेको थियो भने आधाजसो ठाउँमा बालुवाका रासहरू थाक लागेका थिए । म अत्ताल्लिएँ । त्यसपछि झोलाको टर्चलाइट झिकेर त्यसको प्रकाशमा बाटो खोज्दै म धेरैबेर यताउता ओहोर-दोहोर गरिरहेँ । सुनकोशीका भँगालाहरू काला सर्पका गुजुल्टाहरूजस्ता देखिएका थिए । सदा शान्त देखिने त्यो नदी सारा खेतहरूलाई मरुभूमि बनाएर यतिबेला अशान्त राक्षसजस्तो देखिएको थियो । त्यसबाट मुक्ति खोज्दै आधा घन्टा भौंतारिएपछि अन्तत: बाटो फेला पर्यो । त्यसको एक घन्टापछि म आफ्नो गन्तव्यमा पुगेँ ।
विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास नरेन्द्र दाइमा यही कोशी आइरहन्छ । कोशीका भँगालाहरूमा उनका पात्रहरू दगुरादगुर गर्छन् । श्वेत भैरवीमा पनि कोशी आइरहन्छ । तराईमा पुगेको त्यो कोशी र मैले त्यस रातमा व्यहोरेको कोशीका केही चारित्रिक समानताहरूलाई म अहिले सम्झिन्छु । जलप्रवाहले मानिसमा सिर्जना गर्ने अनुभूतिहरूमा समानताहरू हुन्छन् । म तिनै समानताहरूलाई विचार गर्दै श्वेत भैरवी पढ्न थाल्छु । नरेन्द्र दाइ पढ्न थाल्छु । ती रचनाहरूमा स्पष्ट आकारसहित आउने मानिस र भूगोलका स्वभावहरूसँग साक्षात्कार गर्न पुग्दा गतिलो साहित्यले दिने आनन्द प्राप्त हुन्छ । यस्तो आनन्द प्राप्त गरेर कति साहित्यकार वा कतिवटा साहित्यिक संस्थाहरूले साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस मनाए होलान् भन्ने प्रश्न उठिरहन्छ । तर मलाई थाहा छ, साहित्यकारका रूपमा ती मानिसलाई श्रद्धा र सम्मान गर्नेहरूको न्यूनता उहिलेदेखि अहिलेसम्म समान रूपमा विद्यमान छ ।
साउन ६ बीपी कोइरालाको स्मृति दिवस भएझैं साउन ७ पुष्पलालको स्मृति दिवस हो । पुष्पलालको सम्झनामा कम्युनिस्ट पार्टीका मानिसहरू श्रद्धाञ्जली व्यक्त गर्दै भाषणहरू गरिरहन्छन् । तर देशलाई सुन्दर बनाउन तम्सिने पुष्पलालजस्ता मानिसहरूको अभाव यो देशमा डरलाग्दो गरी विद्यमान छ । लोकतान्त्रिक आन्दोलनमा एकताबद्ध भए पनि गणतन्त्र प्राप्तिपछिका वर्षहरूमा काङ्ग्रेस र कम्युनिस्ट भनाउँदा सबैथरी दलहरूको आँखामा दोषी चस्मा टाँगिएको छ । तर त्यो दोषी चस्मा विश्वेश्वरप्रसाद कोइरालाको पात्र केशवराजको चस्माजस्तो पावर नपुगेको चस्मा होइन, दुराग्रहको चस्मा हो । त्यही चस्मा लगाएर दलहरू मुलुकलाई गतिरोधको सिकार बनाइरहेका छन् । यस गतिरोधबाट मुलुकलाई त्राण दिलाउनु नै लोकतान्त्रिक योद्धाहरू बीपी र पुष्पलालप्रति वास्तविक श्रद्धाञ्जली हुनेछ ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
19 min 42 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 46 min ago - hlw
22 hours 27 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- सप्रिनुको आनन्द
- सिकन्दरलाई साधुको शिक्षा प्रेरक प्रसङ्ग
- भुर्र–भुर्र उड्छे वनकी चरी
- दिदी माइत आऊ है
- परदेशी छोरीछोरालाई चिठ्ठि
- तिमीलाई तिम्रो जन्म दिनको मंगलमय शुभकामना !!!!
- कहाँ छ ?
- बैशालु यो हावा आयो
- ओठै नचलाई बोल्थिन उनी
- ‘मेरो मानसपटमा पल्लव सम्मान र धनवाँणी युवा पुरस्कार’
- दुखेको दिल
- सक्नुपर्छ माया गर्न टाढा को हुन्न र?
- नालापानी
- एउटा बूढो पहाड
- प्रभु, मलाई बचाउनु होस्!
- देवकोटासँग एउटा साँझको कायान्तरण
- सम्झनामा एक आत्मीय अग्रज
- परदेशीको सम्झना
- अनेसास जापानले सहित्य शृंखला तथा शोक सभाको आयोजना गर्ने
- यहाँ यस्तै छ

Post new comment