Skip to content

भो मेरो उपहासमा कविता नलेख


ए मेरा कवि जी !
तिमी त धनी बाउको छोरो
राम्रो बोडिङ स्कूल देखी ठूला कलेज सम्मका
धेरै पढाइ त्यसैको डिग्री कुन्नी केके हो केके
परिक्षा पनि ठूलो पाँचतारे होटलमा देका रे
ह्विस्की रम अनि कुन्नी के के खाने कुरा
रमको चुस्की लिँदा झम्म भएको हुनाले
तिमी त नम्बर पनि धेरै पाएर पास भयौरे ।

कठै
कठैमेरो छोरो घरमा मटितेलको टुकी बालेर
रातभरी एक्लै गुनगुनाइ रहन्थ्यो लेखि रहन्थ्यो
बिहानै देखिका परिश्रम गर्दा बगेका पसिनाले
ऊ ठुस्स अमिलो ह्स्को छोड्दै पसिना काढेर
पुरै प्रश्नपत्र हल हुनेगरी लेखेर घर आउँथ्यो ।

शायद
शायद उस्को गरिवी गन्हाएर नै होला
दूरभग्य यस पाला पनि उस्रको परिक्षा…
अलिअलि भएको नुन खाने पैसा पनि सकियो
घरको काम काज गर्ने समय पनि गयो
परिक्षाको परिक्षाफल दिने आफ्नो मान्छे थिएन
भन-सुन अर्थात पैसा र कोसेली दिन पनि नसक्दा
कठै मेरो छोरो परिक्षामा फेल भएछ ।

त्यसैले
अब तिमी ठूलो महलमा बिछ्र्याइएको
मखमली गलैँचाको लचक्दार सोफामा बसेर
अगाडिको टेबुलमा राखेको दूधसँग काजु चपाउँदै
मैले जोतेको हलो लाई झ्यालबाट ब्यङ्रग्य हान्दै
भो मेरो उपहासमा कविता नलेख ।

गजल कुटेरी विशालमार्ग नारायणगढ चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *