Skip to content

अरु मलाई नसोंच …………

अरु मलाई नसोंच …………
पिएर रित्तो छ आँखा
आँशु तिमी नखोज,
छिया-छिया भैसकेको छ मुटु
बिन्ति तिमी नघोच्चा !
देखाऊटी आकृति हुँ म मानबको
भित्र-भित्र जाली सकेको छु,
रित्तिन र जलिनुले होला शायद,
एकान्तमा सयौं चोटी ढली सकेछु !!
बाड़ेर सकी सक्यो खुशी
हाँसो तिमी नखोज,
तिम्रो खुशी मात्रै देख्न चाहेको हुँ
बिन्ति अरु मलाई नसोंच …………
तिम्रो खुशी मात्रै देख्न चाहेको हुँ
बिन्ति अरु मलाई नसोंच …………

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *