Skip to content


सुन हेरी बिहानीको पहिलो किरणले
मलाई केही भन्न खोज्दैछ,
उसको आफ्नो शान्त स्वभाबले मलाई
केही उपदेश दर्शाउन खोज्दै छ !
ठुला -ठुला रुखका अनेक साखाहरूले
जस्तै मानौ कि आफ्नो अंगालोमा मलाई
समेट्न खोज्दै छन् ,
अनेक धचाका पातहरूले
आफ्नो खुशियाली जीवन जस्तै
मेरो जीवनलाई पनि हरियाली दिने कोशिस गर्दै छ !
मानौ प्रत्येक फूलहरूका
पत्र-पत्रले मलाई
गुद्गुदाउने कोशिस गर्दै छ,
धर्तीबाट निक्ली रहेका नयाँ टुसाहरूले
मलाई फेरी नयाँ जीवन जिउने प्रेरेणा सिकाउँदै छ !
अँध्यारोलाई पछि धकेली
नयाँ बिहानीको अंगिकृत गर्नलाई
मेरो मन पनि आकुल छ,
परन्तु केही प्रस्न अझै पनि
होटभरि बोकी मेरो तर्फ निशादी बसेका छन् ,
यिनै उत्तरको खोजीमा
मेरा दिन कतै हराई रहेका छन्
मेरा बिहानीहरू के पहिले जस्तै निस्वार्थ छन् त ?
कतै मेरो माया निशब्द नै रहिरहने त होइन ??

1 thought on “मेरो धर्ती”

  1. केही भाषिक त्रुटीहरू
    केही भाषिक त्रुटीहरू सच्याइएको छ।
    तपाईंका रचनाहरूमा विशेष गरी देश र प्रकृतिप्रतिको प्रेम भेटेको छु। अँझै लेख्दै जानुभयो भने लेखन अँझ सललल बग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *