कति राम्रो लम्जुङ् जिल्ला
हिमाल हाँस्नाले,
साइँला काका ठाढो भाका
गाउँदै नाच्नाले !
कति राम्रो बेंसीशहर
चारैतिरको थुम्काले,
गुरुङ्सेनी कासी क्या सारो राम्री
कानैको झुम्काले !!
लोभै लाग्ने गुरुङ् गाउँ राम्रो
रोधी घर हुनैले,
हिले गाउँकी तामाङ्नी रामी
गलाको सुनैले
बिरक्त लाग्ने सुसाउदै बग्ने
मर्स्याङ्दी त्यो नदी,
वारि भित्ता हान्यो, पारि भित्ता हान्यो
मिलेसि झन् मादी !
राजेश रुम्बा लामा “अतृप्त”