Skip to content


तिमीसँग बिताएका रातहरूको कसम
तनैभरि कुदाएका हातहरूको कसम ।

तिमीलाई छोडी अन्त मायाँ लाएको छैन
बनपाखा सुसेलेका पातहरूको कसम ।

सधैं तिम्रो सम्झनामा हराउन मन लाग्छ
पिरतीका लोभलाग्दा बातहरूको कसम ।

समयको नियतिले छुट्टिएको जस्तो भयो
विछोडमा दुख भुल्ने मातहरूको कसम ।

अटुट मायाँ मुटुभरि संगालेर परदेशमा
लेखिएका प्रेमपत्रका खातहरूको कसम ।

मनोज काफ्ले / मनसुन हाल कुवैत

2 thoughts on “कसम – गजल”

  1. गजल राम्रो छ मनोजजी।
    आफ्नो

    गजल राम्रो छ मनोजजी।
    आफ्नो तस्बिर पनि राख्न चाहनुहुन्छ भने एटेच गर्नुहोस् या मेलमा पठाउनुहोस्: [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *