• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

वनकी चरी

kbs — Sun, 08/01/2010 - 18:57

  • लघु कथा
  • विवश पोखरेल
  • गोरखापत्र

अदालत परिसरमा गम्भीर मुद्रामा बसेको यिो ऊ । झुस्स दाह्री पालेको उसले घँडामा चिउँडो अडाएको थियो । मलाई देख्नासाथ फिस्स हाँस्यो ऊ, एउटा खल्लो हाँसो । धेरै वर्षपछि भेट भएको थियो ऊसँग मेरो ।

'अनि आज कताबाट यहाँ ?' मैले सोधेँ ।

"सानो काम थियो ।" अप्ठयारो मान्दै छोटो उत्तर दियो उसले ।

"हिँडिस्योस् ।" केही छिनपछि एउटी सुन्दर महिला हतारिँदै ऊ नजिक आई । ऊसँगै अर्की एउटी महिला पनि थिई ।

"एकछिन है !' असहजता अनुभूत गर्दै ऊ महिलाहरू सँगसँगै लाग्यो ।

त्यसपछि फेरि अदालतको इजलासभित्र भेट भयो ऊसँग मेरो । सम्भवतः म अदालतमा छु भन्ने उसलाई थाहा थिएन । मलाई देखेपछि ऊ अझ गम्भीर भयो । स्पष्ट देखिन्थ्यो, उसका आँखाहरू रसिएका थियो । डम्म बादल लागेको आकाशझैँ धमिलिएको थियो उसको अनुहार । केहीछिनसम्म उसले मलाई हेर्न सकेन । मेरो अप्रत्यासित उपस्थितिले ऊ अप्ठयारो महसुस गरिरहेको थियो शायद ।

"तपाईंहरू मन्जर हुनुहुन्छ ?" न्यायाधीश सोधिरहेका थिए ।

"हजुर !" महिलाले सहमति जनाई ।

"अनि तपाईं ?" न्यायाधीशको प्रश्न फेरि ऊमाथि तेर्सियो ।

"हजुर ! म पनि सहमत छु ।" जवाफसँगै अझ धमिलियो ऊ र उसले पनि स्वीकृतिको टाउको हल्लायो ।

"ल सही गर्नुस् ।"

थररर कामेका हातले महिलासँगै रायकिताबमा सही गर्‍यो उसले । सही गरिसकेपछि अँध्यारो अनुहारसँगै उसले ट्याप्प मेरो पाखुरा समायो र अघि मैले भेटेकै ठाउँमा लिएर गयो । सम्भवतः सम्हालिने एउटा आड पनि खोजिरहेको थियो ऊ ।

"के हो ? केही बुझ्न सकिनँ ?" असहज र अप्ठ्यारो मान्दै सोधें उसलाई ।

"वनको चरी वनैमा उडाई दिएर मित्र ! " प्रतीकात्मक भाषा बोल्यो उसले ।

"अनि 'डिभोर्स' नै गर्नुपर्ने स्थिति पर्‍यो ?" मैले फेरि सोधेँ

"हो, उसले त्यही चाहेकी थिई ।" थररर कामिरहेको थियो ऊ । सकि-नसकी बोल्यो उसले । बररर आँसु झार्‍यो र दह्रोसँग हात मिलायो र बाटो लाग्यो ।

अर्को कारूणिक दृश्यले अझ मर्माहत बनायो मलाई । "बाई पापा !" यो दुःखद घटनासँग अनभिज्ञ एउटा सानो फुच्चे आमाले समाएको हात फुस्काएर फर्की फर्की उसलाई हेर्दै हात हल्लाइरहेको थियो ।

शनिबार गोरखापत्र
श्रावण १५, २०६७

  • 1862 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Blood-stained teenager suitable peaks probe tread.
    25 sec ago
  • Blood-stained teenager suitable peaks probe tread.
    39 sec ago
  • Reply to comment | मझेरी डट कम
    4 min 4 sec ago
  • Reply to comment | मझेरी डट कम
    4 min 58 sec ago
  • Reply to comment | मझेरी डट कम
    5 min 51 sec ago
  • Reply to comment | मझेरी डट कम
    6 min 50 sec ago
  • Reply to comment | मझेरी डट कम
    9 min 15 sec ago
  • Reply to comment | मझेरी डट कम
    10 min 9 sec ago
  • Reply to comment | मझेरी डट कम
    11 min ago
  • Reply to comment | मझेरी डट कम
    12 min ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • समयकाे धुन
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • म पानी हुँ
  • यसै गरी मिलोस तिम्रो माया
  • विद्यार्थी हुँ म
  • गजल
  • नेपाल मेरो घर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • आत्मा र परमात्माको खोज
  • सहकारी नारा (कविता)
  • काली
  • देशभक्त हुँ म
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • महलकी रानी
  • सोह्र सोमबारको व्रत
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • हाम्रो बारेमा
  • सहिदको सम्झना

Last viewed:

  • कहाँ हराए (मुक्तक)
  • रुँदैछिन् होला नेपाल आमा
  • विजयोत्सव
  • मझेरीमा
  • कलिलो मनका यादहरूमा
  • मेरो देश
  • धर्म संस्कार, चलन वा, प्रचलन के हो ?
  • उनीलाई सम्झी बिताएँ रात सिरानी भिजाई
  • राष्ट्रिय तामाङ साहित्य सम्मेलन २०१२ सम्पन्न
  • मेची काली दुखेको छ
  • क्याम्प नं २
  • भोकाएको सर्प
  • जेल ठाना ओँठको
  • प्रतिक्रिया
  • सोहवर्षे जवानीमा (गजल)
  • बाह्र हाइकु (कस्तो जमाना)
  • पात्र भर्सेज पात्रहरू
  • मेरो आँखालाई राख्ने फुलबारी छैन
  • एउटा अर्को लौसीराम
  • फरवाडेड म्यासेज
  • नौलो सिर्जना
  • "कति मिठो गित"
  • आलश्य र नैराश्यले
  • गाउँ छोडी निस्ठुरिले
  • नजाऊ न टाढा-टाढा
  • भिक्षुत्त्व बुद्धशासनको मूल
  • नेपाल निर्माणमा प्रयोग भएको औजार "चन्द्रहाँस खड्ग"
  • पद्याङ्कनकाे लेखकीय कथन
  • नीति श्लोक
  • भोजहरूमा अचेल
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित