बाच्छो गर्छ ‘बां बां !’ अनि बिरालाले ‘म्याउ’
‘झ्याउँ-झ्याउँ !’ गरी झ्याँउकीरीले लगाउँछ झ्याउ ।
मीठो गरी सम्झाउंदै भन्नुहुन्छ दिदी
“टी.भी. हेर्ने भए झट्टै ‘होमवर्क’ भ्याऊ ।”
जति पायो हसुरेको खाना कहाँ पच्नु
खन्चुवाले गर्न थाल्यो हेर ‘ढ्याउ-ढ्याउ’
रुवावासी मच्चिएछ पल्लो गाउतिर
जस्तो पायो भेट्टाएको खाएका रे च्याउ !
‘गण्डकीमा डु· ख्याउने गर्छन् माझी मामा’
गुरुजीले भन्नुहुन्छ -‘तिमी बुद्धि ख्याऊ !
जति वर आयो त्यति गाढा हुन्छ माया ।
परपर बस्नेलाई वर तानी ल्याऊ
साँचो हो कि झुठो के हो ? भन्न नाति भन्छ –
‘मेरा लागि गजल हो सुन्तला र स्याउ !