Skip to content

पानीमाथि फलाउँदै छ सुन


राजधानीको नगरीले लगाउँदै छ गुन
सुनधाराले पानीमाथि फलाउँदै छ सुन ।

पुख्र्यौलीकै आर्जन अरॆ सुनधाराको पानी
जल आउने नलभित्रै पालिकाको घुन ।

छसयमा एक थपेर खेतालाका टोली
त्यहीँभित्र नेपाल खान बजाउँदैछ धुन ।

रानीवनको पानी ल्याउँछ ट्याङ्करले बोकी
महँगो भाडा पैसा छैन जनता लागे रुन ।

दुषित हावा धुवाँ धुलो अन्धकार यात्रा
अझै पनि विद्वान खौज्छन् काठमाण्डौ कै हुन ।

अध्यक्षः गजलमाच चितवन, पल्लव साहित्य प्रतिष्ठान
गजल कुटेरी विशालमार्गनारायणगड चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *