Skip to content

अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०१०, जुलाई) तथा १९७ औं भानु जयन्ती कार्यक्रम

  • by
Colorado-2010-BhanuJayanti-01


आचार्य प्रभा
बोल्डर, कोलोराडो।
जुलाई २०१०।

प्रत्येक वर्ष झैं यस पटकको १९७ औं भानु जयन्ती पनि बिभिन्न कार्यक्रमको साथ यहाँ सम्पन्न गरियो । कार्यक्रममा भलिभल प्रतियिगिताको साथै कवि गोष्ठी कार्यक्रमको सँगम थियो । कविता गोष्ठी कार्यक्रमको सभापतिमा शुशिल त्रिपाठी र प्रमुख अतिथिमा रमाकान्त अधिकारी हुनुहुन्थ्यो भने कार्यक्रम संचालन डा बिजय राज शर्माले गर्नु भएको थियो। कार्यक्रमको शुरुवात अनेसास कोलोराडो च्याप्टरका महा-सचिव सुदेश शर्माको स्वागत मन्तब्यबाट भएको थियो भने प्रमोद घिमिरेले भानुभक्तको बारेमा छोटो टिप्पणी गर्नु भएको थियो। त्यस्तै गरेर कोलोराडो च्याप्टरबाट अनेसासको केन्द्रीय अध्यक्ष पदमा श्री ज्ञानेन्द्र गदाल मनोनित हुनुभएकोमा शुभकामना र स्वागत मन्तब्य आचार्य प्रभाले दिनुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि रमाकान्त अधिकारीले पनि नव-निर्वाचित अध्यक्षलाई शुभकामनाका दुई शब्द चढाउनु भएको थियो । कार्यक्रममा अध्यक्ष गदालले “अनेसासको गरिमामय अध्यक्ष पदमा सेवा गर्ने अवसर प्रदान गर्नु भएकोमा सबै मतदाताहरू बिशेषगरी कोलोराडोबासीहरूको एकताबद्ध सहयोग र सद्भावप्रति आभार ब्यक्त गर्दै विश्वभरी नेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई फुलाउने फलाउने काममा अनेसासको चुनौतीहरूलाई समय सापेक्ष अघी बढाउने दृढता ब्यक्त गर्दै सबैको सल्लाह र सहयोगले मात्र यो काम सम्भव हुने समेत बताउनु भयो ।

कार्यक्रमको मध्यान्तरमा भलिबल प्रतियोगीहरूलाई सुदेश शर्माद्वारा पुरस्कार बितरण गरियो । भलिबल प्रतियितामा नोर्थ डेन्वर पहिलो भए भने शेर्पा टोली दोस्रा भएका थिए । उक्त कार्यक्रम पश्चात कविता गोष्ठी कार्यक्रम संचालन भएको थियो। कविता बाचन गर्नेहरूमा १)राजु सिटौला २)निर्मल प्याकुरेल ३)प्रमोद घिमिरे ४)आचार्य प्रभा ५ )प्रान्जल घिमिरे ६) प्रशंसा घिमिरे ७)ज्ञानेन्द्र गदाल ८)बिजय राज शर्मा ९)भुपेन्द्र महत १०)केशब आचार्य हुनुहुन्थ्यो।

कविता श्रवण गर्नेहरूमा इनु महत, अन्जनी प्रशाद चापागाइँ, बिनय श्रेष्ठ, गजेन्द्र बहादुर के.सी, राम बहादुर बि.क, नेत्र पोख्रेल, मिलाप गुरागाइँ, पदम विश्वकर्मा, प्रदीप खकुरेल, निकोल कोलेभ(अमेरिकन) रत्न भण्डारी, दावा शेर्पा, आङ काजी, गीता भट्टराई, निस्चल, प्रभा घिमिरे, कन्चन भट्टराई, कुन्जन भट्टराई, किरण भट्टराई, लाक्पा शेर्पा, पेम्बा शेर्पा, कामी शेर्पा, मिङमा छिरिङ् शेर्पा, सोनाम शेर्पा, शैलेश पोख्रेल, प्रदीप सेढाईं, मछिन्द्र थापा, गोविन्द लम्साल, नीती आचार्य हुनुहुन्थ्यो भने क्यामेरामा शैलेश पोख्रेल र भुपेन्द्र महतले सहयोग गर्नु भएको थियो। कार्यक्रामको अन्त्यमा उक्त सभाका सभापति शुशिल त्रिपाठीले अनेसासप्रतिको छोटो धारणा ब्यक्त गर्दै कार्यक्रम समाप्त भएको घोषणा गर्नु भएको थियो । कार्यक्रमको बिसर्जनमा चिया, चमेनाको पनि ब्यवस्था गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *