Skip to content


पिएर नाना मातहरू रुने गर्छौ रे तिमी
गरेंछु भनेर घातहरू रुने गछौ रे तिमी ।

थाहा पायौ जीवन बाँच्न दुख छ भन्थें
सम्झेर मेरा बातहरू रुने गछौ रे तिमी ।

एकान्तमा मायाँ गाँस्नु मेरो दोष थियो
साथ छुटायौ हातहरू रुने गछौ रे तिमी ।

तिम्रो यादमा दिनहुँ चिट्ठी कोरिरहन्थें
पढेर प्रेमका खातहरू रुने गछौ रे तिमी ।

स्वर्ग जस्तो पलपल आनन्द मनसुनमा
कल्पेर मिठा रातहरू रुने गछौ रे तिमी ।

मनसुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *