देख्दैमा पनि आत्म मोहक हुने नक्सा छ नौ कोटको
हावा स्वर्गसरी मनोरथा सफा माटो छ नौ कोटको ।
सोचे कै गतिमा बगेर त्रिशुली नौ कोटकै माझमा
उज्ज्यालो घरमा बलेर बिजुली नेपाल कै साँझमा ॥
राम्रो स्वच्छ-सफा हिमालय हुँदै गंगा-सुधा सुन्दर
देवीघाट पुगी बलेछ बिजुली राम्रो छ चारैतिर ।
पानीको बदला हुँदैन कहिल्यै विस्वासका खातिर
नेपाली जनता जुटौ न अव ता नौलो बिहानी तिर ॥
माटो नै मलिलो बिकास गतिमा खेती हुने सुन्दर
तोरी फापर औ मुला र हरियो सब्जी हुने सुन्दर ।
खेती धान-मकै मस्याङ मुसुरो फल्ने छ माटो यहाँ
मेरो जन्म धरा छ स्वर्ग सरिको बिर्सिन्छु मैले कहाँ
माताको ममता सदा रहिरहोस् यै धर्तिको सम्झना
टुट्ने छैन कसै सधैँ भजिरहूँ किर्तज्ञका साथमा ।
मेरो मात्र नभै सबैजन यहाँ नौ कोट बासीहरु
राम्रो मेल गरी बसे सबजना हाँस्थे उदासीहरु ॥
पार्टी धेर भएर के फरक भो आफन्त भाईहरु
एकै आपसमा मिलेर सबले मद्दत् पुर् याऔँ बरु ।
हेर्नेछन् सबले मिलाप घरको जिल्ला छिमेकीहरु
गर्नेछन् ब्यवहार नम्र सबले बिग्री बसेकाहरु ॥
दोस्रो उत्सवको अपार महिमा कैल्यै नभुल्ने भयो
जन्मेको घरमै मिलेर ममता दह्रो निशाना रह्यो ।
मेरो सोच सधैँ यिनै विषयमा केन्द्रित् गरौँला भनी
वाचा एक गरेँ यसै समयमा कैल्यै नभुल्ने पनि ॥
शार्दूल विक्रीडित छन्द म स ज स त त गु
१९ अक्षर ऽऽऽ.ऽ॥.ऽ।ऽ.।ऽऽ.॥ऽ.ऽ॥.ऽ १२।७ मा विराम
बिशालमार्ग, नारायणगढ, चितवन ।