Skip to content

यस शीर्षकले धेरैलाई झस्काउन सक्छ । म आफै बाल्मीकी रामायणको नित्य पाठका क्रममा यसको अयोध्या काण्डको एक सय नवौ सर्गको एक श्लोकमा दृष्टि पुगेपछि झस्किएको र स्तब्ध भएको हु । त्यो श्लोक यो होः

यथा हि चोरः म तथा हि बुद्धः
तथागतं नास्तिकमत्र विद्धि ।
तस्माद्वियः शक्यतमः प्रजानां
स नास्तिके नाभिमुखो बुधः स्यात् ।। -श्लोक २४

गीता प्रेस, गोरखपुरबाट प्रकाशित बाल्मीकीय रामायणको हिन्दी गद्यानुवादमा यस श्लोकलाई निम्नलिखित रूपमा अथ्र्याइएको छ ः

जैसे चोर दण्डनीय होता है, उसी प्रकार -वेद विरोधी बुद्ध -बौद्ध मतावलम्बी भी दण्डनीय है । तथागत -नास्तिक विशेष और नास्तिक -चार्वाक को भी यहाा इसी कोटिमें सम्झना चाहिए इसलिए प्रजा पर अनुग्रह करनेके लिए राजाद्वारा जिस नास्तिकको दण्ड दिलाया जा सके, उसे तो चोर के समान दण्ड दिलाया ही जाय, परन्तु जो वश के बाहर हो, उस नास्तिक के प्रति विद्वान ब्राहृमण कभी उनमुख न हो – वार्तालाप न करे ।

यो श्लोक मर्यादा पुरुषोत्तमका रूपमा चित्रित रामकै मुखबाट निस्केको हो । यो रामले आफूलाई अयोध्या फर्काउन माताहरू तथा गुरु वशिष्ठ, ऋत्विज जावालि र अन्य पुरजन, परिजनका साथ वनमा आएका भरत र अन्य शुभेच्छुकहरूको बारम्बारको आग्रह नमानेपछि ऋत्विज पदमा आसीन जावालिले नास्तिक मतको अवलम्बन गरी उनलाई वनवास त्यागेर अयोध्या फर्की राजधर्मको पालन गर्न अनुरोध गर्दा क्रोधले उत्तेजित भएर बोलेको दुर्वचन हो । रामले जावालिलाई पितृवचन पालन गर्ने आˆनो प्रतिज्ञाबाट आफूलाई विचलित पारी धर्मच्युत गराउन खोजेको ठानेर उनीप्रति लक्षित गरी आˆनो मर्यादा नाघेर दुर्वचन बोलेका हुन् र उनलाई नास्तिक र वेदनिन्दक भन्ने आक्षेप लगाएका हुन् । उनले जावालिलाई अरू पनि भन्नु नभन्नु भनेका छन् र आˆनो शालीन र सौम्य चरित्रको प्रतिकूल व्यवहार गरेका छन् । म झस्केको रामको मुखबाट बुद्धको नाम निस्केकाले हो भने स्तब्ध भएको रामजस्ता आदर्श पात्रले आˆना गुरुतुल्य महषिर्क जावालिलाई यस्तो अमर्यादित दुर्वाच्यबोली उनीमाथि नाना थरीको मिथ्या लाञ्छन लगाएको देखेर हो । अब रामायणमा तथागत बुद्धको चर्चाबारे विचार गरौा ।

मैले र सायद सबैले इतिहास ग्रन्थहरूको अध्ययनबाट थाहा पाएको कुरा केहो भने पहिले रामायणकाल त्यसपछि महाभारतकाल अनि त्यसपछि बुद्धकाल आउाछ । बाल्मीकि स्वयं पात्र रूपमा रामायणमा उपस्थित भएबाट उनी रामायण कालका व्यक्ति थिए भन्ने स्पष्ट हुन्छ । तथागत बुद्ध उनी भन्दा पछिका व्यक्ति हुन् । किनभने रामायणको रचना ५०० इसापूर्व भएको मानिन्छ बौद्ध धर्मको प्रभाव छैन तर बौद्ध जातकमा रामायणको रामकथा उपस्थित छ । यतिमात्र नभई बौद्ध साहित्यमा रामलाई मर्यादा पुरुषोत्तम मानिन्छ र आदरका साथ हेरिन्छ । बौद्ध महाकवि अश्वघोषको महाकाव्य बुद्ध चरित्र -पहिलो इस्वी शताब्दी) मा रामायणको प्रभाव छ । यस अवस्थामा रामायणमा तथागत बुद्धको उल्लेख कसरी र किन भयो ? यही मेरो जिज्ञासा हो । यस जिज्ञासाको शान्तिका लागि रामायणको रचनाकालबारेका विभिन्न विद्वानहरूका मत हेरौा ।

मेक्डोनेल बाल्मीकि रामायणलाई एउटै हातको रचना मान्दैनन् । उनका भनाइमा रामायणको वर्तमान सर्वाङ्गीण रूप ५०० इस्वीपूर्वको हो र त्यसमा जोडिएका प्रक्षेपहरूको समय २०० इस्वी पूर्वको हो ।

जयचन्द्र विद्यालङ्कारका भनाइमा बाल्मीकि रामायणको पहिलो संस्करण ६०० इस्वीपूर्वमा तयार भएको हो र पछि २०० इस्वीपूर्वमा त्यसको अर्को संस्करण तयार भएको हो ।

काशीप्रसाद जायसवालको विचार पनि प्रायः यस्तै छ । चन्द्रशेखर पाण्डेयका विचारमा रामायणको मूलकथा बौद्ध धर्मको आविर्भावभन्दा पूर्वको हो र त्यसको रचना लगभग ५०० इस्वीपूर्वनै भइसकेको थियो ।

रामायणका प्रख्यात अध्येता फादर कामिल बुल्केको विचारमा रामायणको रचना ६०० इस्वीपूर्व भएको हो ।

चिन्तामणि विनायक वैद्यको मतानुसार रामायणको प्राचीनतम रूपको रचना १२०० इस्वीपूर्वको र दोस्रो रूपको रचना ५०० इस्वीपूर्वको हो

वाचस्पति गेरौलाको निस्कर्षमा रामायणको वर्तमानस्वरूपको निर्धारण ५०० इस्वीपूर्वमा भयो र त्यसपछि त्यसमा प्रक्षेप जोडिादै गए ।

रामायणको रचना ६०० इस्वीपूर्व पूरा भएको मान्ने हो भने बाल्मीकि रामायणमा तथागत बुद्धको उल्लेख पटक्कै सङ्गत लाग्दैन, यसको रचना ५०० इस्वीपूर्व भएको हो भने राम र बाल्मीकि बुद्धका समकालीन ठहरिन्छन् । यसो हो भने वैदिक धर्मका पक्षधर बाल्मीकिले वा रामले वैदिक धर्मका विरोधमा झण्डा उठाउने बुद्धलाई नास्तिक भनेर निन्दा गर्नु आश्चर्यजनक लाग्दैन । कालिदासले पनि बौद्धमतप्रति कटाक्ष गर्दा बौद्धमतानुदायी आˆना पूर्ववर्ती महाकवि अश्वघोष वा अन्य कसैको नाम नलिएर आˆना समकालीन बौद्ध दार्शनिक दिङ्नागको नाम मेघदूतमा लिएका छन् तर रामायणमा यज्ञयागहरूको ध्वंसकर्ताका रूपमा राक्षसहरूको मात्र चर्चा पाइन्छ । विश्वामित्रले रामलक्ष्मणलाई यज्ञयागको रक्षा र राक्षसहरूको विनाशकै लागि आˆनो आश्रमतिर लगेको र त्यताबाट जनकपुर पुर्‍याएको वर्णन पाइन्छ । बाल्मीकि बुद्धका समकालीन हुादा हुन् त उनले बौद्ध धर्मको उदयले वैदिक धर्म सङ्कटमा परेको चर्चा कतै राम्रै गरी गर्दा हुन् र आˆनो विरोध र आक्रोश काइदैसाग प्रकट गर्दा हुन् । धर्मचर्चाको कुनै प्रसङ्गविना गुरुतुल्य जावालिले अन्य शुभचिन्तक स्वजनहरूले झैा अयोध्या र्फकने सल्लाह दिादा रामजस्ता आदर्शनायकका मुखबाट उनीप्रति लक्षित गरी चोर, नास्तिक र तथागत बुद्ध झैा दण्डनीय र उपेक्षणीय भन्ने जस्ता अशिक्षा र अशोभनीय वचन किन बोलाउादा हुन् ? त्यसैले यो श्लोक बाल्मीकिको रचना होइन भन्ने मेरो धारणा छ । यो श्लोक तथागत बुद्धले चलाएको धर्मले व्यापकता पाएको देखेर मुर्मुरिएको कुनै अनुदार र शहकट्टर वैदिक धर्मावलम्बी कविले २०० इस्वीपूर्व वा त्यसभन्दा पनि निकै पछि क्षेपकका रूपमा जबर्जस्ती घुसारेका हुन् भन्ने मेरो निष्कर्ष छ । यसबारे नेपाल र भारतका रामायण र बौद्ध साहित्यका अध्येताले आˆना विचार अघि सारून भनेर यो छोटो लेख म सबैका सामु प्रस्तु गर्दैछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *