च्याउ पलाए झैं पलाउँदै सार्थक रुप आकार नै
नलिई माटोका कणकणमा बिलायमान हुँदैछन,
पसिनाका घेरा बनी टन्टलपुर घाममा पापड बन्दैछन,
आँसुका थोपा बन्दै परेलीका सुरक्षा घेरा तोड्दै गालाका
पाखाबाट हाम्फाल्दै छन्
सुनसान राति मनका मैदानमा लाखौँ कुराहरू
संघर्ष गर्दै अनिंदो छटपटी दिंदैछन् ….
मेरा अर्थहीन उदेश्यहरू
बस् ..
मेरा अर्थहीन उदेश्यहरू ……….
राजेश रुम्बा लामा “अतृप्त: