Skip to content


पोखराकी एउटी परी फेवातालमा पाएँ मैले
सँगै जिउने सँगै मर्ने वाचा कसम खाएँ मैले

कल्पनाको मन्दिरभित्रै उनीलाई भेटे पछि
नटुङ्गियोस् यात्रा भनी बाराही नि धाएँ मैले

सम्झनाको डुंगामाथि शयर गर्दा उनीसँगै
माछापुच्छ्रे शीर बनी शीतलता छाएँ मैले

कमलको फूल उनी हृदयमा बास राखी
जून सम्झी रातैभरि प्रेमको गीत गाएँ मैले

विवशको जिन्दगीमा उनी साथ पाएदेखि
नछुट्टिने पिरतीको मितेरी नै लाएँ मैले

Leave a Reply

Your email address will not be published. Required fields are marked *