Skip to content


जिन्दगीको अर्थ कहाँ खोजेको छु मैले
दुई पल बाँच्ने बाटो रोजेको छु अहिले ।

बरदान सम्झि आफै जिउने गरेको छु
दुःख सुख मिलाएर पिउने गरेको छु ।
सम्हालिन गाह्रो थियो मलाई नि पैले,
दुई पल बाँच्ने बाटो रोजेको छु अहिले ।

लुकाएर पीर व्यथा हाँस्ने गरेको छु
अरूलाई खुशी पार्दै बाँच्ने गरेको छु ।
अत्तालिन्छ सारा जीवन सम्झी कैले कैले
दुई पल बाँच्ने बाटो रोजेको छु अहिले ।

जिन्दगीको अर्थ कहाँ खोजेको छु मैले
दुई पल बाँच्ने बाटो रोजेको छु अहिले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *