एक्लो हुँदा वनको कोइलीले बिरह नगाइदिए
बग्दैनथ्यो कि यो आँसु उनी पराई नभइदिए
कस्तो हुन्थ्यो हो कुन्नि, यो जिन्दगीको रंगहरू
ओइलिएको माया फूलहरू, फेरि फक्रेर आइदिए
तिमी पराई नहुँदो हौ त, म किन रुन्थें र यहाँ
कालो कालो औंसी रातमा, जुनेली यहाँ छाइदिए
दिन र यो कालो रातमा, अन्तर के नै हुन्थ्यो र
यो धर्ती र यो शृष्टि नै, भकुण्डो झैँ गोलो नभइदिए
मान्छेले मान्छेलाई, काँडा नभनी फूल सम्झिदिए
कस्तो हुन्थ्यो जिन्दगी, सबैले चोखोमाया लाइदिए ..?
राज लामा
हाल दोहा कतार
लम्जुंग सिम्पानी-९ बगैचा