मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
गरिबी र अभावका कविताहरू
kbs — Sat, 08/21/2010 - 21:45
कवि गोकुल अधिकारी समसामयिक नेपाली कविताको क्षेत्रमा नयाँ नाम होइन । उनका कविताहरू निकै अघिदेखि पत्रपत्रिकामा प्रकाशन भइरहेका छन् । भर्खरै उनको कविता कृति 'अक्षरको घर' प्रकाशनमा आएको छ । 'अक्षरको घर' संवेदनाको एउटा त्यस्तो संसार हो, जहाँ गरिबी र अभावमा बाँच्न बाध्य मानिसका पक्षमा वकालत गरिएको छ ।
मानवीय संवेदनालाई व्यावहारिक रूपमा लेख्न खप्पिस कवि अधिकारी मध्यमवर्गीय मानिसका पीडाहरू बोल्ने कवि हुन् । उनका कवितामा अक्सर मानिसले पूरा गर्न नसकेका सपना, आर्थिक अभाव, नासिएको सम्बन्ध र जीवनमा तक्माजस्तो पटकपटक मिलेका हारहरू भेटिन्छन् । कवि अधिकारी निराश छैनन् तर उनका कविताहरूले हारेका मानिसहरूको प्रतिनिधित्व गर्छ । 'अक्षरको घर' त्यही अन्योलग्रस्त मानिसका तस्बिरहरू हुन् । दुःखलाई गहनाजस्तो लगाएर हिँडिरहेकाहरू गोकुलका पात्रहरू हुन् । तिनीहरूकै आवाज गोकुलका मिथ र विम्बहरू हुन् । उनी कवितालाई दुरुह बनाउँदैनन् । आम मानिसका अफ्ठ्यारालाई जस्ताको तस्तै आफ्ना कवितामा राख्न गोकुल सक्षम छन् ।
कविताको खेतीमा कविताकै मलजलले भावनात्मक पोषण पाएका कवि अधिकारी जीवनको साढे चार दशकमा बल्ल पहिलो काव्यकृति लिएर देखापरेका छन् । आफूसँगैका दौँतरीहरू साहित्यिक चिनारीमा नामी कहलिएर पहिचानको हिसाबमा पाको भइसक्दा गोकुलको कविता यात्रा भने कृतिगत रूपमा भर्खर कोरिएको छ । भर्खर प्रकाशन भए पनि पाका अनुभव र माझिएको विचारका कारण 'अक्षरको घर' राम्रो कृतिको हारमा दरिएको छ । उनका कविताहरू उनकै दौँतरीहरूको मेसोमा कम देखिँदैनन् । मोफसलमा रहेर कविताकर्म गरिरहेका गोकुल राजधानीलाई गाली गर्दैनन् र उनका कवितामा मोफसल र राजधानीको विभेदको तुष कतै भेटिँदैन । 'अक्षरको घर' भित्रका अधिकांश कविताहरूले मानिसका सम्बन्ध र आर्थिक जटिलतामा अल्मलिएकाहरूको असहज स्थितिलाई बोलेका छन् ।
सङ्ग्रहभित्रका अधिकांश कविताहरू विभिन्न समयमा विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशन भएका कविताहरू नै हुन् । छोटा बान्कीमा झ्वाट्ट छुने अधिकांश कविताले लघुकथाको छनक दिन्छ । कविताहरू सरल छन् । शब्द र वाक्य विन्यास पनि सामान्य छ । त्यसकारणले कतिले गोकुलका कवितालाई ज्यादै सरल भयो पनि भन्न सक्छन् तर आमपाठकलाई लक्षित गरी लेखिएका उनका कविताहरू सरलताको यो आरोप सहन तयार छ, तर आफ्नो शैलीका रूपमा गोकुलले विकास गरेको सरलतालाई फेर्न भने कवि चाहँदैनन् ।
कतिपय कविताहरू सामान्य अवस्थामा लेखिएका छन् । मिथ र विम्बहरूको उपस्थितिविना लेखिएका त्यस्ता कविताहरूबाट पाठकले कलात्मक मिठास नपाउन पनि सक्छन् तर त्यही कवितामा रहेको अभावको डरलाग्दो तस्विरले सबैको मन मथिङ्गललाई खल्बलाइदिन्छ ।
पुस्तक ः अक्षरको घर (कवितासङ्ग्रह)
कवि ः गोकुल अधिकारी
प्रकाशक ः पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगर
संस्करण ः प्रथम, २०६६
पृष्ठ ः १४ ं ६३
मूल्य ः रु. १००।-
- 2928 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- अनावश्यक
2 days 18 hours ago - महाशय दर्जाको कुरा गर्दा
6 days 21 hours ago - डोटेली मुक्तक!!!
तैँ जैसित "
4 weeks 2 days ago - पर्तिकिर्यो तो देखि ना अभितक
4 weeks 4 days ago - केही सच्याइएको छ।
4 weeks 5 days ago - हम करै तो । केहु नकरै ।
5 weeks 1 day ago - क्रन्धन
5 weeks 6 days ago - ए मित्र क्रन्धन भन्ने शब्द नै
6 weeks 1 hour ago - Hom sir ! THANKS FOR your suggestion and affection
6 weeks 4 days ago - सम्पादकले सम्पादन गर्नुभएको
10 weeks 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- खहरेको भेल-रहेछ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- शुभकामना! जन्मदिनको !!
- छोरीको जन्मदिनको शुभकामना
- दिदीकाे पुकार
- चर्चित नेपाली यौनकथा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- अधुरो ईच्छा (यौन कथा)
- पछिल्ला रचनाहरू
- आँसु हाँसो मिलन बिछोड
- आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
- पाँच मुक्तक (अब त टाढा भएछु)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- तिमीलाई जन्मदिनको शुभकामना
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- तिहार तिमी.......!
- तिहारको शुभकामना चेलीलाई
- सबैको साथ
- विद्यार्थी हुँ म
- ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)
Last viewed:
- गरिबी र अभावका कविताहरू
- चर्चित नेपाली यौनकथा
- गंगा लिगल र सखी– वियोग खण्डकाव्य
- महाकवि विषयमा मेरो विद्यावारिधि
- पाँच मुक्तक (दिन गन्दै ढलेको जिन्दगी)
- उनि..
- फेरि रोल्पा
- ध्रुपदका धुरन्धर
- जन्मदिनको शुभकामना
- आमाको ममता ! ( झ्याउरे कविता )
- हाइकुको मिठास बुझ्नेलाई मात्र थाहा हुन्छ
- मिथक अवयवहरू
- म अभागी जन्मिएँ "अध्याय-२ म तिम्रो छोरा हुँ या अनाथ ?"
- तिम्रो त्यो मोहक रूपको .बर्णन कसरी गरौँ म
- बिउटी पार्लर धाउँन थालि
- यसरी आऊ दशैं तिमी
- अप्ठेरो शीर्षकमा रोचक नियात्रा
- मधुपर्कः मेरा सम्पर्कका चार दशक !
- खुसी सारा लुटी रित्तै
- जति चोट दिन्छौ देऊ मायालु
- नेपाः निर्माणय् छेला वंगु मूलगु ज्याभः “चन्द्रहासखड्ग” ऐतिहासिक ज्याभः म्हसीका
- लेख :– कथा लेख्दा ध्यान दिनुपर्ने कुराहरू
- लेखकको जन्म पाठकको गर्भबाट
- युद्धमा हारेका बा
- मुइ भण्णौ
- तीन मुक्तक (थकित पीडित मन)
- अधुरो सिर्जनाका पीडाहरू
- समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन
- विश्वास कसरी गरूँ ?
- लड्न परे गोर्खाली
Post new comment