Skip to content

अक्षर समुहको पाचौँ श्रृङ्खलामा प्रभाकर पण्डितको एकल गजल वाचन सम्पन्न ।

Majheri


शनिवार, भाद्र ५, २०६७ ।
भरतपुर, चितवन।

भरतपुर स्थित महाकालेश्वर शिव मन्दिरमा अक्षर समूहले आफ्नो पाचौँ श्रृङ्खलामा स्थानीय गजलकार स्रष्टा प्रभाकर पण्डितको एकल गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । यसरी चल्ने यो कार्यक्रममा एक जना साहित्यकारका १ दर्जन रचना वाचन गरे पछि सोही रचनामाथि सबै उपस्थित स्रष्टाहरुले आ-आफ्ना धारण-दृष्टिकोणहरु प्रस्तुत गर्ने गरिन्छ ।

सोही अनुरुप आज गजलकार स्रष्टा प्रभाकर पण्डितको एकल गजल वाचनमा वाचन भएका १ दर्जन गजलमाथिको टीका टिप्पणीका साथै, केही दिन अगाडिमात्रै प्रकाशनमा आएको उहाँकै “यो अचम्म भो” नामक गजलसङ्ग्रका बारेमा टीका टिप्पणी एवम् समीक्षात्मक दृष्टिकोण प्रस्तुत गरियो। आ-आफ्नो दृष्टिकोण राख्नेहरूमा प्रा.डा. नारायणप्रसाद खनाल, प्रेमविनोद नन्दन, गोविन्दराज विनोदी, गोर्खेसाइँलो, पुष्प अधिकारी, अाजलि कपिल अज्ञात, रामहरि शर्मा शराह, डि आर पोखरेल, केदारनाथ खनाल, बन्दना कँडेल, विष्णु तिवारी उषा, सरिता तिवारी, भुपिन ब्याकुल, राजेन्द्र घायल, सदानन्द अभागी, बालकृष्ण थपलिया, राजेन्द्र रिजाल, विनोद अनुज, लेखाराम सापकोटा लगायतका १२७ जना साहित्यकार स्रष्टा एवम् द्रष्टाहरुको उपस्थिति रहेको थियो ।

गजलकार स्रष्टा प्रभाकर पण्डितका साथमा उहाँकी धर्मपत्नी सरला पण्डित हुनुहुन्थ्यो भने कार्यक्रमको उद्घोषण द्वारिका नेपालले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *