सँगै साथ लैजाऊ, नछोड मलाई विच मझधार मै,
मलाई पनि देऊ सहारा तिम्रो आफ्नै छेउछाउ मै!
डस्ने काँडा त थिइन म, गुलाब बनिनै फुलेकी थिएँ,
भरोसा मेरो खेर गयो, तिमीभित्र नै हराई दिएकी थिएँ!
ती पलहरूलाई सम्झना गर्छु म, दुई थोपा आँशु झर्छन मेरा,
हत्केलालाई ऐना हेर्छु म, छिनभरमै आँशुले भर्छन यहाँ !
फूल जस्तै फुलिरहने, खुशी मलाई पनि सधैंभरि थियो,
झुटा-झुटा बाचा बनाई, भमरा बनी चुसी गयौ !
मैले त सबै सुम्पेकी थिए, किन मन मोडी टाढा गयौ,
केही बेर साथ सँगै हिंडी, हात छुटाई बेग्लै भयौ !
मेरो बाटो कुन मोडमा अब, हात फैलाई कहाँ जाऊँ?
सहारा अब कसको सायद, न फर्की आउने गरि जाउ!!
संगै साथ लैजाऊ, नछोड मलाई विच मझधार मै,
मलाई पनि देऊ सहारा तिम्रो आफ्नै छेउछाउ मै!
मिलन कार्की