Skip to content


पहाडको फेदीमा मेरो घर छ
गाउँको पुछारमा नदी बग्दछ
नजिकै जङ्गलमा मृग घोरल छन्
मयुर नाच्दछन् कोइली गाउँछन्
बहन्छ बतास लेक सुसाउँदै
वषर्ात् आउँछ किसान उठाउँदै
घाँस काट्छु गाई हेर्छु पढ्नु पनि छ
स्कुल जान र आउन अलि टाढा छ
यही प्यारो गाउँमा हुर्की बढेँ म
वर्षेनी पढेर कक्षा चढेँ म
ज्ञानी भई आफ्नो नाम टाढा फिँजाउँला
गाउँ र देशकै विकास गरौँला ।

गङ्गा खत्री, कक्षा ः ९
सरस्वती उमावि खानीभन्ज्याङ, ओखलढुङ्गा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *