मझेत्रोले
आँखा छोप्दै,
आँखा खोल्दै,
गुलेलीमा मट्याग्रो राखी,खेल्ने बच्चाहरु हेरेर
मेरो आकृतिलाई खोज्दैछौ आमा ।
गहभरी
साउने भेल बोकेर,
बिषादीको मुस्लो राखेर,
स्कुले बच्चाहरु उफ्रदै,खेल्दै देखेर
यो’क्षितिज’को कल्पना गर्दैछौ आमा ।
मनको कुनामा
छो-रोल्पा बाधेर,
सुनामी थामेर,
विवाहताहरु हेदै वर बधुको रुपमा कल्पेर
अन्जली र मलाई सम्झना गर्दैछौ आमा ।।
बिर्सिनु भो
शहीदकी आमा तिमीले
सलामीका साथ,
छोराको देहमा दागवत्ती राखी,
मनको आधी थामेर,
तनको आगो निभाएर,
यो देश निम्ती,उज्जवल भोलीका निम्ती,लोकतन्त्रको निम्ती
छोराको बलिदानमा पनि फिस्स हासेकी आमा ।।
आज देख्यौ आमा
असत्तीहरुले हाम्रो बलिदान तुच्छ सम्झे
बेइमानीहरुले बकपत्रको खिल्ली उडाए
सत्तालाई बपौती माने,
देशलाई नै पेवा ठाने,
देख्दैछु आमा । निधारमा चिन्ताका रेखाहरु
लेख्दैछु आमा । भरिएका पापका घडाहरु
नरुनु आमा
तिम्री अन्जलीले हजारौ यौद्धा जन्माउने छिन
जसले एउटा अर्को महाभारतको कथा लेख्नेछ ।
यो रणसग्राममा आमा, तिम्रो जीत हुनेछ ।। मात्र तिम्रो,आमा ।।
बसन्त कुमार श्रेष्ठ’क्षितिज’
२०६७-०५- ०८ मंगलवार
बसन्तजी,
अहिले नेपाल आमाको
बसन्तजी,
अहिले नेपाल आमाको विवशतालाई सहज रुपमा उतार्नुभएको छ।
धन्यवाद!
धेरै धन्यवाद । हौसला र
धेरै धन्यवाद । हौसला र प्रेरणाको निम्ती ।
nice to read !
आश्मा
nice to read !
आश्मा
धन्यवाद आश्माजी । प्रयास
धन्यवाद आश्माजी । प्रयास गर्दैछु ।
basant sir mare man kasto
basant sir mare man kasto kasto vayo tapailai badhai6
धन्यवाद हजुरलाई
धन्यवाद हजुरलाई