Skip to content


किताब किन्न्ा गएकी आमा फर्किनन्
स्कुल जाने बेला भैसक्यो फर्किनन्
अस्पताल पुगेर खबर फक्र्यो
उपचार ह“ुदाह“ुदै मरेको खबर फक्र्यो
मेरो पढ्ने इच्छाको चन्द्रमा
आमास“गै मरिन्, आमा भएर मरिन्
पोहोर खेतमा रोपिएर आमा
मङ्सिर हा“सेर घर पस्थिन्
आली-आलीमा हि“डेर
खेतको छाती र निधारमा
आमा झुलिरह“दा
सुनको बिहान झरेर आमाको पोल्टामा
सुदूर भविष्यका किरणहरू हा“सिरहन्थे
आमा मरिन्
छचील्कन सकेन पानीको पहाड
जून खसेको नदीको पानीमा
बज्न सकेन सारङ्गीका नाङ्गा मनहरूको आगो
यो वर्षखेत कोख निचोरेर बा“झै निदायो
खुट्टाहरूले खुकुरीको धार टेकेर
पहिरो गयो पहाडमा,
आमा स्कुल हो, माटोको प्रतिविम्ब
र, अक्षहरूको आत्मा हो आमा,
चुहिने भा“डोमा सपना केलाइरहने
आमाविहीन बालकहरूको तिर्खालु तस्बिर,
आकाशको छानो खसेर
रातको नि“द बिझाउनेहरूको र्
मर्मको गहिरो समुद्र, बग्दाबग्दै
बा“धिनुको अर्थ चुहिनुको लयहीन आकाश
आमास“ग छ कोलाजमा, आमा
अस्पताल पुगेको खबर फक्र्यो
उपचार हु“दाह“ुदै मरेको खबर फक्र्यो
मेरो पढ्ने इच्छाको चन्द्रमा
आमास“गै मरिन्, आमा भएर मरिन्
सपनाको डिलैडिल
सपनाको पल्लो छेउमा
किताब किन्न गएकी आमा फर्किनन्

नेपाल साप्ताहिक १२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *