Skip to content


मैले जीवनमा धेरै महिलाहरूसँग समय बिताए तर निशाजस्ती महिला कतै भेटिन । उनको सुन्दरता, हसिलो र माया लाग्दो स्वभाव, शारीरिक बनावट, पेसाप्रतिको इमान्दारिता यी सबै पक्षहरूले गर्दा म ऊ प्रति बढी लालायित भएको थिएँ । उनीबिना एक पल पनि बिताउन नसक्ने भएको थिएँ म ।

यस्तैमा एकदिन उनीसँग सँगै बसिरहेको अवस्थामा मेरा मुखबाट यस्ता शब्द बाहिर आए-‘निशा ! के तिमीले मलाई जीवनभरि साथ दिन सक्छ्यौ ? यदि मेरो आग्रहलाई स्वीकार गर्‍यौं भने म तिमीलाई जीवन सङ्गीनी बनाएर राख्न तयार छु ।’

मैले यसो भन्दा उनी लजाउने छिन् र मैले उनीप्रति दर्शाएको सहानुभूतिलाई देखेर मप्रति आभारी हुँदै मेरो प्रस्तवालाई सहस्र स्वीकार गर्नेछिन् भन्ने अनुमान गरेको थिएँ मैले । तर त्यसो भएन । मेरा कुरा सुनेपछि उनी जोडले हासिन् र भनिन- ‘के तिमीले आफूलाई पुरुष भएको कुरा बिर्सियौ ?’

र उनी मलाई हेरेर धेरै बेरसम्म हासिरहिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *