मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
सिकन्दरलाई साधुको शिक्षा प्रेरक प्रसङ्ग
kbs — Sun, 08/29/2010 - 09:24
सिकन्दर महान् कैयों युद्धमा विजयी भएका थिए । उनी विश्व विजयी हुन चाहन्थे । धेरै देश जितिसकेपछि सिकन्दरले आफ्ना सेनापतिलाई आदेश दिए- "अब सुनको चरो तर्फ अघि बढ ।"
त्यसबेला दक्षिण पूर्व एसियालाई संसारले 'सुनको चरो' भनेर चिन्दथ्यो ।
सिकन्दरको आदेश पाउनासाथ सेनापतिले नक्सा हेरेर दक्षिण पूर्व एसियातर्फ कदम अघि बढाए । विशाल हिमालय कटेर सिकन्दरका सेनाले दक्षिण पूर्व एसियामा पाइला हाले । उनीहरू सिन्धु नदीका किनारसम्म पुगेको एक स्यानमा त्यसबेला भारतवर्षमा पौरसहरूको राज्य थियो । उनका सेनासित सिकन्दरका सेनाको घमासान युद्ध भयो । सिकन्दरका सेनाले पौरसको सेनालाई पराजित गरे । राजा पौरसलाई समेत सिकन्दरले बन्दी बनाए । दक्षिण पूर्व एसियामा सिकन्दरको यो नै पहिलो विजय थियो । सुनको चरोमाथि विजय पाएपछि सिकन्दरमा खुसीको सीमा थिएन ।
युद्ध सकिएपछि सैनिकहरू आफ्ना शिविरमा आराम गरिरहेका थिए । सिकन्दर भने आफूले विजय प्राप्त गरेका देशको सहर र गाउँ हेर्न घोडा चढेर निस्के । विजयको उन्मादले फुलेर हिंडेका सिकन्दरले विलौना गरेर रोइरहेका महिला र बालबालिकाहरू देखेर सिकन्दरलाई दया लागेन उल्टै उनी गौरव गरिरहेका थिए ।
सिकन्दरले आफ्नो घोडालाई वनको बाटो तर्फ मोडे । उनी केही अघि बढेका मात्र थिए । उनले आगोको मुस्लो देखे । उनी त्यतैतिर अघि बढे । सिन्धु नदीका किनारमा केही नाङ्गा मानिसहरू आगोमा चामल, घिउ, तिल र जौं मुछेर हातमा लिइरहेका थिए । सिकन्दर एउटा रुखका फेदमा उभिएर चुपचाप हेर्न थाले ।
जाडोको समय थियो । चिसो सिरेटो चलिरहेको थियो । त्यस्तो बेला त्यहाँका मानिसहरू नाङ्गै थिए । लाज ढाक्ने एउटा लगौंटीबाहेक शरीरमा केही थिएन । शरीरमा खरानी दलेका थिए उनीहरूले सिकन्दरलाई उनीहरूको निर्धनताप्रति दया लाग्यो । ती नाङ्गा मानिसको भलाइका लागि केही उपकार गर्ने सिकन्दरले निश्चय गरे ।
मध्यरातका बेला थियो । सिकन्दरले आफ्नो शिविरमा फर्केर सेनापतिलाई आदेश दिए- "केही न्याना कपडा र कम्मलको व्यवस्था मिलाउ । मलाई तुरुन्तै त्यसको खाँचो परेको छ ।"
न्याना कपडा र कम्मलहरूको थाक लाग्यो । न्याना कपडा र कम्मलहरू आफ्नै घोडामा लादेर सिकन्दर त्यही ठाउँमा गए । बरु होम चलिरहेको थियो । यज्ञमा आहुतिको मन्त्रोच्चारणले वायुमण्डल नै गुञ्जायमान थियो ।
सिकन्दर घोडा लिएर उनीहरूका नजिकै गए तर उनीहरूको ध्यान सिकन्दरतिर गएन । सिकन्दरले उनीहरूलाई घचघच्याएर बोलाए तर कसैले पनि उनीतिर ध्यान दिएनन् ।
त्यो देखेर सिकन्दरलाई झोंक चल्यो । त्यहाँ भएमध्येका एकजना बूढा भएतिर उनी गए । सिकन्दरले आफू उपेक्षित भएको महसुस गरे । त्यसपछि ती नाङ्गा बूढालाई घचघच्याएर सिकन्दरले भने- "सुन त, म सिकन्दर महान हुँ ।"
शरीरमा खरानी दलेका जटाधारी बृद्ध बाबाले शान्त र मधुर स्वरमा भने- भन त नवयुवक तिमीलाई म के दिउँ , तिमीलाई के चाहिँएको छ ?"
उनका प्रश्नले सिकन्दर अकमक्क परे । सिकन्दरले फेरि भने- "म तिमीबाट केही चाहन्न । म सिकन्दर महान् हुँ । यस्तो जाडोमा नाङ्गो शरीर देखेर न्याना कपडा र कम्मल ल्याइदिएको छु ।"
ती नाङ्गा साधुले सिकन्दरलाई नियालेर हेरे । अनि भने- "तिमी त्यही सिकन्दर हो जो देशहरू लुट्दै, मान्छे मार्दै विजय गरें भन्दै हिंड्छ ?" साधुले अट्टाहास गर्दै भने- "नव युवक, कुनै पनि लुटेरा, हत्यारा दानी र विजयी हुन सक्दैन ।"
साधुले सिकन्दरका आँखामा आँखा जुधाए । सिकन्दर निला काला भए । सिकन्दरले केही जवाफ दिन सकेनन् । उनी शब्द विहीन स्तब्ध बनेर उभिरहे ।
बूढा साधुले भने- "मेरा बच्चा, तिमी साँच्चै विश्व विजयी बन्न चाहन्छौ भने पहिले आफ्नो प्रेमबाट देशबासीको मन जित । तिमीले हामीलाई त केही दिनु पर्दैन, हाम्रो चिन्ता नलेऊ ।
हामी साधु सन्त हौं । हामीसित जुन कुरा बचेको छ । त्यो पनि त्याग गर्न चाहन्छौ । अब भन तिमीलाई के दिउँ ?
सिकन्दरलाई आफ्ना कानप्रति नै अविश्वास भयो । यस्तो त उनले न कहिले देखेका थिए न सुनेकै थिए । उनी उदास भए । उनले साधुलाई अभिवादन गरेर सिकन्दर आफ्नो घोडामा राति नै शिविरमा फर्किए ।
भोलिपल्ट बिहान सिकन्दर चराचुरूङ्गीको मधुर स्वर सुनिरहेका थिए । त्यसैबेला उनले निश्चय गरे अब अघि बढ्नु उपयुक्त छैन ।
सिकन्दरले बन्दक बनाएर राखेका राजा पौरसलाई मुक्त गरेर अरू मागलाई आक्रमण गर्ने, जित्ने सोच त्यागे । उनी आफ्नो देश युनान तर्फ फर्किए ।
- 5134 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
1 day 15 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 day 18 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
2 days 11 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
2 days 14 hours ago - किताब राम्रो रहेछ । बधाई छ
2 days 14 hours ago - एकदम सान्दर्भिक
2 days 18 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 21 hours ago - भुगोल ले नछेकेको माया
1 week 17 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 19 hours ago - सधा झै उत्कृष्ट रचना
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- चुन्नी-मुन्नी (लघुकथा)
- शुभकामना साटासाटको रीत बनोस दशैं
- सार्थक नामः मधुपर्क
- काली
- फूलको कविता
- तिमीलाई सुन्दरताको प्रशंसा गर्ने
- छल्किरहेछ छलछल मन
- कौण्डिन्य गोत्रको प्रारम्भ द्वापर युगमा
- तीन मुक्तक (कति कुरेँ, लाको माया, धोकेवाजलाई)
- मेरो बुढो बाउ (गजल)
- सोल्टिनी (गजल)
- जीवन एक सुन्दरता र मृत्यु एक सत्यता
- हामी नेपाली हौं
- भोलिको के अर्थ
- कोहलपुरमा साहित्यिक अन्र्तक्रिया कार्यक्रम सम्पन्न
- हुने विरुवाको चिल्लो पात
- च्यातिएका डायरीमा
- पुवामाई होटल र डिकमान विरही
- कार्लो रोसी
- भक्तेले स्कूटर किनेन
- बिदाको सपना
- जन्मदिनको शुभकामना
- पाँच हाइकु (हाम्रो नियति)
- प्रश्नोत्तर
- कहाँ जान्छ्यौ र ?
- विशिष्ट नाटक/एकाङ्कीकार गोठाले
- नयाँ नेपालको नयाँ काम
- भरल नोर में
- भन्द्यौन परमेश्वर
- ठुली
Post new comment