मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

सिकन्दरलाई साधुको शिक्षा प्रेरक प्रसङ्ग

kbs — Sun, 08/29/2010 - 12:39

  • ऐतिहासिक समीक्षा
  • लक्ष्मी गुरागाईं
  • युवामञ्च २०६७ साउन

सिकन्दर महान् कैयों युद्धमा विजयी भएका थिए । उनी विश्व विजयी हुन चाहन्थे । धेरै देश जितिसकेपछि सिकन्दरले आफ्ना सेनापतिलाई आदेश दिए- "अब सुनको चरो तर्फ अघि बढ ।"

त्यसबेला दक्षिण पूर्व एसियालाई संसारले 'सुनको चरो' भनेर चिन्दथ्यो ।

सिकन्दरको आदेश पाउनासाथ सेनापतिले नक्सा हेरेर दक्षिण पूर्व एसियातर्फ कदम अघि बढाए । विशाल हिमालय कटेर सिकन्दरका सेनाले दक्षिण पूर्व एसियामा पाइला हाले । उनीहरू सिन्धु नदीका किनारसम्म पुगेको एक स्यानमा त्यसबेला भारतवर्षमा पौरसहरूको राज्य थियो । उनका सेनासित सिकन्दरका सेनाको घमासान युद्ध भयो । सिकन्दरका सेनाले पौरसको सेनालाई पराजित गरे । राजा पौरसलाई समेत सिकन्दरले बन्दी बनाए । दक्षिण पूर्व एसियामा सिकन्दरको यो नै पहिलो विजय थियो । सुनको चरोमाथि विजय पाएपछि सिकन्दरमा खुसीको सीमा थिएन ।

युद्ध सकिएपछि सैनिकहरू आफ्ना शिविरमा आराम गरिरहेका थिए । सिकन्दर भने आफूले विजय प्राप्त गरेका देशको सहर र गाउँ हेर्न घोडा चढेर निस्के । विजयको उन्मादले फुलेर हिंडेका सिकन्दरले विलौना गरेर रोइरहेका महिला र बालबालिकाहरू देखेर सिकन्दरलाई दया लागेन उल्टै उनी गौरव गरिरहेका थिए ।

सिकन्दरले आफ्नो घोडालाई वनको बाटो तर्फ मोडे । उनी केही अघि बढेका मात्र थिए । उनले आगोको मुस्लो देखे । उनी त्यतैतिर अघि बढे । सिन्धु नदीका किनारमा केही नाङ्गा मानिसहरू आगोमा चामल, घिउ, तिल र जौं मुछेर हातमा लिइरहेका थिए । सिकन्दर एउटा रुखका फेदमा उभिएर चुपचाप हेर्न थाले ।

जाडोको समय थियो । चिसो सिरेटो चलिरहेको थियो । त्यस्तो बेला त्यहाँका मानिसहरू नाङ्गै थिए । लाज ढाक्ने एउटा लगौंटीबाहेक शरीरमा केही थिएन । शरीरमा खरानी दलेका थिए उनीहरूले सिकन्दरलाई उनीहरूको निर्धनताप्रति दया लाग्यो । ती नाङ्गा मानिसको भलाइका लागि केही उपकार गर्ने सिकन्दरले निश्चय गरे ।

मध्यरातका बेला थियो । सिकन्दरले आफ्नो शिविरमा फर्केर सेनापतिलाई आदेश दिए- "केही न्याना कपडा र कम्मलको व्यवस्था मिलाउ । मलाई तुरुन्तै त्यसको खाँचो परेको छ ।"

न्याना कपडा र कम्मलहरूको थाक लाग्यो । न्याना कपडा र कम्मलहरू आफ्नै घोडामा लादेर सिकन्दर त्यही ठाउँमा गए । बरु होम चलिरहेको थियो । यज्ञमा आहुतिको मन्त्रोच्चारणले वायुमण्डल नै गुञ्जायमान थियो ।

सिकन्दर घोडा लिएर उनीहरूका नजिकै गए तर उनीहरूको ध्यान सिकन्दरतिर गएन । सिकन्दरले उनीहरूलाई घचघच्याएर बोलाए तर कसैले पनि उनीतिर ध्यान दिएनन् ।

त्यो देखेर सिकन्दरलाई झोंक चल्यो । त्यहाँ भएमध्येका एकजना बूढा भएतिर उनी गए । सिकन्दरले आफू उपेक्षित भएको महसुस गरे । त्यसपछि ती नाङ्गा बूढालाई घचघच्याएर सिकन्दरले भने- "सुन त, म सिकन्दर महान हुँ ।"

शरीरमा खरानी दलेका जटाधारी बृद्ध बाबाले शान्त र मधुर स्वरमा भने- भन त नवयुवक तिमीलाई म के दिउँ , तिमीलाई के चाहिँएको छ ?"

उनका प्रश्नले सिकन्दर अकमक्क परे । सिकन्दरले फेरि भने- "म तिमीबाट केही चाहन्न । म सिकन्दर महान् हुँ । यस्तो जाडोमा नाङ्गो शरीर देखेर न्याना कपडा र कम्मल ल्याइदिएको छु ।"

ती नाङ्गा साधुले सिकन्दरलाई नियालेर हेरे । अनि भने- "तिमी त्यही सिकन्दर हो जो देशहरू लुट्दै, मान्छे मार्दै विजय गरें भन्दै हिंड्छ ?" साधुले अट्टाहास गर्दै भने- "नव युवक, कुनै पनि लुटेरा, हत्यारा दानी र विजयी हुन सक्दैन ।"

साधुले सिकन्दरका आँखामा आँखा जुधाए । सिकन्दर निला काला भए । सिकन्दरले केही जवाफ दिन सकेनन् । उनी शब्द विहीन स्तब्ध बनेर उभिरहे ।

बूढा साधुले भने- "मेरा बच्चा, तिमी साँच्चै विश्व विजयी बन्न चाहन्छौ भने पहिले आफ्नो प्रेमबाट देशबासीको मन जित । तिमीले हामीलाई त केही दिनु पर्दैन, हाम्रो चिन्ता नलेऊ ।

हामी साधु सन्त हौं । हामीसित जुन कुरा बचेको छ । त्यो पनि त्याग गर्न चाहन्छौ । अब भन तिमीलाई के दिउँ ?

सिकन्दरलाई आफ्ना कानप्रति नै अविश्वास भयो । यस्तो त उनले न कहिले देखेका थिए न सुनेकै थिए । उनी उदास भए । उनले साधुलाई अभिवादन गरेर सिकन्दर आफ्नो घोडामा राति नै शिविरमा फर्किए ।

भोलिपल्ट बिहान सिकन्दर चराचुरूङ्गीको मधुर स्वर सुनिरहेका थिए । त्यसैबेला उनले निश्चय गरे अब अघि बढ्नु उपयुक्त छैन ।

सिकन्दरले बन्दक बनाएर राखेका राजा पौरसलाई मुक्त गरेर अरू मागलाई आक्रमण गर्ने, जित्ने सोच त्यागे । उनी आफ्नो देश युनान तर्फ फर्किए ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1
Tweet

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    19 min 37 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 46 min ago
  • hlw
    22 hours 27 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 16 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 9 hours ago
  • Good
    1 week 9 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • सप्रिनुको आनन्द
  • भुर्र–भुर्र उड्छे वनकी चरी
  • दिदी माइत आऊ है
  • परदेशी छोरीछोरालाई चिठ्ठि
  • तिमीलाई तिम्रो जन्म दिनको मंगलमय शुभकामना !!!!
  • कहाँ छ ?
  • बैशालु यो हावा आयो
  • ओठै नचलाई बोल्थिन उनी
  • ‘मेरो मानसपटमा पल्लव सम्मान र धनवाँणी युवा पुरस्कार’
  • दुखेको दिल
  • सक्नुपर्छ माया गर्न टाढा को हुन्न र?
  • नालापानी
  • एउटा बूढो पहाड
  • प्रभु, मलाई बचाउनु होस्!
  • देवकोटासँग एउटा साँझको कायान्तरण
  • सम्झनामा एक आत्मीय अग्रज
  • परदेशीको सम्झना
  • अनेसास जापानले सहित्य शृंखला तथा शोक सभाको आयोजना गर्ने
  • यहाँ यस्तै छ
  • भानु चेत जयन्तीमा बाहुन बनाइँदा
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित