मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

कम्युनिस्ट भएपछि भाग्न वाध्य भएँ- खगेन्द्र संग्रौला

kbs — Sun, 08/29/2010 - 12:42

  • व्यक्तित्व समीक्षा
  • राजेश चाम्लिङ राई
  • युवामञ्च २०६७ साउन

अखबार पढ्ने र साहित्यमा रुचि राख्नेहरूले सबैभन्दा बढी रुचाउने मध्येका लेखक खगेन्द्र संग्रौला जन्मिदा (२००३) देशमा जहानियाँ राणा शासनले रातको अन्तिम प्रहर काटिरहेको थियो । सारा देशलाई अन्धकारमा राखेर आफ्नो सत्ता सुरक्षित गरिरहेका तानाशाहको शासन कालमा मानिसहरूका लागि बाँच्नु नै सबै थोक थियो । सत्ताको चलखेलदेखि निक्कै टाढा पूर्वी पहाडी जिल्ला पाँचथरको सुभाङ, गुरुङ छापमा पनि त्यस्तो खास जीवन थिएन । जन्मने, युवा हुने खेतीपातीको काम गर्ने, त्यसपछि बुढो हुने र मर्ने त्यहाँका मानिसहरूको जीवन चक्र त्यति मात्रै थियो । त्यो एक किसिमको सुस्त जीवन थियो । त्यसमा कुनै नयाँ जीवन थिएन । सूचना प्रविधिदेखि टाढा, विकास र जीवनको फराकिलो क्षितिजको कल्पनासमेत गर्न नसक्ने त्यहीँ गाउँमा एक दिन 'सरस्वती मिडल स्कुल' नामको आधुनिक विद्यालय खुल्यो । संयोगवस त्यो संग्रौला कै पुस्ताको समय थियो । ज्योतिषीको काम गर्ने संग्रौलाको बुबालाई अक्षरको महìव थाहा नहुने कुरै थिएन । उहाँलाई अक्षरले नाम दिन्छ, अक्षरले दाम दिन्छ, अक्षरले जीवनको नयाँ आयाम देखाऊँ भन्ने थाहा थियो । त्यसैले संग्रौलाले स्कुलमा अध्ययन गर्ने अवसरमात्र पाउनुभएन बुबाको कल्पनालाई यथार्थमा परिणतसमेत गरिदिनुभयो ।

बाबुको १० जना छोराछोरीमध्ये संग्रौलासहित पँाच भाइ छोरा हुनुहुन्थ्यो । उहाँ काइला छोरा । संग्रौलालाई लाग्छ बाबुको ज्योतिष, मिडल स्कुलका शिक्षक लीला शिवाकोटी र अर्का शिक्षक भानुभक्त ढाकालको संयुक्त योग वर्तमान खगेन्द्र संग्रौला हो । बुबा प्रत्येक हिउँदमा दार्जिलिङ, कालेबुङ, खार्साङ र कहिलेकाँही सिक्किमतिर जानुहुन्थ्यो । उहाँ ग्रहदशा हेर्ने, चिना लेख्ने वा मानिसहरूको भाग्य बनाइदिने काम गर्नुहुन्थ्यो । त्यसबापत प्राप्त पैसा परिवारको आर्थिक स्रोत थियो ।

स्कुल भर्ना हुँदा संग्रौला १० वर्षको हुनुहुन्थ्यो । स्कुलका शिक्षक लिला शिवाकोटी संग्रौलाको आँखामा ज्योति छरिदिने पहिलो व्यक्ति हुनुहुन्थ्यो । पछि शिक्षक भानुभक्त ढकालले जीवनको आदर्श के हो, अक्षर के हो, भन्ने ज्ञान भरिदिनुभयो । पढाइमा तेजिलो भएकोले उहाँले मिडल स्कुलबाट ७ कक्षाको पढाइसकेर तमोर पारिको हाइस्कुलमा पढ्न जानु अगाडि एक वर्ष मिडल स्कुलमा पढाउने अवसरसमेत पाउनुभएको थियो ।

गाउँको मध्यम वर्गीय परिवारमा जन्मिनुभएको संग्रौलालाई एउटा किसानले गर्ने काम सामान्य दाउरा काट्ने, भेँडा हेर्नेलगायत सबैको अनुभव छ । त्यसो त स्थापित लेखक हुनु अगाडिको शिक्षक जीवनका तीतामीठा थुप्रै घटनाहरू उहाँको स्मरणमा उनिएका छन् । लम्जुङ, तनहुँ र चितवनसमेतका स्थानहरूमा शिक्षक भएर वामपन्थी राजनीतिका सहयोगी भई हिँड्दा उहाँले ज्यानको खतरासमेत मोल्नु भएको थियो । शिक्षक हुँदै खेरी तनहुँको बन्दीपुरको अस्पतालका नर्स जमुना गुरुङसँग प्रेम विवाह गर्नुभएको संग्रौलाले बिहे गर्ने बेला पनि निकै तनाव खेप्नु परेको थियो । अन्तर्जातीय विवाह भएकोले लाहुरे ससुराले छोरीलाई 'बाहुनसँग बिहे गर्नेभए तिमी मेरो लागि छोरी रहेनौँ र म तिम्रो लागि बाबु रहिन' भन्नेसम्मको चेतावनी दिनुभएको थियो । बाबुको चेतावनी वेवास्ता गर्दै विवाह गर्नुभएको संग्रौला दम्पतीले छोरी जन्माएपछि मात्र ससुरालीसँग सम्बन्ध विस्तार गर्न सक्नुभयो । 'छोराछोरी भनेको सम्बन्धको सेतु बन्दो रहेछ ।' तीन वर्ष अगाडि बित्नुभएको ससुराको सम्झना गर्दै संग्रौला भन्नुहुन्छ 'हाम्रो छोरी भएपछि पहिले सासु आउनुभयो । विस्तारै हाम्रो सम्बन्ध बढ्दै गयो । पछि त, उनी ससुराको सबभन्दा मनपर्ने छोरी, ससुराको लागि म सबभन्दा मनपर्ने ज्वाई भएँ ।'

संग्रौला तेह्रथुमको आठराईमा आईए अध्ययनरत रहँदादेखि साहित्यमा प्रखर देखिनुभएको थियो । दार्जिलिङमा चलेको चर्चित साहित्यिक आन्दोलन तेसं्रो आयामको हावाले नजिकै रहेको तेह्रथुमलाई पनि राम्ररी छोएको थियो । विद्यालयमा विभिन्न साहित्यिक प्रतियोगिता हुन्थ्यो । कथाकार गुरुप्रसाद मैनालीको लेखनबाट प्रभावित संग्रौला कथा लेख्नुहुन्थ्यो र प्रायः पुरस्कार पाउनुहुन्थ्यो । पुरस्कारमा पाइने एउटा कापी वा कलम उहाँको लागि हौसला मात्र भएन साहित्यलाई निरन्तरता दिँदै यहाँसम्म आउने प्रेरणाको स्रोत पनि भयो । उहाँले हालसम्म करिब २० वटा विदेशी कृति अनुवाद गर्नुभएको छ भने 'नलेखिएको इतिहास' (२०३४), 'हस्तक्षेप', 'मइ दिवस', 'हाँडी घोप्टेको जितवाजी' र 'सेतेको संसार' कथा सङ्ग्रह लेख्नुभएको छ तथा 'आमाको छटपटी' (२०३४) र 'जुनकिरीको सङ्गीत' दुई वटा उपन्यास प्रकाशित छ । 'जनआन्दोलनका छर्राहरू' (२०४८), 'घोडा ईश्वर र मेरा बा' र सम्झनाका कुइनेटाहरू उहाँको निबन्ध सङ्ग्रह हुन् । त्यसबाहेक बाल्यकालीन सम्झनाहरू समेटिएको पुस्तक 'सम्झनाको ऐनाका तस्बिरहरू'समेत प्रकाशित छ । अनुदित कृतिहरूमध्ये सबभन्दा चर्चित 'युवाहरूको गीत' हो । माओत्सेतुङले नेतृत्व गर्नुभएको चिनियाँ क्रान्तिबारे लेखिएको यो उपन्यास नेपालको कम्युनिस्ट आन्दोलनमा निक्कै महìवपूर्ण कृति मानिन्छ ।

वि.स.२०२३ सालमा काठमाडौँ आएपछि गाउँ नफर्किएका खगेन्द्र काठमाडौ हिँड्दा दाइले दिनुभएको छ सय रूपियाँ अझै पनि याद गर्नुहुन्छ । आठराई चुहान डाँडाको सिटौला परिवारको आडमा काठमाडौँ ओर्लिएको बताउनु हुने संग्रौलालाई आईएमा सबभन्दा धेरै नम्बर ल्याएबापत प्राप्त महेन्द्ररत्न छात्रवृत्तिको प्राप्त मासिक १९५ रूपियाँले पनि निक्कै ठूलो मद्दत गर्‍यो । उहाँले बिए पढ्न थाल्दा भारतमा नक्सलवादी आन्दोलन चलिरहेको थियो, चीनमा सांस्कृतिक क्रान्तिको आगो बलिरहेको थियो । एउटा सानो देश भियतनाम शक्तिशाली अमेरिकासँग लडिरहेको थियो । त्यसले उहाँलाई प्रत्यक्ष राजनीतिमा सामेल हुन उक्सायो । उहाँ वामपन्थी आन्दोलनमा लाग्नुभयो । भन्नुहुन्छ 'म नेता कहिल्यै भइन, झण्डा बोकेर सबभन्दा अगाडि पनि कहिल्यै उभिईन तर आन्दोलनमा लागेर नारा लगाउन र ढुङ्गा हान्ने संलग्नता भयो ।'

एमएका लागि त्रिभुवन विश्वविद्यालयमा भर्ना भए पनि उहाँले पूरा गर्न सक्नु भएन । त्यो बेला कम्युनिस्टहरूबीच बुर्जुवा शिक्षाको काम छैन, १० वर्षमा जनवाद आउँछ, जनवाद आएपछि सही ठाउँमा सही मान्छे हुन्छ, अन्याय अत्याचार नाश हुन्छ भन्ने थियो । त्यसैले एकसय वटा जति माओको 'लाल बुक' बोकेर उहाँ शिक्षक हुन लम्जुङ जानुभयो । कम्युनिस्ट गतिविधिमा संलग्न भएपछि पञ्च, पुलिस र मण्डलेले उहाँलाई त्यहाँबाट भाग्न बाध्य बनाए । ज्यान जोगाएर गोरखा हुँदै तनहुँ पुग्नु भएको संग्रौलाले त्यहाँ तीन चारवटा स्कुलमा पढाउनुभयो । त्यहीँ विवाह गर्नुभयो । पछि चितवनमा पढाउन आइपुग्नुभएको संग्रौलालाई ऋषि देवकोटा (आजाद) को हत्या गरेर चितवन आइपुगेका सीडीओ रामकृष्ण पन्तले काठमाडौँ भाग्न बाध्य पारे । पञ्च पुलिस र काङ्ग्रेसले 'डरलाग्दो कम्युनिस्ट'को रूपमा चित्रित गरेपछि एक दिन सीडीयोले उनको कार्यकक्षमा बोलाएर राजाको फोटो हेर्दै 'म आजादको हत्या गरेर आएको, तिमीलाई राम्ररी चिन्छु । विष्णुको अवतारको विरोध गर्नेलाई म एक्सन गर्छु' भन्नेको अहिले पनि उहाँको मानसमा ताजै छ । २०४० सालतिरको यो घटनापछि उहाँ काठमाडौँ आएर अनुवाद तथा अखवारी लेखनमा लाग्नुभएको हो । जसले उहाँलाई अहिलेको स्थान दिलायो ।

गर्जन साप्ताहिक हुँदै कान्तिपुरको नियमित स्तम्भकार हुँदासम्म उहाँ देशको पहिलो नम्बरको लेखकमा स्थापित भइसक्नुभएको छ । विशेष गरी दरबार हत्या काण्ड, माओवादी विरूद्ध शेरबहादुर देउवाले लगाएको संकटकाल र संसदबादी दलहरूले राजालाई निर्वाचित संसद बुझाई दिएको विरुद्ध तीखो कलम चलाएपछि उहाँ स्थापित हुनुभएको हो । 'दरबार हत्याकाण्डमा जर्नेलहरू, खानदानीहरू, धनाढ्यहरू सबै दीपेन्द्रलाई दोष लगाउने थिए । दीपेन्द्र आफ्नो प्रतिरक्षा गर्न सक्ने थिएनन् । सबैले एउटा लाशमाथि दोष थोपरे । मैले त्यसमाथि आशंका गरेँ ।' संग्रौला भन्नुहुन्छ 'रक्सी खाएर मातेको, कालोपदार्थ खाएर लठि्ठएको र कोठामा लगेर सुताइएको एउटा व्यक्तिले गह्रुँगो हतियार बोकेर आफ्नो परिवारका सदस्यलाई मात्र छानिछानी कसरी मार्‍यो ? अर्को दीपेन्द्र दाहिने हात चलाउँथे उसको बाँया कञ्चटमा आफँैले कसरी गोली हाने भन्ने मेरो तर्क रहृयो । त्यसले मेरो अखवारी लेखनमा धेरै ठूलो पहिचान बन्यो । मुलुकको सबै सञ्चार माध्यम र सञ्चार माध्यममा पहँुच भएका धनाढ्यहरू एक मतमा थिए, म भिन्न मतमा थिएँ । शेरबहादुर देउवाले संकटकाल लगाएर माओवादी विरुद्ध सेना परिचालन गरेपछि त्यसलाई विरोध गर्न मैले प्रतिकात्मक रूपमा एउटा पात्र बनाएँ । कुन्साङ काका त्यो नाम खगेन्द्र संग्रौला भन्दा प्रख्यात भयो । त्यसपछि संसदवादी दलहरूले राजालाई लगेर संसद बुझाई दिए र संकटकाल लगाए । म त्यो सङ्कटकालको पनि विरोधमा उभिएँ । यी तीन घटनामा मेरो हस्तक्षेपले मेरा पाठकहरू धेरै भए । प्रशंसकहरू धेरै भए । अहिले म जे छु मेरो परिचय त्यसैबाट भयो ।'

उमेरले औसत नेपालीको आयुभन्दा धेरै काटी सक्नुभएको संग्रौला अहिलेसम्मको आफ्नो जीवन पूर्णरूपमा सफल भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ- ''पाँचथरको त्यो ठाउँबाट यो स्थितिमा आइपुग्दा मलाई ६३ वर्ष होइन । पाँच सय वर्षको आयु बाँचिसकेँ झै लाग्छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1
Tweet

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    17 min 11 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 43 min ago
  • hlw
    22 hours 24 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 16 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 9 hours ago
  • Good
    1 week 9 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • तपाइँको पहाड कहाँ हो ?
  • कथामा समाजको चित्र
  • कुरो कुन्थरो
  • असार
  • कसरी म हाँसु ?
  • बनी प्रेमको प्याला
  • तिम्रो उपहार
  • ऊ र उसको सहर
  • साथी
  • एन्आरएन् वृद्धाश्रमको प्रेक्षालयमा पल्लव साहित्य सम्मान सम्पन्न
  • "भाग्यको घाम डुबेछ "
  • कसरी भनूँ म मनको कुरा यो
  • मझधार
  • गाजा र विस्फोटनका धुंवाहरु
  • तेन्जिङ शेर्पाको सम्मानमा
  • गजल
  • त्यो भीडमा सिंढी चढ्दा
  • म चाहन्न तिमीलाई अझै दुख दिन
  • gazal
  • जिन्दगीका सबै हारहरूमा अघि बढ
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित