मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
व्यङ्ग्य-विनोद - विचरा कवि
kbs — Sun, 08/29/2010 - 09:28
मेरो बोधो दिमागमा जति पढे पनि घुसेन । जति धोके पनि कहिल्यै पसेन । त्यसैले मलाई डाक्टर, इन्जिनियर बनाउने बा-आमाको सपना मुखभित्र हालेको चीजबलझै बिलायो । एकदिन बा'ले भन्नुभाथ्यो- "पढिनस्, तैंले छोरा ! अब, राजनीतितिर जान्छन् । देश र लोकतन्त्रलाई खै कतातिर धकेल्छस् ।" रातभरमा ढुसी पलाएझैं मेरो मनमा एउटा आइडिया पलायो, कम्तीमा बा'को सादर बचनको आदर गर्छु । आजैबाट राजनीतिमा छिर्छु तर फेरि यसो सोचें- राजनीतिमा लागेर के पो गर्नु ? न झूठ बोल्न आउँछ, न ठग्न नै आउँछ । यस्तो निमुखाले राजनीतिमा लागेर के पो पाउँछ ? फेरि त्यही बेला, एकदिन कलेज जाँदा बाटोमा ट्रकको पछाडि लेखिएको कुरा याद आयो- नेपाली नेताको जीवनको लेखा जोखा, झुठ-बेइमानी, भ्रष्टाचार अनि धोका ।
अनि तिनै हरफहरूद्वारा हामीले हाम्रो साथीलाई जसको बुबा जिल्ला स्तरीय नेता थिए । जिस्काएको पनि सम्झना आयो । यसरी राजनीतिमा छिर्ने योजना पलभरमै ढल्यो मानौँ मेरो योजना नेपाली मन्त्रिपरिषद् हो । पढ्दा पनि पढिएन, राजनीतिमा पनि गइएन । कविता फुर्यो दिमागमा कवि भइयो बेफ्वांकमा । अरू कविका कविता सुन्दा त मान्छेका कान ठाडा-ठाडा भएर उठ्थे म विचरा कविको कविता सुन्दा मान्छे नै ठाउँबाट उठ्छन् भन्या । त्यै पनि मलाई मेरो सिर्जना र कवित्वप्रति गर्व थियो । जे-जे आउँथ्यो दिमागमा, म लेख्दै जान्थे हतारमा । कतै त्यो पङ्क्ति बिर्सने पो हो कि भन्दै, कविज्यूको उपाधि खुस्कने पो हो कि सोच्दै भर्खर जब म कवि भा'थे, हरेक साना, ठूला काव्य गोष्ठीमा गा'थे । अरूको मद्दतले भए पनि हरेक समारोहको निम्ता पा'थे । झन् आफ्नै कविता सङ्ग्रह छपाउन सयौंपटक प्रेस पनि धा'थे । जतिपटक प्रेसमा गए, नव प्रवेशीको पुस्तक छाप्न गाह्रो हुन्छ भन्दै अस्वीकृत गरिदिन्थे । लौं भएन अब त हदै भो भनेर एकपटक एउटा प्रकाशकको खल्तीमा मोटो रकम छिराएँ, अनि आफ्नो कविता सङ्ग्रह छापिने लगन जुराएँ ।
यसरी एउटा प्रेसले मेरो पुस्तक छाप्न स्वीकार गर्यो । आफ्नो तर्फबाट गर्नुपर्ने सबै गरें र पुस्तक बजारमा आउने दिनको प्रतीक्षा गरिरहे । यता म पुस्तक कहिले बजारमा आउला भनी व्यग्र थिएँ, उता प्रेसका अधिकारी नव प्रवेशीको किताब छाप्नु पर्यो भनेर उग्र थिए । पैसा पेलेको अनुसार किताब निक्लन ढिलो भयो, त्यसैले छपाइको हालखबर सोध्न छाप्ने प्रेसमै गएँ । त्यहाँ एक सज्जन भेटिए र उनले भने-कविज्यू, तपाईंको छापिँदै गरेको पुस्तकका दुईचार वटा कविता मैले पढे । तपाईं त ठ्याक्कै बादशाह अकबरले जस्तै लेख्नु हुँदो रहेछ नि । सुरुमा त सुनेर दङ्ग परें तर पछि आश्चर्य मिश्रति भावमा मैले सोधे होइन बादशाह अकबरलाई त लेख्नै आउँदैनथ्यो हैन र भन्या ? त्यही भएर त मैले तपाईंलाई त्यस्तो भन्या"- उनले मुस्कुराउँदै पो जवाफ फर्काए ।
त्यसो भए घोचपेचको शृङ्खला पनि सुरु भएछ भन्ठानेर मनमनै चित्त बुझाए तर यस्ता साना तिना दुई-चार बचनवाणले आत्तिनेवाला थिइन् । किताब बजारमा आउनु अगावै सञ्चार क्षेत्रमा काम गर्ने साथीहरूसँग कुरो मिलाइसकेको थिएँ । मलाई जति जिस्क्याए पनि कुनै लज्जा थिएन किनकी मेरो नजर ठूलै पुरस्कारमा थियो । त्यसैले दुःख गरेर पुस्तक छपाएँ, निकै खर्च गरेर विमोचन पनि गराएँ । पुस्तक बजारमा पनि ल्याइयो, मुस्किलले दुईचार जना पाठक पनि पाइयो तर हेर यो कविको फुटेको कर्म, आफ्नै श्रीमतीले कविता पढ्न इच्छा जाहेर गरिनन् । लौं वित्यास् पर्यो । एउटा कविले आफ्नै श्रीमतीलाई पनि आफ्नो कविता पढ्न सुनाउन फकाउनु पर्ने जमाना आइसकेछ ।
श्रीमतीलाई भने- हेर प्रिय, तिमीलाई के थाह, म आफ्नो कविताद्वारा सारा संसारमा आगो लगाउन सक्छु । "हिम्मत भए पहिले घरको चूल्होमा आगो लगाएर देखाउनुस् । श्रीमतीले जवाफ दिइन् । बल्ल थाह पाए- पूरा सम्पति जति त पुरस्कारले सजिएको सपना देख्दै गर्दा, पुस्तक छपाउन, बिमोचन गराउन र बजार व्यस्थापन गर्न मै स्वाहा पारिसकेछु ।
रहरले कवि भए, रहरले नै पुस्तक छपाएँ तर आज आफ्नै अवस्था घरको न घाटको पो बनाए । कुनै सम्मान र पुरस्कार त परै जाओस्, धेरै पाठकको दराजमा मेरो सानो पुस्तक अटेन तैपनि म एक कवि हुँ भन्ने दम्भ कहिल्यै घटेन । एक दुई सयप्रति मुस्किलले बिक्यो त्यसैले प्रकाशकले मलाई रोयल्टी दिन सकेन । म चर्चित नभए पनि सञ्चारमाध्यममा मित्रहरू थिए त्यसैले इन्टरभ्युमा बोलाउन छाडेनन् ।
यस्तै एउटा काव्य गोष्ठीमा जाँदै गर्दा एक व्यक्तिले मेरो नजिक आएर सोध्यो- कविज्यू के हजुरसँग पाँचसय रूपियाँको साट्ने खुद्रा पैसा छ ? मैले ङिच्च दाँत देखाएर छैन त भने तर उनले त्यो मार्मिक प्रश्न म (एक कवि)लाई सोधेर मेरो जुन इज्जत बढाइदिए । त्यसप्रति भने धेरै आभारी छु ।
- 2603 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
3 hours 58 min ago - सानो आग्रह गरे है सर
22 hours 40 min ago - कत्रो दुर दर्शिता
5 days 7 hours ago - सुनमा सुगन्ध हुने थियो कि
5 days 22 hours ago - appreciate
4 weeks 5 days ago - आभार
4 weeks 6 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 3 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 4 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- यसै गरी मिलोस तिम्रो माया
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- देशभक्त हुँ म
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- Dv lottery
Last viewed:
- कसरी जाऊँ ?
- मोतिको प्याला र जुठो मदिरा
- शङ्कालुहरु
- यो सम्झने मन छ म बिर्सुं कसरी
- कविता राष्ट्रको
- भेदभाव र छुवाछूत सबै मिली हटाऊँ
- यति धेरै माया दिई मनभरि दुख नदेऊ
- कल्पना
- कल्पना
- उमेर कमै भया पन,
- गुण्डासँग किन साँठगाँठ गर्छौ नेता
- ती आँखाहरूभित्रको उज्यालो
- सत्ता भन्ने चिजै कस्तो
- मुटु ढुक्क ढुक्क गर्यो
- कथाले मागे पछि -२
- सडकमा तीन दशक
- कथा जस्तो होईन जीवन
- कथा
- चिनारी हाम्रो धेरै पुरानो भए झैं लाग्दछ
- सोह्र कथाका सोह्रै आवाज
- जिन्दगी का कोशी हरु तर्न पनि सकिएन
- चेतनाको उचाइ
- कस्तो हुन्छ चोखो मायाँ
- ऐना
- ऐना
- खहरेको भेल-रहेछ
- मधुपान गरुँ लागे मधुवनै जाउँला
- कतिपल्ट टाल्नु खै?
- हैंसा बूढीको मुख
- सालिक
Post new comment