मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

व्यङ्ग्य-विनोद - विचरा कवि

kbs — Sun, 08/29/2010 - 12:43

  • हाँस्य-व्यंग्य
  • सुशील रिजाल 'अभिनव'
  • युवामञ्च २०६७ साउन

मेरो बोधो दिमागमा जति पढे पनि घुसेन । जति धोके पनि कहिल्यै पसेन । त्यसैले मलाई डाक्टर, इन्जिनियर बनाउने बा-आमाको सपना मुखभित्र हालेको चीजबलझै बिलायो । एकदिन बा'ले भन्नुभाथ्यो- "पढिनस्, तैंले छोरा ! अब, राजनीतितिर जान्छन् । देश र लोकतन्त्रलाई खै कतातिर धकेल्छस् ।" रातभरमा ढुसी पलाएझैं मेरो मनमा एउटा आइडिया पलायो, कम्तीमा बा'को सादर बचनको आदर गर्छु । आजैबाट राजनीतिमा छिर्छु तर फेरि यसो सोचें- राजनीतिमा लागेर के पो गर्नु ? न झूठ बोल्न आउँछ, न ठग्न नै आउँछ । यस्तो निमुखाले राजनीतिमा लागेर के पो पाउँछ ? फेरि त्यही बेला, एकदिन कलेज जाँदा बाटोमा ट्रकको पछाडि लेखिएको कुरा याद आयो- नेपाली नेताको जीवनको लेखा जोखा, झुठ-बेइमानी, भ्रष्टाचार अनि धोका ।

अनि तिनै हरफहरूद्वारा हामीले हाम्रो साथीलाई जसको बुबा जिल्ला स्तरीय नेता थिए । जिस्काएको पनि सम्झना आयो । यसरी राजनीतिमा छिर्ने योजना पलभरमै ढल्यो मानौँ मेरो योजना नेपाली मन्त्रिपरिषद् हो । पढ्दा पनि पढिएन, राजनीतिमा पनि गइएन । कविता फुर्‍यो दिमागमा कवि भइयो बेफ्वांकमा । अरू कविका कविता सुन्दा त मान्छेका कान ठाडा-ठाडा भएर उठ्थे म विचरा कविको कविता सुन्दा मान्छे नै ठाउँबाट उठ्छन् भन्या । त्यै पनि मलाई मेरो सिर्जना र कवित्वप्रति गर्व थियो । जे-जे आउँथ्यो दिमागमा, म लेख्दै जान्थे हतारमा । कतै त्यो पङ्क्ति बिर्सने पो हो कि भन्दै, कविज्यूको उपाधि खुस्कने पो हो कि सोच्दै भर्खर जब म कवि भा'थे, हरेक साना, ठूला काव्य गोष्ठीमा गा'थे । अरूको मद्दतले भए पनि हरेक समारोहको निम्ता पा'थे । झन् आफ्नै कविता सङ्ग्रह छपाउन सयौंपटक प्रेस पनि धा'थे । जतिपटक प्रेसमा गए, नव प्रवेशीको पुस्तक छाप्न गाह्रो हुन्छ भन्दै अस्वीकृत गरिदिन्थे । लौं भएन अब त हदै भो भनेर एकपटक एउटा प्रकाशकको खल्तीमा मोटो रकम छिराएँ, अनि आफ्नो कविता सङ्ग्रह छापिने लगन जुराएँ ।

यसरी एउटा प्रेसले मेरो पुस्तक छाप्न स्वीकार गर्‍यो । आफ्नो तर्फबाट गर्नुपर्ने सबै गरें र पुस्तक बजारमा आउने दिनको प्रतीक्षा गरिरहे । यता म पुस्तक कहिले बजारमा आउला भनी व्यग्र थिएँ, उता प्रेसका अधिकारी नव प्रवेशीको किताब छाप्नु पर्‍यो भनेर उग्र थिए । पैसा पेलेको अनुसार किताब निक्लन ढिलो भयो, त्यसैले छपाइको हालखबर सोध्न छाप्ने प्रेसमै गएँ । त्यहाँ एक सज्जन भेटिए र उनले भने-कविज्यू, तपाईंको छापिँदै गरेको पुस्तकका दुईचार वटा कविता मैले पढे । तपाईं त ठ्याक्कै बादशाह अकबरले जस्तै लेख्नु हुँदो रहेछ नि । सुरुमा त सुनेर दङ्ग परें तर पछि आश्चर्य मिश्रति भावमा मैले सोधे होइन बादशाह अकबरलाई त लेख्नै आउँदैनथ्यो हैन र भन्या ? त्यही भएर त मैले तपाईंलाई त्यस्तो भन्या"- उनले मुस्कुराउँदै पो जवाफ फर्काए ।

त्यसो भए घोचपेचको शृङ्खला पनि सुरु भएछ भन्ठानेर मनमनै चित्त बुझाए तर यस्ता साना तिना दुई-चार बचनवाणले आत्तिनेवाला थिइन् । किताब बजारमा आउनु अगावै सञ्चार क्षेत्रमा काम गर्ने साथीहरूसँग कुरो मिलाइसकेको थिएँ । मलाई जति जिस्क्याए पनि कुनै लज्जा थिएन किनकी मेरो नजर ठूलै पुरस्कारमा थियो । त्यसैले दुःख गरेर पुस्तक छपाएँ, निकै खर्च गरेर विमोचन पनि गराएँ । पुस्तक बजारमा पनि ल्याइयो, मुस्किलले दुईचार जना पाठक पनि पाइयो तर हेर यो कविको फुटेको कर्म, आफ्नै श्रीमतीले कविता पढ्न इच्छा जाहेर गरिनन् । लौं वित्यास् पर्‍यो । एउटा कविले आफ्नै श्रीमतीलाई पनि आफ्नो कविता पढ्न सुनाउन फकाउनु पर्ने जमाना आइसकेछ ।

श्रीमतीलाई भने- हेर प्रिय, तिमीलाई के थाह, म आफ्नो कविताद्वारा सारा संसारमा आगो लगाउन सक्छु । "हिम्मत भए पहिले घरको चूल्होमा आगो लगाएर देखाउनुस् । श्रीमतीले जवाफ दिइन् । बल्ल थाह पाए- पूरा सम्पति जति त पुरस्कारले सजिएको सपना देख्दै गर्दा, पुस्तक छपाउन, बिमोचन गराउन र बजार व्यस्थापन गर्न मै स्वाहा पारिसकेछु ।

रहरले कवि भए, रहरले नै पुस्तक छपाएँ तर आज आफ्नै अवस्था घरको न घाटको पो बनाए । कुनै सम्मान र पुरस्कार त परै जाओस्, धेरै पाठकको दराजमा मेरो सानो पुस्तक अटेन तैपनि म एक कवि हुँ भन्ने दम्भ कहिल्यै घटेन । एक दुई सयप्रति मुस्किलले बिक्यो त्यसैले प्रकाशकले मलाई रोयल्टी दिन सकेन । म चर्चित नभए पनि सञ्चारमाध्यममा मित्रहरू थिए त्यसैले इन्टरभ्युमा बोलाउन छाडेनन् ।

यस्तै एउटा काव्य गोष्ठीमा जाँदै गर्दा एक व्यक्तिले मेरो नजिक आएर सोध्यो- कविज्यू के हजुरसँग पाँचसय रूपियाँको साट्ने खुद्रा पैसा छ ? मैले ङिच्च दाँत देखाएर छैन त भने तर उनले त्यो मार्मिक प्रश्न म (एक कवि)लाई सोधेर मेरो जुन इज्जत बढाइदिए । त्यसप्रति भने धेरै आभारी छु ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1
Tweet

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    20 min 7 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 46 min ago
  • hlw
    22 hours 27 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 16 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 9 hours ago
  • Good
    1 week 9 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • गजल
  • दुःखले छुँदा
  • पूनरावृत्ति
  • अजम्बरी बुटी
  • सीमाना कटाउने बेला हो यो
  • दोषी चस्माको विपक्षमा
  • सप्रिनुको आनन्द
  • सिकन्दरलाई साधुको शिक्षा प्रेरक प्रसङ्ग
  • भुर्र–भुर्र उड्छे वनकी चरी
  • दिदी माइत आऊ है
  • परदेशी छोरीछोरालाई चिठ्ठि
  • तिमीलाई तिम्रो जन्म दिनको मंगलमय शुभकामना !!!!
  • कहाँ छ ?
  • बैशालु यो हावा आयो
  • ओठै नचलाई बोल्थिन उनी
  • ‘मेरो मानसपटमा पल्लव सम्मान र धनवाँणी युवा पुरस्कार’
  • दुखेको दिल
  • सक्नुपर्छ माया गर्न टाढा को हुन्न र?
  • नालापानी
  • एउटा बूढो पहाड
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित