मेरो पाखा बारी…..हो.. मेरो पाखा बारी,
सिरू-पाती फुल्यो रे,
अन्न, बाली खाना नपाई
दिउँसै मुसा डुल्यो रे !
मकै फल्थ्यो टिमुर सरी,
कोदो पनि फल्थ्यो ,
थाम्न नसकी आफ्नै फललाई
तोरी – फापर ढल्थ्यो !!
मेरो आमा बा …हो.. मेरो आमा बा……
ओछ्यानमै थला पर्यौ रे,
बाली लाउन नसक्दा, बारी बाँझो बस्दा
मलाई सम्झी आँशु झार्यौ रे
बाली लाउन नसक्दा, बारी बाँझो बस्दा
मलाई सम्झी आँशु झार्यौ रे
राजेश रुम्बा लामा “अतृप्त”