मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
एन्आरएन् वृद्धाश्रमको प्रेक्षालयमा पल्लव साहित्य सम्मान सम्पन्न
gorkhesailo — Sun, 08/29/2010 - 21:06
भाद्र १० गते विहिवर २०६७।
देवघाट चितवन ।
साहित्य र स्रष्टाको सम्मान गरौँ भन्ने नाराका साथमा पल्लव साहित्य प्रतिष्ठान नारायणगढ चितवनले राष्ट्रिय स्तरका वाङ्मयसेवी स्रष्टाहरुलाई सम्मान एवम् पुरस्कार वितरण कृतिविमोचन तथा रचनापाठ गर्ने कार्यक्रमको आयोजना गरेको थियो ।
वरिष्ठ साहित्यकार टीकाप्रसाद लामिछानेको अध्यक्षतामा र वरिष्ठ कवि एवम् छन्दनायक माधव वियोगीज्यूको प्रमुख आथित्यतामा पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने गोर्खेसाइँलो स्वयम्ले कार्यक्रम साचालन गर्नु भएको थियो । यसरी अत्यन्त उल्लाहासपूर्ण वातावरणमा चलेको कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. गोपाल भण्डारी धनकुटा हालः धरान सुनसरी वरिष्ठ कवि एवम् साहित्यकार उज्ज्वल जि.सी. थान्सिङ नुवाकोट हालः काठमाडौँ वरिष्ठ साहित्यकार देवीप्रसाद रेग्मी वनबासी वालिङ न. पा.- ७ स्याङ्जा वरिष्ठ साहित्यकार एवम् स्तम्भकार जयदेव भट्टराई वटु काठमाडौँ समेत ४ जनालाई फूलमाला दोसल्ला सहित ताम्रपात्रमा पल्लव साहित्य सम्मान - २०६७ समर्पण गरिएको छ भने पुरस्कारतर्फ दुल्लभ लामिछाने स्मृति पुरस्कार एवम् पल्लव साहित्य सम्मान-२०६७ वरिष्ठ साहित्यकार प्रा.डा. नारायणप्रसाद खनाल भरतपुर-५ चितवन गङ्गा भद्रशीला स्मृति पुरस्कार एवम् पल्लव सम्मान-२०६७ वरिष्ठ साहित्यकार रमा शर्मा का.म.न.पा- १५ डल्लु काठमाडौँ भाष्कर लामिछाने लोकसंस्कृति पुरस्कार एवम् पल्लव सम्मान-२०६७ वरिष्ठ लोक-साहित्यकार विश्वप्रेम अधिकारी पुतलीबजार न.पा. १२ स्याङ्जा बोधनाथ-हिमकुमारी लामिछाने स्मृति पुरस्कार एवम् पल्लव सम्मान-२०६७ वरिष्ठ कवि एवम् साहित्यकार दीपक सोती पिठौली नवलपरासी धनवाणी युवासाहित्य पुरस्कार एवम् पल्लव सम्मान-२०६७ जागरुक युवा साहित्यकार कल्पना काफ्ले धनुकुटा हालः चन्द्रगढी झापा लाई प्रदान गरिएको थियो । आदर्णीय वरिष्ठ साहित्यकार नवराज सुब्बालाई गतसाल पल्लव सम्मान-२०६६ द्वारा सम्मान गरिको थियो । उहाँको व्यस्तताले गतसाल कार्यक्रममा उपस्थित हुन सक्नु भएन तसर्थ उहाँलाई सम्मान गरेको फुलमाला दोसल्ला र ताम्रपत्रमा लेखिएको सम्मानपत्र पनि यही कार्यक्रममा हस्तान्त्रण गरिने छ ।
यसैगरी एन्आरएन् वृद्धाश्रमका वृद्ध-वृद्धाहरुका तर्फबाट श्री लक्ष्मीप्रसाद अधिकारीले वेदान्त दर्शन प्रस्तोता श्रीतुलसीप्रसाद उपाध्याय भण्डारीज्यूलाई सम्मान गर्नु भएको थियो । सो अवसरमा स्याङ्जाका देविप्रसाद उपाध्याय रेग्मी वनवासीद्वारा लिखित मेरुडण्ड व्यङ्ग्य हाँस्य कवितासङ्ग्रह र पल्लव साहित्यिक पत्रिका को १५ औँ अङ्क नारीविशेष को लोकार्पण पनि भएको थियो ।
उक्त अवसरमा उपस्थित अतिथिहरुमा विराटनगर मोरङबाट आउनु भएका विवश पोखरेल मधु पोखरेल गण्डकी पुत्र कविराज पोखरेल रमेश सायन गजेन्द्र खतेउडा नवराज सुब्बा चाचला सुब्बा श्रेष्ठ धरान सुनसरीबाट गोपाल भण्डारी श्रीमती देवकुमारी भण्डारी त्यस्तै नवलसरासीबाट आउनुहुनेहरुमा दीपक सोती श्रीमती सीता सोती श्रीमती भगवती अर्याल श्रीमती कष्णदेवी शर्मा श्रेष्ठ रामहरि शर्मा सराह गोबिन्दराज विनोदी सुजन अधिकारी तितेपाती उदयनाथ रेग्मी लेखनाथ सापकोटा त्यस्तै काठमाडौँ बाट श्री रमा शर्मा श्रीमती सरिता खरेल प्रकाश अधिकारी श्रीमती कल्पना काफ्ले यसैगरी हेटौँडा मकावनपुरबाट अनुराग वनस्तम ऋषेश्वर डवाडी चन्द्रगढी झापाबाट कृष्ण आचार्य बिद्यापीठ आश्रम तनहुँबाट डा.कमलराज वाग्ले डा.गुरुप्रसाद सुवेदी र वटुकहरु स्याङ्जाबाट देवी वनवासी विश्वप्रेम अधिकारी मिलन समीर सिमारा बाराबाट शेखर शर्मा सिन्धु पाल्चोकबाट विजय आचार्य त्यस्तै कपिलवस्तु जिल्लाबाट शङ्कर सुवेदी स्थानिय जिल्लाका स्रष्टाहरुमा प्रा.डा. नारायणप्रसाद खनाल पुष्प अधिकारी अाजलि प्रभाकर पण्डित केदारनाथ खनाल प्रेमविनोद नन्दन केशवराज आमोदी ठाकुरप्रसाद कँडेल यशोदा कँडेल हुसैन खाँ दिपेन्द्रकुमार जोशी निक गणेशप्रसाद पौडेल लक्ष्मीकान्त शर्मा लकास प्रा.डा. लक्ष्मीकान्त शर्मा जि.शर्मा सागर दाहाल रविकिरण निर्जिव सन्ध्याकुँवर विवश बिष्णु तिवारी उषा मिना लामिछाने भरतप्रसाद लामिछाने केशव लामिछाने कल्पना लामिछाने शुष्मा लामिछाने अनुष्का लामिछाने फणिन्द्र शर्मा रुविन पौडेल कष्ण सुदामा सुमनराज बालकृण थपलिया लगायतका २१५ जना स्रष्टा एवम् द्रष्टाहरुको उपस्थिति रहेको जमघटमा सबैजना अतिथिहरु एवम् स्थानिय स्रष्टाहरुले आ-आफ्ना रचना वाचन गरेका थिए ।
उक्त कार्यक्रममा प्रत्यक्षरुपमा उपस्थित हुन नसक्नु भएका वरिष्ठ कवि एवम् साहित्यकार उज्ज्वल जि.सी. थान्सिङ नुवाकोट हालः काठमाडौँ र वरिष्ठ साहित्यकार एवम् स्तम्भकार जयदेव भट्टराई वटु काठमाडौँ लाई यही भाद्र १८ गते अग्रगामी समाज नारायणगढ गजलमाच चितवन एवम् पल्लव साहित्य प्रतिष्ठान संयुक्त आयोजनामा हुनलागेको विशेष कार्यक्रममा उहाँहरु सम्मानित हुनु भएको फुलमाला दोसल्ला एवम् ताम्रपत्रमा लेखिएको सम्मान-पत्र हस्तान्त्रण गरिने कार्यक्रम रेहेको छ ।
| Attachment | Size |
|---|---|
| 20100828_PallawaSammanKaryakram2067.jpg | 39.79 KB |
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
16 min 35 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 43 min ago - hlw
22 hours 24 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- "भाग्यको घाम डुबेछ "
- कसरी भनूँ म मनको कुरा यो
- मझधार
- गाजा र विस्फोटनका धुंवाहरु
- तेन्जिङ शेर्पाको सम्मानमा
- गजल
- त्यो भीडमा सिंढी चढ्दा
- म चाहन्न तिमीलाई अझै दुख दिन
- gazal
- जिन्दगीका सबै हारहरूमा अघि बढ
- परिवर्तन
- पश्चिमा प्रभाव
- गरीबको बस्ती
- युद्धले भुलेका बाँकी युद्ध
- प्रेम दिवस गीत
- कसको इच्छा पूरा गर्छौ बाबुराम ?
- गजल
- दाजु माफ गर्नुस
- तामाङ डाजाङको साहित्यिक गोष्ठीको १०१ औं शृंखला सम्पन्न
- बाहिर बर्षा बिजुली

Post new comment