Skip to content

गजल-सन्ध्या पोखराको कार्यक्रम सम्पन्न


१२ गतेशनिवार भाद्र २०६७
पोखरा कास्की ।

गजल-सन्ध्या पोखराले गजल वाचन एवम् स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गजल-सन्ध्या पोखराका अध्यक्ष कपिल शर्मा संयोजकको सभापतित्व एवम् प्राज्ञिक सरुभक्तज्यूको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रमका बिशेष अतिथिमा वरिष्ठ गजलकार गीतकार एवम् गायक प्रकट पगेनी शिव हुनुहुन्थ्यो । त्यस्तै अतिथिहरुमा चितवन जिल्लाबाट भागलिन त्यहाँ पुग्नु भएका गजलकारहरुमा गोर्खेसाइँलो पुष्प अधिकारी अंजलि प्रभाकर पण्डित केशवराज आमोदी नवलपरासी जिल्लाबाट गोविन्दराज विनोदी विजयराज ज्ञवाली म्याग्दी जिल्लाबाट सुश्री पवित्रा वुढा अछाम जिल्लाबाट रावल कृष्ण तनहूँ जिल्लाबाट सरला लामिछाने सरु जानकी खनाल अमृता सुवेदी बुद्धीसागर वाग्ले उत्तम अधिकारी प्रकाश ‘प्रतिक’ नुवाकोट जिल्लाबाट गोपाल खनाल पाल्पा जिल्लाबाट हरिमाया परियार स्याङ्जा जिल्लाबाट सुरज उपाध्याय जीवन पौडेल धादिङ जिल्लाबाट रोचन घायल पर्वत जिल्लाबाट सुदिप लामिछाने कृष्ण लामिछाने मिलन पौडेल शङ्कर गिरी कृष्ण पौडेल समीप कार्की लगायतका स्रष्टाहरु हुनुहुन्थ्यो ।

त्यसैगरी स्थानिय जिल्ला कास्की पोखराका गजलकार स्रष्टाहरुमा दीपक समीप दिलिप ‘दोषी’ ईश्वरमणी अधिकारी बलराम सुवेदी पूर्णविराम देवी त्रिपाठी,रस्वती प्रतिक्षा लक्ष्मण थापा बाबुराम शर्मा विष्णुकान्त घिमिरे हेमराज अधिकारी सुमन ‘श्रपित’, रमा अधिकारी कमल पौडेल अथक फडिन्द्र अकिन्चन रेश्मा कार्की दिपक परियार जनक ढुङ्गेलमदन भण्डारी निश्चल अधिकारी कृष्ण देवकोटा लगायत ११७ जना स्रष्टा एवम् द्रष्टा साहित्यकार अग्रज तथा अनुजहरुको उपस्थितिमा गजलकार गाविन्दराज विनोदीलाई रु। ११११।- नगद पुरस्कारले पुरस्कृत गरिएको थियो । सो अवसरमा सम्पूर्ण अतिथि एवम् उपस्थित सबै स्रष्टाहरुले आ-आफ्ना रचना वाचन गरेका थिए । संस्थाका सचिव मन क्षत्री तथा सरला लामीछाने ‘सरु’ द्वयले संचालन गरेको उक्त कार्यक्रममा उपस्थित सहभागीहरु सबैलाई चितवनबाट गएका गोर्खेसाइँलोले बहरमा गजल कसरी लेख्ने भन्ने सम्बन्धमा संक्षिप्त जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाई र सरला लामीछाने ‘सरु’ले स्वागत भाषण गरेकी थिइन भने कार्यक्रमका सभापती एवम् गजल-सन्ध्या पोखराका अध्यक्ष कपिल शर्मा संयोजकले धन्यवाद ज्ञापन गर्नुका सथै कार्यक्रमको समापन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *