मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

कुरो कुन्थरो

kbs — Wed, 09/01/2010 - 20:53

  • हाँस्य-व्यंग्य
  • प्रेम ओली

सधैं व्यङ्ग्य कविता र व्यङ्ग्यबन्ध लेखे पनि यसपाली एउटा वास्तविक तर व्यङ्ग्य बनाउने पाराले व्यङ्ग्य वार्ता रोज्ने बिचार गरें। यसको लागि पात्र पनि चाहियो। नेतालाई के खोज्नु, बरु मेरो घर वरिपरीको मान्छेलाई रोज्नु भन्ने लाग्यो। मेरै कोठा नजिक एक जना बुढी हजुर आमा बस्छिन। सधै हाँसो ठट्टा पनि गर्ने भएकाले उनीसँगै वार्तालाप गर्ने जमर्को गरें।

छतमा बसेर वार्तालाप सुरु गरियो। मैले पहिलो प्रश्न हजुर आमैलाई कचौरामा राख्दै भनें, "हजुरआमाको उमेर कति पुग्यो नि? हेर्दा त अझै फुर्तिली सुर्तिली देखिनुहुन्छ?"

प्रश्नलाई टपक्क टिप्दै, "यो प्रश्न महिला हक बिपरित हो भन्छन। बाबुले सोधिहाल्नु भो। अलि ठेट्ना हुनुहुँदोरहेछ। अरु महिलालाई सोधेको भए पहिलो गाँसमै स्वाद चाखी हाल्नुहुन्थ्यो। मेरो उमेर त भर्खर असीमा बसेकी छु। अब उमेरको कुरा गर्दा त पैतिस चालिस बर्षलाई अधबैसे भनिन्छ। त्यो हिसाबले त मान्छेको बैस सत्तरी असी पुगेपछी पो पुरा हुदो रहेछ। साठी बर्ष नाग्दा पनि नेपालमा युबा नेता भनेको त्यसो पो रहेछ नि बाबु। "

"अहिले चाँही हजुर आमैले कुरोको चुरो समाउन भयो। अनि आज आमैलाई आउन लागेको तीजको बारेमा सोध्न मन लाग्यो। तपाइको पालाको र अहिलेको तीजमा के फरक पाउनु भयो? "

मेरो प्रश्न भुईंमा नखस्दै हजुर आमैले भनिन, "धेरै फरक छ बाबु। त्रिशुलीको पानी र टुकैचाको पानी जस्तो। गाउकी सानी र शहरकी नानी जस्तो फरक। हाम्रा पालामा त एक दिन दर खान्थ्यौ। साथी संगिनीको घर जाइन्थ्यो। तीजको भाकामा गाउथ्यौ। रमाउथ्यौ। आज भोलि त तीन दिनको तीज तीस दिन गयो। गरीबको भन्दा धनीको भयो। सुद्ध शाकाहारी भन्दा माछा मासु खा'का छन। पुरुषको भन्दा धरै ह्विस्की बियरमा रमा'का छन। तीजका गीतमा भन्दा हिन्दी गीतमा नाचेका छन्। साडीमा भन्दा प्यान्ट कट्टुमा कम्मर भाँचेका छन। यो संस्कृतिमा बिक्रिती भयो बाबु। भ्रष्टाचारमा चढेर होस कि बिदेशतिर सडेर होस, लोग्ने बिचराले कमाएकै छन्। स्वास्नीहरू रमाएकैछन। "

आमैले कुरो थब्दै भनिन्, "हेर्नुस बाबु कस्तो जमाना आयो आयो। पोहर साल नातिको बिहे गर्नलाई बुहारी खोजियो। केटी तर्फकाले मेरो नातिलाई जाँड चुरोट , रक्सी खान्छ कि खान्न भनी सोधे। मेरो नाती क्यै नखाने। रक्सीको त कुरै छैन। मासु पनि नखाने। केटी पक्षकाले बुहारीलाई प्यान्ट लाउन दिने सर्त राखे बाबु। हामीले पनि यति जाबो कुरो त हो भनी मान्यौ। अहिले त बाबु हाफप्यान्ट मात्र लाउँछे। सधैं पार्टी भनेर मातमा मात्तिएर मध्य रातमा आउँछे। लोग्नेलाई भात तताएन भनेर दुई चार लात नै लाउँछे। महिला भएर महिलाकै कुरा काटेको जस्तो। धेरै भयो भने त बोल्न पनि पर्‍यो। पुरुषले बोल्दा चट्कन खान के बेर? "

हजुर आमासँगको कुरो रमाइलो बन्दै थियो। मैले अर्को प्रश्न तेर्साउदै भने, "अहिले र पहिले बजारको कुरा गर्दा हजुर आमैलाई कस्तो लाग्छ? "

हजुर आमाले जिब्रो फटकार्दै भनिन, "बजारको त कुरै नगर बाबु। हाम्रा पालामा चार आनाले होटेलमा टन्न मासु भात खान पाइन्थ्यो। त्यसमा पनि शुद्ध खाने कुरा खाइन्थ्यो। अहिले के पो शुद्ध पाइन्छ र? नाती बाबु? अहिले त मायाप्रीतिमा पनि मिसावट भयो। अब चोखो माया पाउनलाई खप्पराँ लेखेको हुनुपर्छ। बजार भाउ मात्र हो र? मायाप्रीतिको भाउ झन चर्को छ। मोटर, गाडी , होटेल रेस्टुरेन्टमा लान नसक्नेले त के मायाप्रीति पाउने र लाउने ?"

हजुर आमैले कुरो कोट्याउदै भनिन, "बाबु नातिलाई अघिदेखि सोधुँ भनेको। तपाईं कुन पत्रिकाबाट हो नि? मेरो फोटो त आउछ? "

मैले हजुर आमैको फोटो लिदै भनें, "म कुनै पत्रिकाबाट होइन। हजुरमाको कुरोकानी फेसबूकमा राख्नलाई हो। त्यसमा झन धेरै देश बिदेशका नाती नतिनाहरूले हेर्छन। "

हजुर आमै झन खुसै हुँदै भनिन, "त्यसो भए त फेसबूकमा मेरो छोरोले पनि हेर्छ होला। अस्ति बुहारीलाई दुई-चार वटा तीजका गीत पठाइदिने भन्दै थियो। बिदेशतिर पो बरु राम्रोसँग तीज मनाउँछन रे। ल त बाबु सबै देश बिदेशका नाती नतिनिहरूलाई तीजको शुभकामना। नातिलाई दर खाने निम्तो पनि ।"

"हौस त! हजुरआमासँग कुरा गर्दा रमाइलो लाग्यो। पछी फेरि भेटौँला। "

यति भनेर हजुर आमैसँग बिदा भएर हाम्रा कुरा कानि साथीहरूसँग जस्ताको तस्तै पस्कदै बिदा भए। मलाई हजुर आमाको कुरो सोह्रै आना मुनासिव लाग्यो। यहाँलाई कस्तो लाग्यो?

जय काउकुती।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1
Tweet

कुरो कुन्थरो...

ठिस बुढा — Mon, 02/14/2011 - 02:17

धन्यवाद!

"Whatever you do will be insignificant, but it is very important that you do it." By Mahatma Gandhi

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    17 min 2 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 43 min ago
  • hlw
    22 hours 24 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 16 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 9 hours ago
  • Good
    1 week 9 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • असार
  • कसरी म हाँसु ?
  • बनी प्रेमको प्याला
  • तिम्रो उपहार
  • ऊ र उसको सहर
  • साथी
  • एन्आरएन् वृद्धाश्रमको प्रेक्षालयमा पल्लव साहित्य सम्मान सम्पन्न
  • "भाग्यको घाम डुबेछ "
  • कसरी भनूँ म मनको कुरा यो
  • मझधार
  • गाजा र विस्फोटनका धुंवाहरु
  • तेन्जिङ शेर्पाको सम्मानमा
  • गजल
  • त्यो भीडमा सिंढी चढ्दा
  • म चाहन्न तिमीलाई अझै दुख दिन
  • gazal
  • जिन्दगीका सबै हारहरूमा अघि बढ
  • परिवर्तन
  • पश्चिमा प्रभाव
  • गरीबको बस्ती
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित