मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

कालरात्री र बलाकृत आँसु

kbs — Wed, 09/01/2010 - 21:13

  • आधुनिक कथा
  • राजेश नतांश

हो ! हो !! हो !!! मेरै दोष हो । मैले जानीजानी नै गरेकी हुँ । म नै हुँ अपराधी । म आफ्नो दोष कबूल गर्न तयार छु । म आफूलाई दोषी मान्न तयार छु । म सबैको नजरमा पापी हुँ । यो घटनाबाट म कसरी उम्कन सक्छु र ? तपाईँ सर्वैसर्वा हुनुहुन्छ । तपाईँ न्यायकर्ता हुनुहुन्छ । तपाईंलाई सबै थाहा छ किनकि विज्ञ हुनुहुन्छ । तपाईंलाई के गलत र के सही भन्ने थाहा छ । तपाईंको स्तर मभन्दा माथि छ । तपाईं राजनीतिकर्मी, तपाईं समाजशास्त्री, तपाई विज्ञ, तपाईं अधिकारकर्मी, तपाईँ न्यायकर्मी, तपाईँ नैतिकवान, तपाईँ विद्यार्थी, तपाईं प्राध्यापक, तपाईँ शिक्षक, तपाईँ विशेषज्ञ, तपाईँ वकिल, तपाई पुलिस, तपाई सेना, तपाई डाक्टर, तपाईं पत्रकार । तपाईं नै सर्वैसर्वा हुनुहुन्छ । समाजमा प्रतिष्ठित हुनुहुन्छ तपाईं र तपाईंलाई सबैले जदौ गर्छन । तपाईँलाई सबैले मानसम्मान दिन्छन् । तपाईंलाई मात्र हैन तपाईँको पदलाई पनि सलाम गर्छन सबैले । यसकारण तपाईँ अरूलाई न्यायप्रदान गर्नुहुन्छ ।

म को हुँ र ? मेरो अस्तित्व के छ र ? निस्सारताको कालो छिद्रमा खाँदिएको छ मेरो जीवन । मैले मेरो तौल भेट्टाएकी छैन । मेरो कुनै अस्तित्व छैन । म अस्तित्वहीन छु । मेरो कुनै मूल्य छैन । मेरो बजार भाउ तोकिएको छैन । यसकारण म सित्तैमा उपलब्ध छु । मानिसहरू मलाई आवश्यक परे लान्छन् नभए त्यसै छोडिदिन्छन् । म कुहिँन्छु, सडिन्छु । कसलाई के चिन्ता छ र ? कसले पो मलाई मूल्य तोकिदिएको थियो र ? कसले मलाई पो मलाई देख्छ र ? म अदृश्य छु । म हावा हुँ, यद्यपि कसैले पनि अनुभव गर्न सक्दैनन ।

बरफ बनेकी छु । चिसा बरफहरूका बीचमा छु । चारैतिर सेता वरफैबरफ छन् । क्षितिजको कुनै निशाना छैन । चारैतिर भेडाका ऊन जसरी फैलिएका छन् बरफहरू । म मूर्तीवत् भएकी छु । मेरा सम्पूर्ण अंग प्रत्यङ्गहरू चिसा भएर जमेका छन् । बरफको कडा आवरणले घेरिएकी छु । म माँकुराको जालोमा परेको पुतलीझैँ बन्दक भएकी छु । मुक्तिको कल्पना गर्न सक्दिनँ कदापि ।

त्यो अमूल्य जीवन, यो मूल्यहीन जीवन । कहिलेसम्म जिउनु र ? कतिञ्जेलका लागि जिउनु र ? कसका लागि जिउनु र ? निस्सार मेरो जीवन । असरल्ल अक्षरहरू पोखिएर कोरिएको कागजजस्तो मेरो जीवन । किन यसरी दयनीय बन्यो ? मलाई केही थाहा छैन । आज सोच्न सकिरहेकी छैन । मान्छेले सोचेजस्तो हुँदैन रै’छ जीवन । मान्छेले खोजेजस्तो पाईदैन रै’छ जीवन । वनमाराका झाङ्गहरूले सखाप पारिदिँदा रहेछन् । अनि सबै भताभुङ्ग बनाई दिँदा रहेछन् । कसलाई पो दोष दिनु र ? आर्दश र वास्तविकतामा आकाश र पातलको फरक हुने रै’छ । म खुट्याउन सकिरहेकी छैन, कुन आर्दश अनि कुन वास्तविकता ? म यथार्थमा बन्दी भएकी छु । अनिर्णयले मेरो शिकार गरेको छ । यथार्थका केस्राहरू एका–एक गरेर पल्टाउँदा सायद आङ्ग नै सिरिङ हुदोँ हो तपाईँको !

जिन्दगीमा हजार सपनाहरू सजाएकी थिएँ । माफ गर्नूहोला सपना सजाउनु कुनै गलत कुरा हैन । मलाई नि चाह थियो ती सूनौला दिनहरूको जसले मेरा सम्पूर्ण जीवनलाई चम्काउन सक्थ्यो । जसले मेरो जीवनलाई सार्थक मूल्यमा रुपान्तरण गर्न सक्थ्यो । आफूसँग नभएको कुरा प्राप्त गर्ने चाहना कसको नहोला र ! सबै प्राप्त भईसकेपछि कस्ले पो वास्ता गर्ला र ! सायद यो मानवीय स्वाभाविकता नै होला । तर मसँग जे थियो त्यसमा म पूर्ण सन्तुष्ट थिएँ । मैले चित्त बुझाएकी थिएँ आफूसँग भएका कुराहरूबाट । ममा कुनै मोह थिएन । यद्यपी असीम चाहनाहरूले सधैँ चिमोटिरहन्थे । तर म पातहरू झरेको एक्लो वृक्षमा परिणत भएँ । वेवास्ताले गिजोल्दै गरेको खण्डहर भग्नावशेष भएँ । म खडेरीग्रस्त खहरे खोला भएँ । जहाँ पानीको कुनै निशाना हुँदैन । समयले मलाई सुकाउँदै लग्यो । तर दोषी को त ? प्रश्न फनफनी घुमिरहेको होला तपाईंको दिमागमा । सफेँराले बजाएको वीनमा घुमेको विषालू सर्पझैँ ।

म नै हुँ दोषी–निसंकोच । किनकि यी सम्पूर्ण भोगाईहरू मेरै हुन् । मैले तपाईँलाई सबै प्रष्ट पार्नुपर्छ । दुःख, पीडा अनि वेदनाहरूसँग दीर्घ सम्झौता गरे पनि सुखमा समायोजित हुँन खोज्दै थिएँ । मैले त्यसलाई हल्का रूपमा मात्र साझेदार गरिरहेकी थिएँ । जीवनका यी वसन्तहरूमा मलाई विरहका धुनहरू एकदमै कम लाग्ने गर्दथ्यो । भर्खरै मात्र विवाह भएको थियो मेरो । आफूले भनेजस्तो लोग्ने नपाए पनि मैले सहर्ष स्वीकार गरेकी थिएँ किनकि जिन्दगीको यात्रा गन्तव्यहीन छ । दुनियाँका कैयन बाटाहरूका गन्तव्य छैनन् हामीले सोचेअनुरूप । लामो दूरी तय गर्नु छ जिन्दगीमा । किन दुखेसो गर्नु त्यो प्राप्तिको ? यस्तै नै सोच्ने गर्दथेँ । मैले प्राप्त गरेका सम्पूर्ण कुरामा चित्त बुझाएकी थिएँ ।

निकै यादगार छ, त्यो विवाहको रात ! जुन रात मैले आफ्नो सर्वश्व कसैका लागि समर्पण गर्नुपर्ने थियो । जुन रात मलाई कसैले आफ्नो वशमा पार्ने निश्चित थियो । समाजले समेत अनुमति दिने त्यो रातमा मैले समर्पित हुनैपर्छ नत्र मलाई कुनै अधिकार प्राप्त हुनेछैन । सायद लगन गाँठो पनि चुट्टिनसक्छ । म कहाँ जोगिन सक्छु र त्यो रातबाट । म अछुतो रहने कुरै आउँदैन् । त्यसैकारण मैले सोचेकी थिएँ त्यो रातपछिका दिनहरू मेरा लागि रङ्गीन भएर आउनेछन् । म ती रङ्गीन पलहरूलाई स–सम्मान आत्मसाथ गर्नेछु । अनि चाहनाअनुसारको चित्र क्यानभासमा उतार्ने छु तर ती रङ्गीन सपनाहरूको त्यतिखेरै हत्या भयो । त्यसको कुनै अस्तित्व रहेन । मुचुल्का उठाउने कोही भएनन् । मैले आफूलाई एउटा अँध्यारो जंगलमा पाएँ । मलाई शिकारको रूपमा त्यहाँ ल्याइएको रहेछ । त्यो हिंस्रक शिकारी बाघले मेरो शिकार गर्नमा कुनै कसर बाँकी राखेन । अन्ततः त्यसले मेरो शिकार गरेरै छाड्यो । मैले त्यसको पन्जाबाट उम्कन खोज्नु मुर्खता मात्र थियो । त्यसले मलाई लछारपछार पार्यो । त्यसका तीख्रा नङग्राहरूले चोटैचोट पारे । अन्त्यमा त्यसले मलाई घायल बनाएर त्यसै छोडिदियो । हिंस्रकताबाट अछुतो रहन सकेन त्यो । त्यसले आफ्नो पुरुषश्वार्थ देखाएरै छाड्यो नभए उसले नामर्दको संज्ञा पाउन सक्यो । मेरो प्रवाह गरेन त्यसले । आफू मैन पग्लिएझैँ पग्लिएर तरलतामा परिणत भयो ।

हिंस्रक बाघ कहिल्यै नअघाउने रै’छ । कहिल्यै पनि सन्तुष्ट बस्ने रै’नछ । जतिखेरै नै शिकारको चाह हुने । म शिकारको रूपमा परिवर्तित हुनुको विकल्प थिएन । म दिनदिनै, घण्टैघण्टा, रातविरात उसको आहाराको लागि उपस्थित हुन पर्थ्यो । भोकाएर खरिएको बाघलाई सन्तुष्ट पार्न सकिनँ भने गर्जिन सक्थो ठूलो गर्जनका साथ । बाघ अर्थात मेरो लोग्ने ! तपाईँलाई अचम्म लाग्ला मैले किन यस्तो भनेर । सबै छर्लङग हुदैँ जानेछन् । उनी स्थानीयस्तरमा घर निर्माणमा काम गर्ने गर्दथे । यसबाहेक उनी कुलो, पैनी इत्यादि निर्माण गर्नका लागि ठेक्का लिने गर्दथे । उनले मलाई विवाह गरेर भर्खरै मात्र भित्राएका थिए । विवाहको लागि पैसा नभएपछि उसलाई सुयोग्य केटा ठानेर टीकोटालो लगाईदिएका थिए मेरा बाबाआमाले । उसले मलाई पाल्ने र हेरचाह गर्ने सम्झौता गरेर अपनाएको थियो । हामी दोश्रो तल्लामा डेरा गरी बस्ने गर्दथ्यौं ।

तर बाघे चरित्र रैछ त्यसको । हरपल मलाई भोग गर्न चाहन्थ्यो । म उसका लागि भोग्य साधन थिए । त्यो अपवाद नै होला । उसलाई उपयोगिता र्हास नियम कहिल्यै लागू हुन सकेन । हरपल अधिक उपयोगिता प्राप्त गर्न चाहन्थ्यो । उसका लागि एउटै गुण, रुप र अवस्थामा प्रस्तुत हुनुपर्दथ्यो । म बोटमा लटरम्म फलेकी फल थिएँ । उसले जतिखेर नि टिपेर खान सक्थ्यो । म उसकै करेसाबारीमा फलेकी थिएँ । उसको धाराबाट खुल्ला बगेकी पानी थिए । मलाई जतिखेर नि पिउन सक्यो । म लाचार भईसकेकी थिएँ । ती कष्टप्रद पलहरू एकदमै भयावह लाग्छ । हिंस्रक बाघ जहिल्यै शिकारको खोजमा हुन्थ्यो । भर्खर शिकार गरेर पेट डम्म फुलेको भए पनि जहिल्यै शिकारको मानसिकता हुने रैछ । म कठ्पुतलीझैँ नाचिरहेँ उसकै इसारामा । जसरी नि नाच्नु मेरो विवशता थियो । बिरामी, अशक्त अनि महिनावारीको चरणमा पनि थाक्दैन थियो त्यो । अविछिन्न रूपमा लागि रहन्थ्यो शिकारी क्रियाकलापहरूमा । निषेध गर्दाका फलहरू क्रुद बनेर प्रस्तुत हुने गर्दथ्यो । मेरा जगल्टाहरू उखेलिने गर्दथे, अर्को खेती लगाउनका लागि । म माथि बज्रहरु प्रहार हुने गर्दथ्ये । म पीडा सहन नसकी उसको नाटकको प्रमुख पात्र बन्न तयार हुन्थेँ नचाहेर पनि । ऊ बडो अचम्म तरिकाले नाटकको निर्देशन गर्दथ्यो । ऊ नाटकको नायक र खलनायक दुवै थियो । झ्याल ढोका थुनेर नाटकको लागि गोप्य वातावरण तयार हुने गर्दथ्यो । उसले ‘ब्लू फिल्म’का स्क्रिप्ट देखाएर मलाई रटाउँथ्यो । घीनलाग्दा दृश्यहरूमा उसको साथ दिनु पर्दथ्यो मैले । म विवश हुन्थे उसको नाटकको मञ्चनमा । म यन्त्रवत् गरिरहन्थे उसले अह्राएबमोजिम । आखिर म कठ्पुतली न परे उसको इशारामा नाच्नै पर्दथ्यो ।

त्यो कालरात्री । चारैतिर अन्धकार थियो । झ्याउँकिरीका विरासिला आवाजहरूले मलाई तड्पाईरहेका थिए । चारैतिर वातावरण शान्त र चकमन्न थियो । सायद रातीको १२ बजेको हुदोँ हो । म ओछ्यानमा लडिरहेकी थिए । दुई दिनदेखि ज्वरो एकदमै विकराल रूपमा प्रस्तुत भएको थियो । अझ टाउकोमा ठटेउराले ठोकिरहेका थिए । चटपटाउन सकिरहेकी थिइनँ । जसोतसो गरेर उनको लागि खाना तयार गरेँ । मलाई भोक लागेको थिएन । जिब्रो हड्तालमा थियो । मलाई केही रुची थिएन । उनी आउने बाटो ढोकाबाट चिहाईरहेकी थिएँ । उनी आएका थिएनन् । मनमा एकप्रकारको त्रासद युद्ध चलिरहेको थियो । हार र जित के हुने थाहा थिएन । के भन्ना उसले ? यस्तै सोचिरहेकी थिएँ । मनमा बेचैनीको सुनामी ह्वात्तै बढेको थियो । मेरो महिनावारी एक्कासी रोकिएको थियो । डाक्टर कहाँ गएकी थिएँ, उनीले बधाई दिएकी थिइन । निकट भविष्यमै म आमा उनी बाबा भन्ने छाँटकाँट देखिएको थियो तर यो हलचललाई म व्यवस्थापन गर्न सकिरहेकी थिइनँ । म सबै भन्ने सुरमा थिएँ उसलाई तर हृदय कापिरहेको थियो । मेरो मानसपटलले अग्रीम भविष्यवाणि गरिसकेको थियो ।

सधैँझैँ त्यो बाघै बनेर आयो त्यसबेला पनि । मैले शिकारीको भेष ओछ्यानबाटै नियालेँ । आफूलाई सन्तुलनमा राख्न सकिरहेकी थिएनँ । ऊ रक्सीको मातमा निक्कै मदहोस देखिथ्यो । मेरो हृदय वाचाल भयो । अब यसपछिका घट्नाहरू एकाएक निमोठ्दै देखा परे झलझली चलचित्रझैँ । ऊ कोठामा आउनसाथ गर्जियो । बाघ र शिकारको जम्काभेट भयो । मेरो विन्तीभाउ कहाँ सुन्छ र त्यसले । उसले मेरो शिकार नगरी नछोड्ने भयो । मैले सबै कुरा भने तर विडम्बना उसलाई केही असर गरेन । मलाई केही नगर्न विन्ती चढाएँ, रोएँ, कराएँ तर त्यसले वास्तै गरेन । म उसको पन्जामा परिसकेकी थिए । उसले कोठाको वातावरणलाई पहिलेजस्तै बनाईसकेको थियो । मेरो आवाज मत्थर भएर विद्रोहमा परिणत भयो । मेरो हृदयको वर्लिन पर्खाल ढल्यो । हृदयमा बाँधिएका आशाका तारहरू चुटिए । ‘सा..रे..ग...म’ गाउन नसक्ने भए । बज्न छोडे सम्मान र शालीनताका धुनहरू । मनमा झन् सुनामीजस्ता आँधीहरू चल्न थाले । मैले तुरहीका साथ विद्रोहको उद्घोष गरे । उन्मूक्ति पाउनका लागि अर्थहीन सीभास्तम्भहरू ढाल्न तम्सिएँ । मेरो हृदयमा भुकम्प उठ्यो जसबाट एकप्रकारको ज्वालामुखी विष्फोटित भयो । मैले उसलाई भएभरको बल निकालेर जोडले ठेलेँ । ऊ बिजुली करेट लागेर फालिएझैँ फालियो । ऊ हावासँगै बतासियो । झ्यालमा ग्रील लगाएको थिएन । ऊ झ्यालबाट बाहिर खस्न पुग्यो । ठुलो गर्जनका साथ सिमेन्टीको तिखो वालमा पछारियो । उसले त्यसैसमय आफ्नो प्राण त्याग गर्यो । म हेरेको हेरैँ भएँ ।

बुख्याँचाझैँ भएर हाम्रा प्रहसन हेरिरहेका केही छिमेकीहरू त्यो सुनामी हेर्न आए । त्यतिखेर नै मेरो अस्तित्वको किनबेच भयो । मेरो पतिधर्मले धर्म परिवर्तन गर्यो। मेरो चरित्रमाथि कसैले धावा बोल्यो, ‘आफ्नो लोग्नेलाई हत्या गर्ने यो चरित्रहीन आईमाईलाई त्यसै छोड्नु हुँदैन ।’ मेरो ढुकढुकी वशमा थिएन । मैले सोचेकीँ थिइन त्यस्तो हुनेछ भनेर । म रोएँ, कराएँ उसको मृत शरीरलाई अँगालो हाले तर फगत् तिनीहरूले मात्र नाटक सम्झे किनकि हाम्रो नाटक मञ्चन भईरहेको थियो ।

आजको यो कालरात्रि मलाई त्यो घटना सम्झाईरहेको छ । म एकदमै एक्ली भएको छु । चारैतिर फलामका डण्डीहरूका बीच म राक्षसी स्वभाव भएकी आईमाई बसिरहेकी छु । लोग्नेलाई मारेको आरोपमा मलाई यो सजाय सुनाइएको हो । अबका वर्षहरू मैले यसमै गुजार्नु पर्नेछ । मेरो अगाडि कैदीलाई दिने खाना राखिएको छ । त्यसले मेरो जिन्दगीलाई व्यंङ्ग्य गर्दै छ । भोक र प्यास बिर्सिएकी ‘मनसरा’लाई रुच्दैन भनेर कस्तो थाहा नभाको ! हृदयमा एउटा आशाको त्यान्द्रो बाँकी छ अझै । मेरो पेटभित्रको कोमल विरुवा दिनानुदिन बढ्दै छ । बीउ छर्ने अर्कै भएपनि मेरै छातिमा उम्रेको हो । म यसलाई मलजल गर्नेछु तर समयले कस्तो चलचित्र देखाउँला ? म अन्जान छु ।

(रचनाकाल : २०६७ भदौं१० गते, राति १२ बजे)

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 2
Tweet

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    6 min 54 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 33 min ago
  • hlw
    22 hours 14 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 16 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 8 hours ago
  • Good
    1 week 8 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • "मलाई सुत्नु छ"
  • मेरा अर्थहीन आँशु
  • "एकान्तका आफन्ताहरु ।।।।"
  • "ओन्छ्यान् ङाला आबा-आमा"
  • गजल
  • ओखती
  • शङ्करः आत्मगाथाको प्रतिध्वनि
  • परदेशमा तीज
  • लाचार श्रीमानको पत्र श्रीमतीको नाममा
  • कुरीति कुसंस्कार तोड्न सक्नुपर्छ नारी
  • रात बढ्न थालेपछि
  • ''जीवनयात्रा ''
  • तिहार
  • मझेरी भलाकुसारी, अंक ३ (आचार्य प्रभा)
  • अन्तिम प्रार्थना
  • नदीवारि नदीपारि
  • जीवन केहो भनी?
  • अक्षर समुहको पाचौँ श्रृङ्खलामा प्रभाकर पण्डितको एकल गजल वाचन सम्पन्न ।
  • नसोध है
  • गीतमा हराउँदा
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित