मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

रातो कोट

kbs — Wed, 09/01/2010 - 21:39

  • आधुनिक कथा
  • हरिमाया भेटवाल
  • नेपाल साप्ताहिक

आज पनि जुलुस हाम्रै घरको बाटो भएर गयो। सोच्थेँ, राजनीति भनेको हात्तीको पाइला हो। अरू सबै पाइलालाई हात्तीको पाइलाले छोपिदिन्छ। कति ठूलो पाइला चालेकी थिएँ मैले। माओ-लेनिनको फोटोअगाडि उभिएर मुट्ठी उचाल्दै गाएकी छु, 'यो अन्तिम युद्ध हो आ-आफ्नै ठाउँमा डटौँ, अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ। गनी साध्य छैन, कतिपटक यो गीतलाई दोर्‍याएकी छु मैले। भनिसाध्य छैन, कतिपटक आफ्नै रगतलाई भीरपहरामा चढाएकी छु मैले। पीडालाई रगत र आँसुसँगै बगाएकी छु मैले। मैले देखेका मेरा सपनाहरू विपना नभएझैँ युद्ध पनि कहिल्यै अन्तिम भएन। तर, अग्रजहरूले दिएको निर्देशन भने हाम्रा लागि अन्तिम हुन्थ्यो। कुनै प्रश्न-उत्तर गर्ने साहस हुँदैनथ्यो, हामीमा। उनीहरूले अह्राएको काम गर्नु मात्र हाम्रो धर्म थियो। यसबाहेक हाम्रो अर्को धर्म थिएन। यति धेरै देशभक्तिको भावना जगाइदिन्थे हामीलाई, हाम्रा लागि आफ्नो जीवन देश र जनताको मुक्तिमा समर्पित गर्न गाह्रो थिएन। संसार कहाँ बुझेका थियौँ, कहाँ देखेका थियौँ र हामीले? देखेका थियौँ त मात्र आफ्ना अग्रज नेताहरूलाई, सुनेका थियौँ त उनीहरूले गरेको भाषणलाई, गरेका थियौँ त उनीहरूले सुम्पिएको कामलाई बस् ! एक्युरयिमभित्र दौडिरहेका माछाजस्ता थियौँ हामी। त्यही नै हाम्रो संसार थियो। बिचरा हामी सिसाभित्र थुनिएर बाँचिरहँदा पनि समुद्रमा पुग्ने सपना देख्न छाड्दैन थियौँ।

आज सम्झन्छु, जीवनभर नसकिने कस्तो यात्रा हिँडिएछ, जो मर्दामर्दै पनि पूरा भएको देख्न पाइने छैन। त्यसबेला उनीहरू प्रशिक्षण दिँदा भन्थे, 'हामीले त्यो दिन देख्न नपाए नि हाम्रो सन्तान-दरसन्तानका लागि हामी लड्नु पर्छ। हिजोका हाम्रा अग्रजहरूले लडिदिइएको भए आज हामीले यस्तो दिन देख्नु पर्दैनथ्यो। त्यसैले पनि क्रान्तिदेखि भाग्न खोज्नु कायर हुनु हो। क्रान्तिमा भाग लिँदै मर्नु भनेको वीरगति प्राप्त गर्नु हो। सहिद हुनु हो। न सहिद भएँ म, न त योद्धा भएँ। भएँ त मात्र अपाङ्ग। अपाङ्ग शरीर लिएर बाँच्न जति कठिन थियो, त्यसभन्दा कठिन रहेछ मनको अपाङ्गता। 'ती पढेर जान्नेहरूले केही बुझेका हुँदैनन्, तपाईं परेर जान्नेहरूभन्दा। त्यसैले देश र जनताको मुक्तिका लागि बन्दुक बोक्नुपर्छ, पुरानो सत्ता ढालेर नयाँ सत्ता स्थापना गर्नुपर्छ। त्यहाँ तपाईंहरूजस्ता योद्धाको नाम इतिहासका पानामा सुनौला अक्षरले लेखिनेछन्। मरे सुनौला अक्षरले इतिहासमा नाम लेखिने, बाँचे सुनौलो जीवन जिउने संकल्प गर्दै क्रान्तिको बाटो रोज्न पुगेँ म पनि। पढाइलाई थाती राखेर कहिले पूर्व त कहिले पश्चिम पुग्थेँ म, पार्टीको जिम्मेवारी बोकेर। मेरो घर भने नि, कलेज भने नि त्यही पार्टी थियो। मेरो आफन्त भने नि, अभिभावक भने नि त्यही पार्टीका अग्रजहरू थिए। जे सिक्थेँ पार्टीबाटै सिक्थेँ।

२०५३ सालको कुरा हो यो, कुपण्डोलको एउटा पुरानो घरको भित्रपट्टकिो कोठा लिएर पार्टीको काम गर्न थालेकी थिएँ मैले। त्यहाँ पार्टीका अग्रजहरू मेरै कोठाको बाटो भएर आउँथे र जान्थेँ। त्यसमाथि पनि कामरेड चम्पा त झन् आइरहन्थिन्। दूधको पाकेट बोकेर। अचम्म लाग्थ्यो मलाई उनको लबाइ, खवाइ देखेर। काठमाडौँमा कुन लुगा निस्कन्छ, त्यही स्टायलको लुगा उनले लगाएको देख्थेँ म। तर, मेरो त जाडोमा लगाउने एउटा रातो कोट मात्र थियो। मैले बल्लबल्ल पैसा जम्मा गरेर किनेकी थिएँ, त्यो कोट। चर्को घाम लागेको दिन धोएर बेस्सरी निचोरी ओर्काइफर्काई सुकाउँथे म र सुकेपछि मात्र बाहिर निस्कन्थेँ।

८ मार्चको दिन थियो त्यो। कामरेड चम्पा बिहानै मेरो कोठामा आइन् र भनिन्, "कामरेड तपाईंसँग स्विटर छ एउटा?" मैले हौसिएरै भनें, "रातो कोट छ !" मजस्तो साधारण कार्यकर्ताको लुगा यति वरिष्ठ नेताले माग्दा मेरो भुईंमा खुट्टा थिएन। लाग्यो त्यसैले त हामी कम्युनिस्ट ! भेदभाव, तलमाथि केहीको मतलब नगर्ने ! चिसो चिसो नै थियो काठमाडौँ तर मेरो शरीरलाई चिसो लागे नि मन त कहाँ चिसो थियो र ! यति ठूलो नेताले कोट जो मेरो लगाएकी थिइन्। गर्वले छाती ठूलो भएको थियो मेरो। म एउटा कुर्तामा हिँडिरहेकी थिएँ, थुरथुर काम्दै। "किन जाडोमा स्विटर नलगाएको?" पछाडिबाट कामरेड नम्रताले सोधेकी थिइन्। "त्यति जाडो लागेकै छैन," त्यसो भनिरहँदा शरीरभर िकाँडा उमि्रएका थिए। घरीघरी मेरै छेउमा सानका साथ हिँडिरहेकी कमरेड चम्पालाई र उनले लगाएको मेरो रातो कोटलाई नियाल्दै बेपर्वाह दौडिरहेकी थिएँ जुलुसमा म। त्यसपछि कामरेड चम्पा र मेरो भेट लामो समयसम्म भएन। युद्ध मैदानमा कमान्डर बन्ने निर्देशन पाएपछि म पश्चिमतिर लागेँ।

पार्टीको निर्देशन शिरोपर गर्दै कैयौँपटक छिचोलेका छौँ अनकन्टार जंगललाई। चुनौती दिँदै हिँडेका छौँ निस्पट्ट रातलाई। जंगलका बाघ-भालु र बिच्छी-सर्पलाई। त्यसभन्दा पनि खतरनाक हाम्रा वर्ग शत्रुहरूलाई जसले सुइँकोसम्म पाए भने हाम्रो 'सफाया गर्नेछन्। एकदिनको कुरा हो म र मेरो साथी रूपालाई एउटा सेल्टरबाट अर्को सेल्टर पुर्‍याउन कमरेड नीतेशले लैजादै थिए। हामी अनविज्ञ थियौँ त्यो ठाउँप्रति, निकै अघि बढिसकेपछि रातको अँध्यारोमा टाढा कतै बत्तीको मधुरो प्रकाश देखियो। हामीले बोकेजस्तै टर्चको उज्यालो हो वा जूनकीरी? छुट्याउन गाह्रो थियो। दुई सय मिटरजति अगाडि बढेपछि हामी सशंकित भयौँ, कतै सुरक्षाकर्मी हुन् कि भनेर ! हामी त्यहीँ रोकियौँ। घरी बल्दै त घरी निभ्दै गर्न थाल्यो त्यो बत्ती। हामीले पुनः आएकै बाटो र्फकनु युक्तिसंगत ठहर्‍यायौँ र टर्चको उज्यालो बन्द गरी हातको डोरी बनाएर छामछाम छुमछुम गर्दै लड्दै र ठोक्किँदै र्फकन थाल्यौँ। कामरेड नीतेशले पार्टीको माथिल्लो तहमा बुझ्न फोन सम्पर्क गर्न खोज्दा नेटवर्क समस्याले फोन लाग्ने स्िथति थिएन। जतापट्ट िहामी फर्किएर जाँदै थियौँ, त्यतातिर पनि फेर िअघिकै जस्तो बत्ती देखियो। अब भने हामीलाई घेरा हालिसकिएको ठहर गर्‍यौँ हामीले। कामरेड नीतेशले मलिन अनुहार बनाउँदै विस्तारै भने हामीलाई, "कामरेडहरू हामीलाई सुरक्षाकर्मीले भेट्यो भने हामी उनीहरूको हातमा पर्नुभन्दा पहिले भरसक स्िथति हेरेर त्यहाँबाट फुत्कने प्रयत्न गर्नेछौँ। सकिएन भने आफूले आफैँलाई खत्तम गर्नेछौँ। यातनापूर्ण तरकिाले पटक-पटक मर्नुभन्दा एकैचोटि मर्न जाति हुन्छ।" हामीले दरो गरी तीनै जनाले एकअर्काको हात समात्यौँ। त्यसबेला भने मलाई उनीहरूको अनुहार हेर्ने रहर थियो तर टर्च बाल्नु खतरा भएकाले मेरो इच्छा पूरा हुन सकेन। छातीलाई बेस्सरी हानिरहेको थियो मुटुले। कति धेरै शक्ति हुँदो रहेछ, त्यति सानो मुटुमा, त्यो मैले पहिलोपल्ट अनुभव गररिहेकी थिएँ। केही नदेखिने त्यो निस्पट्ट रातमा आँखाले भने आमालाई देखिरहेको थियो। उनकै गर्भमा समय बिताएकाले हो वा उनले गर्ने निःस्वार्थ प्रेमले हो, अप्ठ्यारोमा परेका बेला मन र आँखा दुवैले आमालाई नै देख्ने गर्छु म। एकाएक कमरेड नीतेशको मोबाइलमा म्यासेज आयो। म्यासेजमा त्यहाँ खतरा छ, सुरक्षाकर्मीले घेरा हाल्ने सुइँको पाएको र अगाडि नबढी पछाडि र्फकन आग्रह गरएिको थियो। अब लगभग मृत्यु निश्चित थियो। संयोग नै भन्नुपर्छ, हाम्रो मनभन्दा अँध्यारएिर आयो आकाश र दर्कियो झरी। मुसलधारे झरीमा हाम्रै छेउबाट खासखास खुसाखुस गर्दै हतारँिदै सटासट अगाडि गए ती सुरक्षाकर्मीहरू। मैले आफैँले फेरेको सास आफैँले सुनेको त्यो पहिलोपटक थियो। मूर्दाजस्ता बनेका हाम्रा आँखाका नानी मात्र चलायमान थिए। अचम्म पानीले चुट्दा पनि मान्छेको जीउ लट्ठीले कुट्दासरह हुँदोरहेछ। त्यसमाथि पनि जंगली जुकाहरू जीउका विभिन्न भागबाट छिरेर चौपट्ट टोक्दै थियो। ठूला डरको अगाडि साना डरहरूले कसरी आत्महत्या गर्दा रहेछन्, त्यो मैले सुरक्षाकर्मी गइसकेपछि मात्र थाहा पाएँ। लगलगी काम्दै हामी उनीहरू गएको विपरीत दिशातिर छिटोछिटो बाटो छिचोल्न थाल्यौँ। करबि दुई घन्टा हिँडेपछि हामी एउटा सेल्टरमा पुग्यौँ। भोलिपल्ट कमरेड नीतेश त्यहाँबाट हिँडे। हामी भने एक साता बसेपछि त्यसको दुई घन्टाजतिको फरकमा पार्टीले शक्ति प्रदर्शन गर्ने निर्णय गरेको थियो। त्यसको नेतृत्व मैले गर्नुपर्ने थियो। त्यो रात पटक्कै निद्रा परेन आँखामा। राती नै गोलीगठ्ठा झोलामा भिर्‍यौँ र एकअर्कालाई बधाई दियौँ। युद्धमा हिँड्दाखेरीका केही नियमहरू थिए, ती सबैले पालना गर्ने कसम खायौँ र दरो गरी हात मिलाउँदै निस्कियौँ रातको अँध्यारोमै।

युद्ध, जहाँ मान्छे र बन्दुकको असाध्यै ठूलो भूमिका हुन्छ। मेरो पछि थुप्रै त्यस्ता लडाकूहरू थिए, जसले जीवन उत्सर्ग गर्न रत्तिभर हिचकिचाउने छैनन्। हामी निश्चित ठाउँमा पुग्यौँ र निश्चित समयमा सुरु गर्‍यौँ युद्ध। भिडन्त हुनथाल्यो कानैछेउबाट पनि गोलीहरू सुइँकेर जान्थे। हाम्रा बन्दुकबाट छुटेका गोलीले कति असर गर्दै थियो, त्यसको अन्दाज थिएन हामीलाई। त्यति नै बेला मेरो घाँटीको छेउको भाग र तिघ्रामा एकैचोटि गोली लाग्यो र म ढलेँ। साथीहरूले मलाई डोकोमा हालेको सपनाजस्तो लाग्दै थियो। त्यसपछि मैले आँखा चिम्लिएँ। पछि आँखा खोल्दा केही साथीहरू थिए मेरो साथमा। युद्धमा लड्दा-लड्दै लागेको गोलीले मेरो शरीरको आधा भाग नचल्ने भएको थियो। त्यतिखेर त लागेको थियो, मैले मेरो शरीरको अंग मात्र गुमाएँ। तर, होइन रहेछ। अहिले त मेरो घर नै संसार भएको छ। शक्तिविहीन भएपछि चाहिँदो रहेछ त घर र आफन्त नै। एउटा पार्टी घर र आफन्त कहाँ बन्न सक्दो रहेछ र?

आज लामो समयपछि कामरेड रूपा मलाई भेट्न आइन्, सुखदुःखका कुरा गर्‍यौँ हामीले। उनले नै खुलाइन् बितेको त्यो दिनको रहस्य पनि, मेरो रातो कोट कमरेड रूपाले लगाउनाको रहस्य। ८ मार्चको त्यो जुलुस सर्वहारा, शोषित, पीडित महिलाहरूको जुलुस भएकाले कमरेड चम्पासँग पुरानो रातो लुगा नभएपछि मसँग मेरो पुरानो त्यो कोट मागेकी रहिछन् उनले जुलुस र आफ्नो जीवनस्तर उस्तै देखाउन। छि ! मान्छे जस्तो देखिन्छ, त्यस्तो कहाँ हुँदो रहेछ र? पर्दा लगाइलगाई पो बाँच्दो रहेछ मान्छे त ! जति पर्दा लगाउन सक्यो राजनीतिमा उति माथि भर्‍याङ चढ्दो रहेछ मान्छे। कसैलाई भर्‍याङ चढाउन र कसैलाई भर्‍याङबाट ओराल्न आज पनि जुलुस हाम्रै घरको बाटो भएर गयो। म भने उही मेरो पुरानो रातो कोट सम्झेर टुलुटुलु हेररिहेकी छु ।

नेपाल साप्ताहिक ४१०

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1
Tweet

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    17 min 25 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 44 min ago
  • hlw
    22 hours 24 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 16 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 9 hours ago
  • Good
    1 week 9 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • समस्या‏
  • छातीको दुध मेरो
  • लट्ठई पार्यो साँच्चै तिम्रो आँखा कर्काइले
  • गजल
  • तिम्रो नजर वाण भयो (दोहोरी गजल)
  • कम्युनिस्ट भएपछि भाग्न वाध्य भएँ- खगेन्द्र संग्रौला
  • तपाइँको पहाड कहाँ हो ?
  • कथामा समाजको चित्र
  • कुरो कुन्थरो
  • असार
  • कसरी म हाँसु ?
  • बनी प्रेमको प्याला
  • तिम्रो उपहार
  • ऊ र उसको सहर
  • साथी
  • एन्आरएन् वृद्धाश्रमको प्रेक्षालयमा पल्लव साहित्य सम्मान सम्पन्न
  • "भाग्यको घाम डुबेछ "
  • कसरी भनूँ म मनको कुरा यो
  • मझधार
  • गाजा र विस्फोटनका धुंवाहरु
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित