मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
भानु चेत जयन्तीमा बाहुन बनाइँदा
kbs — Wed, 09/01/2010 - 22:21
२०६७ आषाढ २९ मङ्गलबार। भानु जयन्ती । भानु चेतलाई बोकेर घर बाहिरिएँ । बिहान ९ः३० तिरै । भक्तपुर, कान्तिपुर, ललितपुर, तीनधाम । यमपुर अन्तिम धाम । यमपुर सायद भानुको पनि पुर । साझा पुरस्कार वितरण त्यही दिन पारिएको । कृष्णचन्द्रसिंह प्रधान साझाको पूर्व अध्यक्ष व्यवस्थापक । दिवंगत प्रधान प्रति १ मिनेट मौन श्रद्धाञ्जली अर्पण । त्यसै अवसरको औसर बन्यो । साझा प्रकाशनले प्रधानप्रति अर्पेको मौन श्रद्धाञ्जली । भानु चेतभित्रबाट टप्केका श्रद्धाभाव । लोकको गरौँ हित भनी ।
लोकहितसित गुँढेका भानु चेत । अचेत थिएन । वर्तमान चेतसित सटेका लोकभन्दा विशुद्ध चेत । भानु चेत सर्जक चेत । सर्जक प्रलोभनका कवच धारण गर्दैनन् । गर्जकहरू प्रलोभनको दलदलमा फसेकाफस्यै गर्छन् । सुनौलो सिक्रीका प्रलोभनमा भाँसेका बटुवाको भोगाई वर्णन । कङ्कन लुब्ध पान्थ कथा । आफू फस्नेले अरूलाई नफसाइ छाड्दैन ।
कहाँ भानु चेतभित्रको लोक । लोक जसले आलोक छर्छ । भानु चेत लोक । घँसियाबाट चेतजन्य पाठ सिक्छ भानु । सरल जीवनवृत्तिबाट चेत सहज बनाउँछ त्यो । त्यो भानु । भानु चेत त्यो । सरललाई स्वीकार्यो त्यसले । स्वीकारेकालाई सहज बनायो । चेतलाई लिपिबद्ध बनायो त्यसले । लिपिबद्ध रामायण । अनि बधूशिक्षा र अरू अरू पनि । लिपिबद्ध पार्नु सिर्जना सर्जकका सिर्जना लोकमूलक हुन्छ । आफ्नै मतलब साध्य । भानुले नेपाली लोक वाङ्मयलाई आफ्नो लोक बनाए । नेपाली भाषा वाङ्मयलई लोक बनाए आफ्नो । आफू जस्तै सबै सबै नेपाली नै नेपालीको नेपालीको ! आफ्नै आफैँ नेपाली ।
आफैँसित प्रश्न गर्छु । कुन लोकमा छु म ? भानु चेत लोकमा या भानु चेत च्यूत लोकमा ? लाग्छ कठै म भन्ने यो जन्तु भानु चेत-च्यूत लोकको बैतर्निमा चुलिरहेछु । यो बैतर्नि जहाँ नदीहरू सारा साल-नाल-ढलमा परिणति बग्छ । नारकीय डुङ्डुङ् दुर्गन्ध ठसठसाउँछ । जहाँका सडकहरू रछ्यानका अहाल बन्दोछ । यो लोक जहाँ लोक सरोकार ओझेलिएको छ । हुलमूले शूलैशुलमात्र असूल फसूल भइरहेको रहृयै छ । आलोक लोप भइरहेको लोक । पक्कै भानु चेत लोक यस्ता लोक होइन । थिएन पनि पक्कै ।
कहाँ उजागर हुनु गर्नु । भानु चेत । कहाँ तहस नहस हुनु, गर्नु ? कहाँ सिर्जनात्मक आलोक छर्नु ? सायद, यो र्हासोन्मुख लोकलाई थाहा हुन्न । जे थाहा हुनपथ्र्यो, थाहा छैन यसलाई । जे कसैको थाहामा लाग्नु हुन्नथ्यो, उही निशेष योग्य थाहा यिनका थाहा । निषेध योग्य थाहा विध्वंशकारी मात्र । लोकको गरूँ हित भन्दै नारद सत्य लोक पुगेथे । भानु चेतको बखान यो । सत्यलोक पुगिसकेका नारद असत्य लोक र्फकलान कतै यतै ? सन्देहात्मक प्रसङ्ग । मसित बचेखुचेको सिरिखरी अलकपुरी कान्तिपुर नगरी । आइहाले नि वर्किफर्कि भन्दा हुन् भ्रान्तिपुरी यो भ्रम खेती बारी !
जहाँसम्म पृथ्वी तहाँसम्मै सत्य । सत्य धरतीजन्य स्वभाव । धारणशक्तिमा सत्य अड्छ । धारणशक्तिको जरो धैर्य । धीरता । धैर्यता होइन । भाषिक सत्य हराउँछ धैर्यतामा । धीरतामा बाँच्छ भाषिक सत्य । बचाउनु पर्नेमा र्हास पुर्याउने चेष्टा भ्रमखेती । अग्रज माथिको अनास्था । आफ्नै अन्तरचेतप्रतिका व्यग्रता । व्यग्रता, अनास्था, अश्रद्धा भावभ्रमका बीउ । भानुले नारदलाई सत्यलोक पुर्याए । हाम्रै लोकलाई सत्यमा साकार पार्न । नारद त पौराणिक सञ्चार दूत । गुढ सन्देशलाई साकार सञ्चार गर्न ।
जेहोस् भानु चेत एक भाषिक चेत । उनको भाषिक चेत कण्ठ मुखरन चेत । कण्ठ मुखरन चेत लिपिबद्धताको अगि्रम पाइला चेत । लिपिबद्धताको चेत भाषिक चेत । चेत उत्कण्ठा । उत्कण्ठा आन्दोलनको बिगूल । भानु चेतले सत्यलोकको बिगुल फुक्यो । बिगुल जसबाट गुञ्जियो "लोकको गरूँ हित भनी" । कान त उही कान हो । थाप्याथाप्यै हुन्छ तर खैर कानभित्र घुस्न सकेको .. ? सायद कलीको स्वर बिठयाङ्गी हुन्छन् अथवा भ्रामक ? प्रश्न चिन्ह युग पुकार बनोस् । लाग्छ कठै भानुभित्रका भानुमा भाषा अनुराग नउठ्दा हो त भानु चेतको प्रसङ्ग तुहिँदो हो ... । भानुको अनुराग भाषिक थियो । भाषिक अनुराग नेपाल र नेपालीप्रतिको अनन्त राग अभिव्यक्तिको अनुराग । जीवनदायक हरियो जैविक साग । नेपाली वाङ्मयको हरियो पौष्टिक साग । जीवन्त नेपाली नेपालको वाङ्मय कण्ठनाद ।
दूरभाषाबाट बोल्छिन् रमा शर्मा । म थिएँ सूर्यविनायकमार्गस्थित निष्ठा घरमा । म रमा बोलेको । नमस्कार रमाजी । तेजेश्वरको सुप्रभातम् । यहाँले आज स्वागत मन्तव्य राखिदिनुपर्छ' । रमा शर्माको बचन नेपाली शिक्षा परिषद परिवार अन्त पार्दैनन । रमा नेपाली शिक्षा परिषदको ढुकढुकी बनेकी नारी । राष्ट्रकवि माधवप्रसाद घिमिरे अध्यक्षासनमा स्थापित छन् । भानुका भक्त चेला । भुक्तभोगी हामी नेपाली चेला । मरिरहेछौँ मिलिजुली नेपाली वाङ्मय मेला । भानु चेत जयन्ती मेला । निस्वार्थ भावनाको ठेलमठेला ।
स्वागत मन्तव्य गन्तव्यमूलक बनोस् । मनको चाहना । गन्तव्य मूलक मन्तव्य आत्म आलाप नबनून् । यो नि नुनकै ठम्याई । यिनै धरातल माथि उभिँदै स्वागत मन्तव्य पस्के । भानु चेत नेपाली वाङ्मय चेत । जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ भानु चेतमूलक वाङमय नेपाली । विश्वभरि नै नेपाली छरिएछन् । वाङ्मय वाणी, ध्वनि, स्वर, गुञ्जन भाषा नेपाली । रम्घा अनि घाँसी कुवाका पे्ररणा ध्वनि रम्घा तनहूँबाट नेपाल राष्ट्र व्यापिए । व्यापिँदै व्यापिँदै छ नेपाली विश्व चेतभरी नेपालीमूलहरूसितै । व्यापिँदैछ नेपाली अनुरागीहरूसितै । जरूरी हुन्न र छैन पनि कि यसको दायरा भाषिक र साहित्यिक मात्र बनोस् । भाषा हो राजनीतिक परिवेश घुम्छ । अनेक शास्त्रीय व्योम विचरण गर्छ । यसले स्वर्ग, मत्र्य र यमलोक पनि चहार्छ ।
३।४ मिनेटको छोटो छरितो स्वागत मन्तव्य लेखनाथ सदनको यो । आनन्ददेव भट्टजीले २०११।२०१२ साले भाइचारे बिउँझाउँदो अञ्जुली पात्र जोडे । अञ्जुली एक मुठी पानी अध्र्य चढाउने हत्केला । दुबैले हात मिलायौँ । अध्र्य दिए लिँए झैँ लाग्यो । भन्नुभो, 'तपाईंको छोटोछरितो मन्तव्यभित्र लामो गन्तव्य निहित छ । त्यसलाई व्याख्या दिनस् । मन पर्खन्छ मेरो' । स्वीकारोक्ति मेरो यो । तिनकै ज्वलन्त उदाहरण बनून मन ठान्छ । आनन्ददेव भक्तपुर भरी बसे भेट्दै रहेँ । चितवन पुगे भट्थेँ । धरान पुगे । त्यहाँ नि भेटेँ । उहाँ त प्राध्यापन गर्ने । तन्नेरी पेशा । मानौँ । तन्नेरी ताकती मल लगाउनुपर्दोरैछ बाँच्ने पेशाका लागि । भानुचेत सम्हालेर बोलिरहेछ । कोरिरहेछु । भानु चेतसित मेरा न कुनै सहोदर रक्तसम्बन्ध । न वैचारिक सिद्धान्त । कार्ल माक्र्ससितका मानवीय संचेतनाका पराग मेरो राग । विन्सटन चर्चिलका रणनीतिक चातुर्यमा भन्दा उनका उत्पे्ररक बोली बचन, उत्कण्ठा र आहृवान सरल, सहज अनि सफल ।
द्वितीय विश्वयुद्धको सँघारैमा विष्टन चर्चिल कुर्लेथे । उनको कुल्र्याईमा आर्ट क्रन्दन सुनिन्छ । क्रन्दन त आत्म भरोसापुर्खा । आत्मभरोसा उत्साह र दृढ सङ्कल्पसहितको । निश्चित लक्ष्यपूर्ण । लक्ष्यपूर्ति खातिर कुशल रणनीतिक वाचाल कण्ठ फुकाई यो । कता कता 'लोकको गरूँ हित' ध्वनि गुञ्जनभित्र सामरिक आर्ट होइन तर राष्ट्र भक्ति र पे्रमका छनक तरङ्गएिको तराना झङ्कृत सुनिरहेछु । सुन्दैछु यससित लोकहित चेत जगाउने चस्काका चस्किँदो चसचसहरू । भानु चेत जयन्तीको 'जयन्ती मङ्गलाकारी भद्रकाली कपालिनी' मर्म विन्याश गर्दछु झैँ लाग्छ यतै । त्यो लोकहित सूचक मन्त्र रक्तरञ्जित थिएन । न त विभिषिकापूर्ण नै तर पक्कै पनि नेपाल राष्ट्र निर्माणको वाङ्मयी वाणि विगूल भने साँच्चासाँच्चि थियो, हो र रहनेछ ।
यसो मुन्टो फर्काएँ । कमलमणि दीक्षितलाई भेटाउन । एक घण्टे समर्पित सयसँगै उहाँले ठाउँ छाडिसकेथे । त्यतै डा. मोदनाथ प्रश्रति र डा. माधवप्रसाद पोखरेल एक साथ देखेँ । सँगै बस्न पुगेँ । मोदनाथ डाक्टरसाबले भनिहाल्नु भयो, 'तपाईंकै नाम लिइरहेको' । किन र ? जिज्ञासामा डा. माधव भन्दै थिए, 'त्यहाँ त बाहुनै बाहुन रहेछन्' । ग्वङ्गजी छन् नि' । उ पनि त बाहुनै हुन्' डा. पोखरेलले भने । बिस्मश्रति हाँसो हाँसे मुसक्क । म कसरी बाहुन ?' जिज्ञासा पस्काएँ ।' बाहुनले नगर्या संस्कृत श्लोकको व्याख्यान् दिने बाहुन नभए को त ?' डा. पोखरेलले मुखैमा बुजो लगाउनुभयो । 'जसले चेत ब्रहृम बक्छ उही त ब्राहृमण' मोदनाथ प्रश्रतिका प्राकृत डाक्टरले प्राकृत उपचार गर्नुभयो । संस्कृतमा ब्राहृमण शब्दको दुई रूप त्यसैले बन, 'द्विज' । आफैँसित बाँचे, दुईजन्म पाएका 'द्विज' । आमाको गर्भबाट पहिलो जन्म । चेत - ब्रम्हबाट दोस्रो । भन्ठान्छु ः यी सबै असरल सरलता 'भानु चेत जयन्ती' कै उपज ! भानु चेत जयन्तीलाई नै समर्पण !!!
'जन्मना जायते शुद्रः संस्कारत द्विजः उच्यते
बेदापाठी भवेत् बिप्रो ब्रहृम जानाति ब्राहृमण ।
शनिबार, गोरखापत्र
भाद्र १२, २०६७
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
17 min 39 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 44 min ago - hlw
22 hours 25 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 9 hours ago - Good
1 week 9 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- कुरा चल्दैछ तिम्रो बारे
- डर लाग्छ
- रातो कोट
- समस्या
- छातीको दुध मेरो
- लट्ठई पार्यो साँच्चै तिम्रो आँखा कर्काइले
- गजल
- तिम्रो नजर वाण भयो (दोहोरी गजल)
- कम्युनिस्ट भएपछि भाग्न वाध्य भएँ- खगेन्द्र संग्रौला
- तपाइँको पहाड कहाँ हो ?
- कथामा समाजको चित्र
- कुरो कुन्थरो
- असार
- कसरी म हाँसु ?
- बनी प्रेमको प्याला
- तिम्रो उपहार
- ऊ र उसको सहर
- साथी
- एन्आरएन् वृद्धाश्रमको प्रेक्षालयमा पल्लव साहित्य सम्मान सम्पन्न
- "भाग्यको घाम डुबेछ "

Post new comment