मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

भानु चेत जयन्तीमा बाहुन बनाइँदा

kbs — Wed, 09/01/2010 - 22:21

  • संस्मरण
  • तेजेश्वरबाबु ग्वंगः
  • गोरखापत्र

२०६७ आषाढ २९ मङ्गलबार। भानु जयन्ती । भानु चेतलाई बोकेर घर बाहिरिएँ । बिहान ९ः३० तिरै । भक्तपुर, कान्तिपुर, ललितपुर, तीनधाम । यमपुर अन्तिम धाम । यमपुर सायद भानुको पनि पुर । साझा पुरस्कार वितरण त्यही दिन पारिएको । कृष्णचन्द्रसिंह प्रधान साझाको पूर्व अध्यक्ष व्यवस्थापक । दिवंगत प्रधान प्रति १ मिनेट मौन श्रद्धाञ्जली अर्पण । त्यसै अवसरको औसर बन्यो । साझा प्रकाशनले प्रधानप्रति अर्पेको मौन श्रद्धाञ्जली । भानु चेतभित्रबाट टप्केका श्रद्धाभाव । लोकको गरौँ हित भनी ।

लोकहितसित गुँढेका भानु चेत । अचेत थिएन । वर्तमान चेतसित सटेका लोकभन्दा विशुद्ध चेत । भानु चेत सर्जक चेत । सर्जक प्रलोभनका कवच धारण गर्दैनन् । गर्जकहरू प्रलोभनको दलदलमा फसेकाफस्यै गर्छन् । सुनौलो सिक्रीका प्रलोभनमा भाँसेका बटुवाको भोगाई वर्णन । कङ्कन लुब्ध पान्थ कथा । आफू फस्नेले अरूलाई नफसाइ छाड्दैन ।

कहाँ भानु चेतभित्रको लोक । लोक जसले आलोक छर्छ । भानु चेत लोक । घँसियाबाट चेतजन्य पाठ सिक्छ भानु । सरल जीवनवृत्तिबाट चेत सहज बनाउँछ त्यो । त्यो भानु । भानु चेत त्यो । सरललाई स्वीकार्‍यो त्यसले । स्वीकारेकालाई सहज बनायो । चेतलाई लिपिबद्ध बनायो त्यसले । लिपिबद्ध रामायण । अनि बधूशिक्षा र अरू अरू पनि । लिपिबद्ध पार्नु सिर्जना सर्जकका सिर्जना लोकमूलक हुन्छ । आफ्नै मतलब साध्य । भानुले नेपाली लोक वाङ्मयलाई आफ्नो लोक बनाए । नेपाली भाषा वाङ्मयलई लोक बनाए आफ्नो । आफू जस्तै सबै सबै नेपाली नै नेपालीको नेपालीको ! आफ्नै आफैँ नेपाली ।

आफैँसित प्रश्न गर्छु । कुन लोकमा छु म ? भानु चेत लोकमा या भानु चेत च्यूत लोकमा ? लाग्छ कठै म भन्ने यो जन्तु भानु चेत-च्यूत लोकको बैतर्निमा चुलिरहेछु । यो बैतर्नि जहाँ नदीहरू सारा साल-नाल-ढलमा परिणति बग्छ । नारकीय डुङ्डुङ् दुर्गन्ध ठसठसाउँछ । जहाँका सडकहरू रछ्यानका अहाल बन्दोछ । यो लोक जहाँ लोक सरोकार ओझेलिएको छ । हुलमूले शूलैशुलमात्र असूल फसूल भइरहेको रहृयै छ । आलोक लोप भइरहेको लोक । पक्कै भानु चेत लोक यस्ता लोक होइन । थिएन पनि पक्कै ।

कहाँ उजागर हुनु गर्नु । भानु चेत । कहाँ तहस नहस हुनु, गर्नु ? कहाँ सिर्जनात्मक आलोक छर्नु ? सायद, यो र्‍हासोन्मुख लोकलाई थाहा हुन्न । जे थाहा हुनपथ्र्यो, थाहा छैन यसलाई । जे कसैको थाहामा लाग्नु हुन्नथ्यो, उही निशेष योग्य थाहा यिनका थाहा । निषेध योग्य थाहा विध्वंशकारी मात्र । लोकको गरूँ हित भन्दै नारद सत्य लोक पुगेथे । भानु चेतको बखान यो । सत्यलोक पुगिसकेका नारद असत्य लोक र्फकलान कतै यतै ? सन्देहात्मक प्रसङ्ग । मसित बचेखुचेको सिरिखरी अलकपुरी कान्तिपुर नगरी । आइहाले नि वर्किफर्कि भन्दा हुन् भ्रान्तिपुरी यो भ्रम खेती बारी !

जहाँसम्म पृथ्वी तहाँसम्मै सत्य । सत्य धरतीजन्य स्वभाव । धारणशक्तिमा सत्य अड्छ । धारणशक्तिको जरो धैर्य । धीरता । धैर्यता होइन । भाषिक सत्य हराउँछ धैर्यतामा । धीरतामा बाँच्छ भाषिक सत्य । बचाउनु पर्नेमा र्‍हास पुर्‍याउने चेष्टा भ्रमखेती । अग्रज माथिको अनास्था । आफ्नै अन्तरचेतप्रतिका व्यग्रता । व्यग्रता, अनास्था, अश्रद्धा भावभ्रमका बीउ । भानुले नारदलाई सत्यलोक पुर्‍याए । हाम्रै लोकलाई सत्यमा साकार पार्न । नारद त पौराणिक सञ्चार दूत । गुढ सन्देशलाई साकार सञ्चार गर्न ।

जेहोस् भानु चेत एक भाषिक चेत । उनको भाषिक चेत कण्ठ मुखरन चेत । कण्ठ मुखरन चेत लिपिबद्धताको अगि्रम पाइला चेत । लिपिबद्धताको चेत भाषिक चेत । चेत उत्कण्ठा । उत्कण्ठा आन्दोलनको बिगूल । भानु चेतले सत्यलोकको बिगुल फुक्यो । बिगुल जसबाट गुञ्जियो "लोकको गरूँ हित भनी" । कान त उही कान हो । थाप्याथाप्यै हुन्छ तर खैर कानभित्र घुस्न सकेको .. ? सायद कलीको स्वर बिठयाङ्गी हुन्छन् अथवा भ्रामक ? प्रश्न चिन्ह युग पुकार बनोस् । लाग्छ कठै भानुभित्रका भानुमा भाषा अनुराग नउठ्दा हो त भानु चेतको प्रसङ्ग तुहिँदो हो ... । भानुको अनुराग भाषिक थियो । भाषिक अनुराग नेपाल र नेपालीप्रतिको अनन्त राग अभिव्यक्तिको अनुराग । जीवनदायक हरियो जैविक साग । नेपाली वाङ्मयको हरियो पौष्टिक साग । जीवन्त नेपाली नेपालको वाङ्मय कण्ठनाद ।

दूरभाषाबाट बोल्छिन् रमा शर्मा । म थिएँ सूर्यविनायकमार्गस्थित निष्ठा घरमा । म रमा बोलेको । नमस्कार रमाजी । तेजेश्वरको सुप्रभातम् । यहाँले आज स्वागत मन्तव्य राखिदिनुपर्छ' । रमा शर्माको बचन नेपाली शिक्षा परिषद परिवार अन्त पार्दैनन । रमा नेपाली शिक्षा परिषदको ढुकढुकी बनेकी नारी । राष्ट्रकवि माधवप्रसाद घिमिरे अध्यक्षासनमा स्थापित छन् । भानुका भक्त चेला । भुक्तभोगी हामी नेपाली चेला । मरिरहेछौँ मिलिजुली नेपाली वाङ्मय मेला । भानु चेत जयन्ती मेला । निस्वार्थ भावनाको ठेलमठेला ।

स्वागत मन्तव्य गन्तव्यमूलक बनोस् । मनको चाहना । गन्तव्य मूलक मन्तव्य आत्म आलाप नबनून् । यो नि नुनकै ठम्याई । यिनै धरातल माथि उभिँदै स्वागत मन्तव्य पस्के । भानु चेत नेपाली वाङ्मय चेत । जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ भानु चेतमूलक वाङमय नेपाली । विश्वभरि नै नेपाली छरिएछन् । वाङ्मय वाणी, ध्वनि, स्वर, गुञ्जन भाषा नेपाली । रम्घा अनि घाँसी कुवाका पे्ररणा ध्वनि रम्घा तनहूँबाट नेपाल राष्ट्र व्यापिए । व्यापिँदै व्यापिँदै छ नेपाली विश्व चेतभरी नेपालीमूलहरूसितै । व्यापिँदैछ नेपाली अनुरागीहरूसितै । जरूरी हुन्न र छैन पनि कि यसको दायरा भाषिक र साहित्यिक मात्र बनोस् । भाषा हो राजनीतिक परिवेश घुम्छ । अनेक शास्त्रीय व्योम विचरण गर्छ । यसले स्वर्ग, मत्र्य र यमलोक पनि चहार्छ ।

३।४ मिनेटको छोटो छरितो स्वागत मन्तव्य लेखनाथ सदनको यो । आनन्ददेव भट्टजीले २०११।२०१२ साले भाइचारे बिउँझाउँदो अञ्जुली पात्र जोडे । अञ्जुली एक मुठी पानी अध्र्य चढाउने हत्केला । दुबैले हात मिलायौँ । अध्र्य दिए लिँए झैँ लाग्यो । भन्नुभो, 'तपाईंको छोटोछरितो मन्तव्यभित्र लामो गन्तव्य निहित छ । त्यसलाई व्याख्या दिनस् । मन पर्खन्छ मेरो' । स्वीकारोक्ति मेरो यो । तिनकै ज्वलन्त उदाहरण बनून मन ठान्छ । आनन्ददेव भक्तपुर भरी बसे भेट्दै रहेँ । चितवन पुगे भट्थेँ । धरान पुगे । त्यहाँ नि भेटेँ । उहाँ त प्राध्यापन गर्ने । तन्नेरी पेशा । मानौँ । तन्नेरी ताकती मल लगाउनुपर्दोरैछ बाँच्ने पेशाका लागि । भानुचेत सम्हालेर बोलिरहेछ । कोरिरहेछु । भानु चेतसित मेरा न कुनै सहोदर रक्तसम्बन्ध । न वैचारिक सिद्धान्त । कार्ल माक्र्ससितका मानवीय संचेतनाका पराग मेरो राग । विन्सटन चर्चिलका रणनीतिक चातुर्यमा भन्दा उनका उत्पे्ररक बोली बचन, उत्कण्ठा र आहृवान सरल, सहज अनि सफल ।

द्वितीय विश्वयुद्धको सँघारैमा विष्टन चर्चिल कुर्लेथे । उनको कुल्र्याईमा आर्ट क्रन्दन सुनिन्छ । क्रन्दन त आत्म भरोसापुर्खा । आत्मभरोसा उत्साह र दृढ सङ्कल्पसहितको । निश्चित लक्ष्यपूर्ण । लक्ष्यपूर्ति खातिर कुशल रणनीतिक वाचाल कण्ठ फुकाई यो । कता कता 'लोकको गरूँ हित' ध्वनि गुञ्जनभित्र सामरिक आर्ट होइन तर राष्ट्र भक्ति र पे्रमका छनक तरङ्गएिको तराना झङ्कृत सुनिरहेछु । सुन्दैछु यससित लोकहित चेत जगाउने चस्काका चस्किँदो चसचसहरू । भानु चेत जयन्तीको 'जयन्ती मङ्गलाकारी भद्रकाली कपालिनी' मर्म विन्याश गर्दछु झैँ लाग्छ यतै । त्यो लोकहित सूचक मन्त्र रक्तरञ्जित थिएन । न त विभिषिकापूर्ण नै तर पक्कै पनि नेपाल राष्ट्र निर्माणको वाङ्मयी वाणि विगूल भने साँच्चासाँच्चि थियो, हो र रहनेछ ।

यसो मुन्टो फर्काएँ । कमलमणि दीक्षितलाई भेटाउन । एक घण्टे समर्पित सयसँगै उहाँले ठाउँ छाडिसकेथे । त्यतै डा. मोदनाथ प्रश्रति र डा. माधवप्रसाद पोखरेल एक साथ देखेँ । सँगै बस्न पुगेँ । मोदनाथ डाक्टरसाबले भनिहाल्नु भयो, 'तपाईंकै नाम लिइरहेको' । किन र ? जिज्ञासामा डा. माधव भन्दै थिए, 'त्यहाँ त बाहुनै बाहुन रहेछन्' । ग्वङ्गजी छन् नि' । उ पनि त बाहुनै हुन्' डा. पोखरेलले भने । बिस्मश्रति हाँसो हाँसे मुसक्क । म कसरी बाहुन ?' जिज्ञासा पस्काएँ ।' बाहुनले नगर्‍या संस्कृत श्लोकको व्याख्यान् दिने बाहुन नभए को त ?' डा. पोखरेलले मुखैमा बुजो लगाउनुभयो । 'जसले चेत ब्रहृम बक्छ उही त ब्राहृमण' मोदनाथ प्रश्रतिका प्राकृत डाक्टरले प्राकृत उपचार गर्नुभयो । संस्कृतमा ब्राहृमण शब्दको दुई रूप त्यसैले बन, 'द्विज' । आफैँसित बाँचे, दुईजन्म पाएका 'द्विज' । आमाको गर्भबाट पहिलो जन्म । चेत - ब्रम्हबाट दोस्रो । भन्ठान्छु ः यी सबै असरल सरलता 'भानु चेत जयन्ती' कै उपज ! भानु चेत जयन्तीलाई नै समर्पण !!!

'जन्मना जायते शुद्रः संस्कारत द्विजः उच्यते
बेदापाठी भवेत् बिप्रो ब्रहृम जानाति ब्राहृमण ।

शनिबार, गोरखापत्र
भाद्र १२, २०६७

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 0
Tweet

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    17 min 39 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 44 min ago
  • hlw
    22 hours 25 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 16 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 9 hours ago
  • Good
    1 week 9 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • कुरा चल्दैछ तिम्रो बारे
  • डर लाग्छ
  • रातो कोट
  • समस्या‏
  • छातीको दुध मेरो
  • लट्ठई पार्यो साँच्चै तिम्रो आँखा कर्काइले
  • गजल
  • तिम्रो नजर वाण भयो (दोहोरी गजल)
  • कम्युनिस्ट भएपछि भाग्न वाध्य भएँ- खगेन्द्र संग्रौला
  • तपाइँको पहाड कहाँ हो ?
  • कथामा समाजको चित्र
  • कुरो कुन्थरो
  • असार
  • कसरी म हाँसु ?
  • बनी प्रेमको प्याला
  • तिम्रो उपहार
  • ऊ र उसको सहर
  • साथी
  • एन्आरएन् वृद्धाश्रमको प्रेक्षालयमा पल्लव साहित्य सम्मान सम्पन्न
  • "भाग्यको घाम डुबेछ "
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित