मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
निदाएँ (लघुकथा)
kbs — Wed, 09/01/2010 - 22:22
मृगौलाको डायलसिस गर्दा-गर्दा मरणतुल्य भएको छु । आर्थिक हैसियत छैन, गरिब छु । कतिदिन अझ बाँच्ने छु - केही ठेगान छैन । श्रीमतीका आँखामा हेर्छु - त्यहाँ आँसु छन् । अबोध छोराछोरी, हुर्कि नसकेका छोराछोरीका आँखामा हेर्छु - त्यहाँ एकसाथ आँसु र विछोडको भय छ । आफ्नो शिरबाट अभिभावकको हात सदाका लागि छुट्दा के होला - सोचेर, कलिला नानीहरूको हृदयमा तूफान छ, चोट छ, व्यथा छ ।
श्रीमतीले सबै गरिसकिन् - बेचिसकिन् सबै चल-अचल ज्यथा ! अब केही त छैन, यो एउटा दुःखगरी सिर्जना गरेको १० धुर जमिन र दुई कोठाको ससानो घर बाहेक । उनी यो पनि बेच्न भन्दैछिन् । म अड्डी लिंदैछु - अहँ हुँदैन । मेरो शेष पछि उनीहरूलाई फुटपाथमा मैले पुर्याउनु हुँदैन...।
त्यसैले उनीसित मेरो कलह छ । आँखामा आँसु त उस्तै हो, मेरो पनि छ, उनको पनि छ...।
एउटा ससानो जागीर रोगी भएकैले छुट्यो - प्राइभेट जागिरमा त्यस्तै हो । मालिकले समर्थहुँदा सम्म काम लियो असक्त भएपछि माखो झिकेर फ्याँकेझैं फ्याँकिदियो ।
गरिब भनेर निम्न वर्गीय गरिबको कोटीमा पनि परिन - जहाँ यो रोग भन्ने पनि पत्तो नपाई दिनहुँ कति-कति मरिरहेका होलान् । म त्यस्तो गरिब भएँ, अलि-अलि पढेलेखेको, अलि-अलि हातमुख जोड्न समर्थ, अलि-अलि सभ्य, जसलाई सजिलै मरिदिन पनि कठिन भयो ।
''के दियो यो परिवर्तनले तपाईंलाई...? खूब लोकतन्त्र गणतन्त्र भन्नुहुन्थ्यो, कुद्नुहुन्थ्यो, यो रोगले च्याप्दा के दियो तपाईंलाई ?......!'' श्रीमती रुन्छिन्, चिच्याउँछिन् । साँच्चै यो देशका गरिबहरूलाई के दियो राज्यले...जिउँदैमा के दियो ? मलाई पनि चिच्याई दिन मन लाग्छ । तर म ज्यानको बाजी थापेर ल्याएको लोकतन्त्रलाई,गणतन्त्रलाई ह्रृदयबाट सहजै मिल्क्याउन सक्दिन...।
आज बजेट भाषण सुनिरहेको छु । पछाडि परेका जातजातीलाई छ बजेट । कोही धनी नै भए पनि 'दलित' भए देखिन् उसलाई पनि अरे बजेट । तर म गरिब नै भए पनि, रोगी नै भए पनि बाहुन अरे, मलाई थिएन । दलितलाई, महिलालाई, अपाङ्गलाई, वृद्ध-वृद्धालाई छ बजेट तर अहँ, मैले ध्यान दिएर सुनें - म गरिब रोगीलाई एक पैसा छैन ।
अचानक मृगौला डायलासिस निशुल्क राज्यले गरिदिने सुनें र तत्काल बाँच्ने चाहना जागेर आयो । तर तत्काल मुर्झाएँ । किनभने त्यो ७५ वर्षको बूढोलाई अरे, म ४५ वर्षको, अझै बाँच्ने चाहना भइरहेको गरिब रोगीलाई होइन अरे ! म गरिब, परिवर्तनका लागि जतिसुकै जनआन्दोलनमा चिच्याई-चिच्याई निरंकुशताको विरोधमा सडकमा ज्यानको बाजी राखेर उपि|mए पनि केही-केही छैन अरे...!
बोल्दा-बोल्दै निदाउन थालें । श्रीमतीलाई भन्छु - पीर नगर्नु ! राम्ररी छोराछोरीको हेर-विचार गर्नु । मैले केही दिन सकिन । एकदिन यसैगरी सुतेको सुतेई सदाका लागि विदा हुन्छु...! उनी बोल्दिनन् । रून्छिन् केवल...! म बोल्दा-बोल्दै निदाउन लागें । नि..दा..एँ....!
शनिबार, गोरखापत्र
भाद्र १२, २०६७
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
19 hours 24 min ago - hlw
22 hours 5 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 16 hours ago - Pratikritiya dinu vaekoma
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- कविता : जिन्दगी....
- ऊ बेश्या होइन
- मेरो राजधानी ( लघुकथा )
- ३ मुक्तकहरू
- ‘नारीको अग्रगामितामा पुरुष बाधक बन्नु हुँदैन’ (आलेख)
- गणतन्त्र (लघुकथा)
- "जुनेली रात"
- मोफसलः पीडा र रचनाशक्ति
- मझेरी विज्ञप्ति
- यत्ति धेरै माया किन
- दसैं, ब्याज र नरपिसाचहरू
- अभिसप्त समयको घिनलाग्दो पात्र
- छिमेकीको छाता र छाडा छोराहरू
- खन्ती
- उसको निम्ति तिमी हाँसे पनि !
- हाम्रो बाको शिरको टोपी
- रन्थनिएर ईलाका, बस्ती र गाउँ
- झटारो
- रक्सी
- आमा

Post new comment