मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

निदाएँ (लघुकथा)

kbs — Wed, 09/01/2010 - 22:22

  • लघु कथा
  • नारायण तिवारी
  • गोरखापत्र

मृगौलाको डायलसिस गर्दा-गर्दा मरणतुल्य भएको छु । आर्थिक हैसियत छैन, गरिब छु । कतिदिन अझ बाँच्ने छु - केही ठेगान छैन । श्रीमतीका आँखामा हेर्छु - त्यहाँ आँसु छन् । अबोध छोराछोरी, हुर्कि नसकेका छोराछोरीका आँखामा हेर्छु - त्यहाँ एकसाथ आँसु र विछोडको भय छ । आफ्नो शिरबाट अभिभावकको हात सदाका लागि छुट्दा के होला - सोचेर, कलिला नानीहरूको हृदयमा तूफान छ, चोट छ, व्यथा छ ।

श्रीमतीले सबै गरिसकिन् - बेचिसकिन् सबै चल-अचल ज्यथा ! अब केही त छैन, यो एउटा दुःखगरी सिर्जना गरेको १० धुर जमिन र दुई कोठाको ससानो घर बाहेक । उनी यो पनि बेच्न भन्दैछिन् । म अड्डी लिंदैछु - अहँ हुँदैन । मेरो शेष पछि उनीहरूलाई फुटपाथमा मैले पुर्‍याउनु हुँदैन...।

त्यसैले उनीसित मेरो कलह छ । आँखामा आँसु त उस्तै हो, मेरो पनि छ, उनको पनि छ...।

एउटा ससानो जागीर रोगी भएकैले छुट्यो - प्राइभेट जागिरमा त्यस्तै हो । मालिकले समर्थहुँदा सम्म काम लियो असक्त भएपछि माखो झिकेर फ्याँकेझैं फ्याँकिदियो ।

गरिब भनेर निम्न वर्गीय गरिबको कोटीमा पनि परिन - जहाँ यो रोग भन्ने पनि पत्तो नपाई दिनहुँ कति-कति मरिरहेका होलान् । म त्यस्तो गरिब भएँ, अलि-अलि पढेलेखेको, अलि-अलि हातमुख जोड्न समर्थ, अलि-अलि सभ्य, जसलाई सजिलै मरिदिन पनि कठिन भयो ।

''के दियो यो परिवर्तनले तपाईंलाई...? खूब लोकतन्त्र गणतन्त्र भन्नुहुन्थ्यो, कुद्नुहुन्थ्यो, यो रोगले च्याप्दा के दियो तपाईंलाई ?......!'' श्रीमती रुन्छिन्, चिच्याउँछिन् । साँच्चै यो देशका गरिबहरूलाई के दियो राज्यले...जिउँदैमा के दियो ? मलाई पनि चिच्याई दिन मन लाग्छ । तर म ज्यानको बाजी थापेर ल्याएको लोकतन्त्रलाई,गणतन्त्रलाई ह्रृदयबाट सहजै मिल्क्याउन सक्दिन...।

आज बजेट भाषण सुनिरहेको छु । पछाडि परेका जातजातीलाई छ बजेट । कोही धनी नै भए पनि 'दलित' भए देखिन् उसलाई पनि अरे बजेट । तर म गरिब नै भए पनि, रोगी नै भए पनि बाहुन अरे, मलाई थिएन । दलितलाई, महिलालाई, अपाङ्गलाई, वृद्ध-वृद्धालाई छ बजेट तर अहँ, मैले ध्यान दिएर सुनें - म गरिब रोगीलाई एक पैसा छैन ।

अचानक मृगौला डायलासिस निशुल्क राज्यले गरिदिने सुनें र तत्काल बाँच्ने चाहना जागेर आयो । तर तत्काल मुर्झाएँ । किनभने त्यो ७५ वर्षको बूढोलाई अरे, म ४५ वर्षको, अझै बाँच्ने चाहना भइरहेको गरिब रोगीलाई होइन अरे ! म गरिब, परिवर्तनका लागि जतिसुकै जनआन्दोलनमा चिच्याई-चिच्याई निरंकुशताको विरोधमा सडकमा ज्यानको बाजी राखेर उपि|mए पनि केही-केही छैन अरे...!

बोल्दा-बोल्दै निदाउन थालें । श्रीमतीलाई भन्छु - पीर नगर्नु ! राम्ररी छोराछोरीको हेर-विचार गर्नु । मैले केही दिन सकिन । एकदिन यसैगरी सुतेको सुतेई सदाका लागि विदा हुन्छु...! उनी बोल्दिनन् । रून्छिन् केवल...! म बोल्दा-बोल्दै निदाउन लागें । नि..दा..एँ....!

शनिबार, गोरखापत्र
भाद्र १२, २०६७

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 2
Tweet

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 24 min ago
  • hlw
    22 hours 5 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 16 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 8 hours ago
  • Good
    1 week 8 hours ago
  • .Thanks
    1 week 16 hours ago
  • Pratikritiya dinu vaekoma
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • कविता : जिन्दगी....
  • ऊ बेश्या होइन
  • मेरो राजधानी ( लघुकथा )
  • ३ मुक्तकहरू
  • ‘नारीको अग्रगामितामा पुरुष बाधक बन्नु हुँदैन’ (आलेख)
  • गणतन्त्र (लघुकथा)
  • "जुनेली रात"
  • मोफसलः पीडा र रचनाशक्ति
  • मझेरी विज्ञप्ति
  • यत्ति धेरै माया किन
  • दसैं, ब्याज र नरपिसाचहरू
  • अभिसप्त समयको घिनलाग्दो पात्र
  • छिमेकीको छाता र छाडा छोराहरू
  • खन्ती
  • उसको निम्ति तिमी हाँसे पनि !
  • हाम्रो बाको शिरको टोपी
  • रन्थनिएर ईलाका, बस्ती र गाउँ
  • झटारो
  • रक्सी
  • आमा
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित