मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

समस्या‏

gita thapa — Fri, 09/03/2010 - 20:38

  • सामाजिक कथा
  • गीता थापा (दोषी)

असार साउनको महिना आकाश घमाइलो भएको छ । एकै छिनमा चुँक-घोप्टाएको जस्तो कालोमैंलो बादल उडेर आकाशबाट बर्षाद हुन बेर लाग्दैनँ । सडक अनि गल्ली-गल्लीमा महिला मुक्तिका नारा घन्किरहेका छन् । नारा र जुलुशले उठाएका मुद्दाप्रति कसैको ध्यान गएको छैन ।

महिला सम्बन्धी कानुन कागजी रूपमा राम्रा बने पनि व्यवहारमा लागु गर्न नसकेकाले महिलाको समस्या जस्ताको तस्तै छ । उनी यस्तै कुराहरूले आफ्नो मनलाई तल्लिन बनाउँदै झ्याल भित्रबाट बाहिरको दृष्य नियाल्दै आफूभित्र फर्किएर हेर्दैछिन् । झ्याल भित्रैबाट संसारलाई अवलोकन गर्नु पर्ने बाध्यतासँग उनी राम्रोसँगले परिचित छिन् । एक बर्षको दुधे बालक छोडेर शहर पसेकी उनी शहर पस्नुको सबैभन्दा प्रमुख कारण गरिबी नै थियो ।

घरमा तीन बीस काटेकी वृद्ध सासूलाई एकसरो आङ ढाक्ने लुगा फेर्दिन नसक्दा कठ्याँग्रिदो पुस माघको ठण्डी काट्न अँगेनासँग कुस्ती खेल्नु पर्ने हुन्थ्यो । उनको नारी मन ती सब कुरा चुप-चाप सहन गर्न सक्दैनथ्यो । त्यसैले उनले कमाउनको लागि शहर पस्ने कुरासँग सम्झौता गरेर सासूलाई दुधे बालक छोडेर उनी घरबाट हिँडेकी थिइन् । उनी घरको संघार नाघेर हिँड्दा सारीको फेर समातेर चिच्च्याई-चिच्च्याई रुँदै "छोडेर नजानु" भनेर छोराले गरेको साङ्केतिक आग्रह बुझेर पनि अबुझ भएर पछाडि फर्केर हेर्दै नहेरिकनबाटो लागेकी थिइन् । भोलिको सुखी भविष्यको कल्पनामा निमग्न भएर ।

तर सोचेजस्तो कहाँ हुदो रहेछ र जीवन ! उनको जीवन पनि उनले सोचे जस्तो भएन । सारीको फेरले आँखाबाट बगेका बलिन्द्र धारा आँशु पुछ्दै आफ्ना पाइला अगाडि लम्काउँदै गर्दा बाटोमा कसैको आवाज आयो, "बहिनी बहिनी !"

त्यो आवाजले उनलाई पछाडि फर्केर हेर्न वाध्य बनायो । गहुँगोरो बर्णकी हेर्दा राम्री नारी शृंगारमा सजियकी अन्दाजी दुई बीसको हाराहारीकी महिला उनी सामु उभिएकी थिइन् । नयाँ भविष्यको खोजीमा पाइला लकाएकी उनी भर्खर ग्रामीण भेगको गरिबी परिवेशसँग मात्रै परिचित थिइन् । तर नारीबाटै नारी बेचिनु पर्छ भन्ने कुरामा उनी अनभिज्ञनै थिइन् । उनलाई त बडो खुशी लागेको थियो ती महिलासँग भेटेर आफ्नो दु:खका कुरा बाँड्न पाउदा ।

"सहयोग गर्छु म तिमीलाई" भनेको कर्णप्रिय आवाज सुन्न पाउदा उनले ती महिलालाई आफ्नो भाग्य बिधातानै सम्झिएर धेरै माथि उच्च दर्जामा राखेकी थिइन् । उनका कुरा सुन्दा र "तिमी शहर गएर बेरोजगारी भएर बस्नु पर्दैन, म तिमीलाई काम लगाइदिन्छु," भन्दा उनले ती महिलालाई गुम्लुङग अंगालो हालिकी थिइन् ।

ती महिलाले नै "भोक लाग्यो होला । जाऔं ऊ त्यो होटेलमा केही खानेकुरा पाइन्छ कि !" भन्दै नजिकैको होटेलमा लेगेर टन्नै खानेकुरा खुवाएर गाडीको टिकट पनि उनैले काटेर शहर छिराइन । ती महिलासँग साथमा अर्की महिला पनि थिइन् । भन्दैथिन यिनलाई पनि काम लगाइदिन शहर लागेको । त्यो शब्दले उनी कति खुशी भएकी थिइन् । उनले आज जीवन नर्कमा डुबेर प्रत्येक पल्ट काललाई निम्ता दिएर छिटो लैजा भन्नु पर्ने हुन्छ होला भन्ने दश मनमा एक मन शंकासम्म गरेकी थिइनन् । विवाह गरेर छ महिना पनि बित्न नपाउँदै भर्खर गर्भ रहेको संबेदनशील अवस्थामा काम खोज्न कोइलाखानी गएको श्रीमान छोरा जन्मिएर एक बर्षको हुँदासम्म अत्तोपत्तो थिएनँ । त्यसैले उनी कमाउन शहर पसेकी । तर, सपना केवल सपनामै सीमित भयो ।

ती महिलाले उनलाई शहर लागेर आफ्नै घरमा आश्रय दिएर एक हप्तापछि उनी जस्तै दिदी बहिनी भेला पारेर काम लगाइदिने आस्वासन दिएर बम्बैको कोठीमा ल्याएर बेचेको कुरा दुई दिनपछि होस आउँदा उनले थाहा पाएकी थिइन् । ती महिलाले रेल चढ्नु अघि यो औषधी खाए भमिट नहुने कुरा बताएर एउटा सानो ट्याब्लेट दिएको र आफूले खाएको सम्झना छ उनलाई । बुढी सासूलाई जाडोबाट मुक्ति दिलाउने सपना र आफ्नो छोरालाई राम्रो शिक्षा दिने सुन्दर कल्पना पाल्दै घरको संघार काटेकी उनी आज पनि पुरानो अतित सम्झिएर डाँको छोडेर रुन्छिन ।

ती प्वालै-प्वाल परेका लुगाबाट जाडो छिर्दा "अँझै काम्दै होलिन मेरी सासू ! धिक्कार छ म जस्ती आमालाई बोलीसम्म नफुटेको त्यो दुधे बालक कस्तो भयो होला ? सधैं आमा-बाबुका न्यानो मायालु काखबाट बञ्चित जिन्दगीसँग घिनमान्दै गाली गर्दो हो आफैंलाई र बिस्मात मान्दो हो आफ्नो जन्मप्रति । कोइलाखाने गएका श्रीमान घर सम्झेर आएकी आएनन् होला ? त्यो झ्याल बाहिरको दृष्य नियाल्दै । असार साउनको महिना र घुर्मैइलो आकाश देख्दा उनलाई कहिले यो पिँजडाबाट मुक्ति मिल्ला र जलेको मनलाई भिजाएर शीतल दिनुँ होला" भन्ने लाग्छ ।

टोलाउदै गर्दा ढोका बाहिरबाट आवाज आउँछ, "ग्राहक आएका छन् । शृंगार गरेर तयारी बन ।"

"घरमा दुधे बालकले एक मुठी जाउलो खाना पाएको छ कि छैन? हात थर्थराउदै बुढी भएकी सासू मेरो बाटो हेर्दै होलिन । यहाँ राक्षसहरूको यौवनको भोक मेटाउने खान्की भएर पलपल मर्दै बाँच्नु पर्दो रहेछ ।" उनी पागल जस्तै एक तमासको हाँसो छोड्छिन् रर शृंगारिनतिर लाग्छिन् ।

महिला मुक्तिका नारा र जुलुसको घन्काइ कान सामु गुञ्जिएकै हुन्छ । तर महिलासम्बन्धी कानुन कागजी रूपमा राम्रा बने पनि व्यवहारमा लागु गर्न नसकेकाले महिलाको समस्या जस्ताको तस्तै छ ।

अस्तु

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 8
Tweet

सधैं झैं मार्मिक नारीप्रधान

kbs — Sat, 09/04/2010 - 15:56

सधैं झैं मार्मिक नारीप्रधान लेख लिएर आउनुभो। धेरै पछि देखा पर्नुभो। स्वागत छ; अनि रचनाको लागि धन्यवाद!

  • reply

यहाँलाई पनि धेरै धेरै धन्यवाद

अतिथि — Mon, 09/06/2010 - 03:20

यहाँलाई पनि धेरै धेरै धन्यवाद कुमारजी।

  • reply

धन्यवाद एवम् बधाई गीता थापा

gorkhesailo — Tue, 09/07/2010 - 20:34

धन्यवाद एवम् बधाई गीता थापा दोषी बहिनीलाई

धन्यवाद एवम् बधाई गीता थापा दोषी बहिनीलाई । बहिनी तपाईले लेखेको हकिकत लेखसँग त म सयमा हजार प्रतिशत सहमत छु । यो सबै यथार्तता हो । आजको परिप्रेक्षमा एउटी नारीबाट नै अर्की नारीप्रतिको शोषण दमन र अत्यााचार भएको ब्यहोरा त हजुर्कै लेखले पनि पुष्टी गरेको देखिन्छ । नीयम र कानूनका कुरा त जुन देशमा सरकार नै छटैन त्यो देशमा हुने त कुरै भएन तैपनि नारीबाट नै नारी ठगिन्छे बेचिन्छे र लुटिन्छे भने अव यसको वकालत नारी स्वयमले नै गर्न पर्ने हैन र ?

मझेरीको नियमित पाठक
- गोर्खेसाइँलोचितवन ।

  • reply

सर्वप्रथम नमस्ते! हजुरका कुरा

अतिथि — Wed, 09/08/2010 - 04:51

सर्वप्रथम नमस्ते! हजुरका कुरा सत्प्रतिसत ठीक हुन गोर्खेसाइँलाज्यु!तर एउटा हातले ताली बज्दैनँ। नयाँ नेपालमा पुरानै कुराको सुधार भएको छैनँ । नयाँको आशा राख्नु त आकाशको फल आँखा तरी मर भने जस्तै भएको छ/ नारीले-नारीको पिडा बुझ्ने दिन त्यो दिन आउछ जुन दिन कलमको भाषा बुझ्ने शिक्षाको ज्योति गाउँ-गाउँमा सहि तरिकामा बितरण गरिनेछ।र प्रत्येक महिला दिदी बहिनीको मनमा सकरात्मक सोचको बिकाश गर्न सामजका अगुवा निस्वार्थ्य भावना बोकेर लाग्नेछन्/ यी सबैको एउटा मुल कारण शिक्षा र अर्को गरिवी हो हजुर। जुन दिन हाम्रो देश नेपालबाट गरिवीले बिदा लिन्छ।त्यो दिन अबस्य महिला दिदीबहिनीहरुलाई पनि आफ्नो गल्तीको महसुस हुनेछ। र हामीले यस्ता कुरा हटाउँन गरेको प्रयास पनि सफल हुनेछ। हजुरले कमेन्ट गरेर हौसला प्रदान गर्नु भएकोमा हृदयबाटै यहाँ प्रति हार्दिक आभार प्रकट गर्दछु। धन्यवाद

  • reply

गीता जी, तपाई को लेखन मा

अतिथि — Wed, 09/08/2010 - 15:49

गीता जी,
तपाई को लेखन मा कौशलता छ ! साधारण गाउका महिला हरु को पनि चेतना लाई उजागर गर्ने क्षमता देखिन्छ,
मेरो बिचार मा तपाइँ ले जस्तै एस देश का प्रतेक नागरिक ले आफ्नो आफ्नो क्षेत्र बाट देश को लागि कुनै न कुनै
योगदान दिएमा देश बलियो हुदै जाने थियो ! आशा गरौ देश र देश बासी लाई रुनु नपरोस धन्यवाद !!!

मिलन कार्की
बाग्लुंग

  • reply

मिलन जी,यहाँलाई हृदय देखि

अतिथि — Thu, 09/09/2010 - 03:11

मिलन जी,यहाँलाई हृदय देखि धन्यवाद।

  • reply

thank for you story gita

अतिथि — Fri, 09/10/2010 - 17:24

thank for you story gita

  • reply

Great.

Sam Khand Thakuri (not verified) — Thu, 04/07/2011 - 23:53

Great Gita G.

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    17 min 21 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 44 min ago
  • hlw
    22 hours 24 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 16 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 9 hours ago
  • Good
    1 week 9 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • लट्ठई पार्यो साँच्चै तिम्रो आँखा कर्काइले
  • गजल
  • तिम्रो नजर वाण भयो (दोहोरी गजल)
  • कम्युनिस्ट भएपछि भाग्न वाध्य भएँ- खगेन्द्र संग्रौला
  • तपाइँको पहाड कहाँ हो ?
  • कथामा समाजको चित्र
  • कुरो कुन्थरो
  • असार
  • कसरी म हाँसु ?
  • बनी प्रेमको प्याला
  • तिम्रो उपहार
  • ऊ र उसको सहर
  • साथी
  • एन्आरएन् वृद्धाश्रमको प्रेक्षालयमा पल्लव साहित्य सम्मान सम्पन्न
  • "भाग्यको घाम डुबेछ "
  • कसरी भनूँ म मनको कुरा यो
  • मझधार
  • गाजा र विस्फोटनका धुंवाहरु
  • तेन्जिङ शेर्पाको सम्मानमा
  • गजल
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित