मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

लाचार श्रीमानको पत्र श्रीमतीको नाममा

kbs — Fri, 09/03/2010 - 23:50

  • सामाजिक कथा
  • मिलन कार्की

धर्तीमा कुनै पनि व्यक्तिले आफ्नो संघर्ष र प्रयासलाई सधैं जारी राख्छ ताकि उसको हत्केलाको पौरखमा बाच्ने अरु प्राणी खुसीसँग जिउने सहारा पाउन्। तर जिन्दगीमा उसलाई किस्मतले नै ठग्यो भने उसले के गर्ने? आखिर उसको यो संसारमा आफ्नी श्रीमती बाहेक अरु कोही साहरा हुदैनन्! लाचार विवस भएर श्रीमतीको नाम पत्र लेख्न बाध्य नै हुन्छन!!!...

प्राण प्यारी हृदयकमलेषू,

आज हाम्रो विवाहको बाईस वर्ष पुगिसक्यो। तर यस्तो अवस्था कहिले पनि आउला जस्तो लागेको थिएन। तिमीलाई यस्तो प्रकारले पत्र लेख्ने जरुरी परेको पनि थिएन। तर आज विवस, लाचार भै फसेको छु। आज मैले धार्मिक तीर्थस्थलको बाटो तय गरेको छु । तिमीलाई त आफ्नो कामबाट कहाँ फुर्सत हुन्छ र त्यस घरको जिम्मेवारीसँग । जस्तो कि तिम्रो नाता नरिवलसँग खोप्राको सम्बन्ध हुन्छ । केही दिन म शान्ति प्राप्तिको लागि, मन शुद्धिको लागि तीर्थधाम पसेको छु!

मेरी रति, मेरा दुई आँखाले मात्र होइन मेरो आत्माले पनि तिम्रो दु:ख देखिरहेको छु। तर के गरूँ ? म पनि त कुनै बन्धनमा उल्झिरहेको छु । निस्साह बनी तिम्रो यो लाचार श्रीमानले तिमीलाई सिउदोमा दुई चुट्टी सिन्दुर र आमा बन्ने सौभाग्य बाहेक अरु केही दिन सकेको छैन।

भन्छन् नि सधैं, बिना खरीको मादल बज्दैन । उसै प्रकार म पनि भाग्य बिनाको एउटा प्राणी रहेछु । मलाई त सबैले पढ्न सके तर मैले कसैलाई पनि जिन्दगीभरि पढ्न सकिन । यद्यपि मेरो जीवन सधैं कछुवाको चाल चल्दै रह्यो । सधैं मेरा पाइलाहरू जिम्मेवारीको बोझमा फलामको सांग्लाले बाँधिए। मैले आफ्नो घरको जिम्मेवारी निभाउँदा निभाउँदैमा आफै सकिएछु । मैले मेरो आफ्नो कर्तव्य देखाउनु पर्ने ठाउँ पनि बिर्सिएछु। स्वभिमानी बनेर उदेर बन्नु पनि आफ्नो लागि भोलिको अभिषाप बन्न पुग्दो रहेछ! हे भगवान तिम्रो लिला पनि अपरम्पार नै हुदो रहेछ । नमन छ प्रभूलाई!

मेरी रति, म अति सालिन भएर तिमी र भगवानसँग क्षमा याचना गरी बसेको छु । भन्छन सबैले मानिसको भाग्य सधैं विधाताले स्वर्गमा लेख्छन भनेर । तर मलाई पक्का थाह छ तिम्रो मेरो भाग्य त यही धर्ती कै प्राणीले लेखिदिएका रहेछन ! किन आए होला त्यो दिन जुन दिन हाम्रो बैबाहिक सम्बन्ध यकध बनाए !

मेरी रति, तिमीलाई पाउँदा मेरो जीवन त हराभराले भरिएको सरी छ । सायद तिमी जस्ती कुशल श्रीमती पाउनु मेरो अहोभाग्य रहेछ । तर तिमीलाईभन्दा त मलाई नै दुख लागिरहेको छ । तिम्रो बारेमा सायद तिम्रो जीवनमा मेरो प्रस्ताव न आएको भए, तिमीलाई मेरो लगन डोरोसँग नबाँधेको भए सायद तिम्रो जीवनमा मन चाह वर आउँथ्यो होला। धनी, पैसावाल, सर्वगुण, मङ्गल भएको वरसँग विवाह हुन्थ्यो होला । तिमीलाई मेरो जीवनसँग बाँधिदिनाले तिम्रो जिन्दगीभरि उल्झन र आँसुमा सिक्रिएर बस्नु बाध्य भयौ रति ।

रति, तिमी धन्य छौ । तिमीले मेरो मात्र होइन मेरो परिवार, समाजमा लाज राख्यौ । मर्यादालाई पालना गरेकी छौ । तिमी कुशल नारी हौ । नारीको लागि देवीको वरदान आशिर्वाद हुन्छ भन्छन्, नारीमा पनि अनेक रुप हुन्छन । तर तिम्रो धैर्यताको सीमा धेरै रहेछ । म धेरै खुशी छु । तिमी जस्ती कुशल श्रीमती पाउँदा मेरो जीवन सफल भयो । तिम्रो धैर्यताले मलाई कायल बनायो । तिम्रो मनावीयता रुपले सधैं तिमीप्रति प्रेरित बनायो । कठै तिमी पनि कस्तो भाग्य लिएर आएकी रहिछौ, म जस्तो अभागी किस्मत लिएर जन्मेको मान्छे तिमीलाई ग्रह्नित भएको छु ।

रति, के तिमीले जीवनको यति लामो यात्रामा एक पटक पनि सोचिनौ कि एक पलको लागि मलाई छोडी कहीं जाउँ भनेर ? के तिम्रो मनमा यस्तो शंका उठेन कहिल्यै सु:खको जीवन खोजुँ भनेर ? फेरि पनि धैर्यताले कुनै न कुनै एउटा सुखको पल आउला भनी पर्खी बस्यौ । जीवनलाई सधैं आगोमा जलाउँदै गर्यौ। आफ्ना आँसुले त्यही आगोलाई बुझाउने कोशिस गर्दै गर्यौ।

धन्य हौ नारी तिमी, नारीको सहनशीलता पाएकी रहिछौ । रति, तिमीलाई यो जीवनमा मैले केही सु:ख दिन सकिन, सिवाय मेरो मनमा तिम्रो लागि ईज्जत अनि अथाह सागरभन्दा गहिरो माया । मैले हरेक दिन भगवानसँग तिम्रो लागि प्राथना गरिरहेको छु। ताकि, मेरो सातौं जन्ममा तिमी नै मेरी अर्धांगिनी बनी आउनु ! रति, म लाचार भै डुब्दै गरेको सुरज जस्तै भैरहेको छु । मैले तिम्रा प्रत्येक पाइलामा साथ दिने कसम खाएको थिएँ । तर आज मेरा यी पाइलाहरू पछि हट्दै छन् । रति, अब सारा जिम्मेवारी तिम्रो नै काँधमा छ । हाम्रा प्यारा सन्ततिहरू अब तिम्रो नै भरोसामा छन् । सायद कतै तिमीलाई चाहना होला नया सन्तानको पनि तर त्यो चाहनालाई मनभित्र नै दबाई राख। हाम्रो विवाह वन्धनको बाचा कसम सम्झेर आफ्नो घर संसारलाई सधैं झैँ खुशीसँगै उज्यालो बनाई राख्नू ।

रति, माता-पिताको स्वर्गवास भएपछि उनका सन्तानले बाबु आमाको श्राद्ध पिण्डदान गरी आत्माको शान्ति प्राप्ति गराउँछन । तर रति, यसको पनि सौभाग्य हामीमा रहेनछ । हाम्रो वंश पनि अब अगाडी नबढ्ने पक्का भयो । तर हाम्रा दुई पुत्री हाम्रो लागि पुत्र समान हुन् । यिनीहरूको खुशी जीवन भरपुर राम्रो मर्यादा र राम्रो बातावरणले बनाउनु पर्छ । नयाँ दौरलाई केलाई तिता-मिठा सबै कुरालाई बुझी समयको धारसँग चल्न सिकाउनु पर्छ । यो सबै जिम्मेवारी तिमीमा छ ।

रति, यो संसार आज अधर्म र असत्यको घोर घेराभित्र फँसिसकेको छ । यहाँका प्रत्येक प्राणी पापको पोटली भित्र बाढी सकेका छन्!

रति, मैले मेरो सायद पूर्व कालमा कुनै पाप गरेको थिएँ होला । यसै कारण यो जन्मको जीवन मलाई अभिसाप जस्तै बनिरह्यो । मैले मेरा आँखाले भोलिका हाम्रा लाचारी दिनहरू देखिरहेको छु - हाम्रो अवस्था पनि भयानक हुनेछ । हे काल देउता तिमी त चोरीको कलामा त अति निपूर्ण छौ। मेरो बिन्ती छ हाम्रो जिन्दगीको अन्तिम प्रहरमा हाम्रो दुर्दासा नगरिदिनुहोला । हाम्रो जीवनमा धेरै दुख आए जीवनको अन्त्य सँगै होस् । पूनर्जन्मको साथ फेरि तिमीसँग मिलोस !

बाँकी फेरि जोड्दै जाउला ...!

धन्यवाद!!!

मिलन कार्की
बागलुङ् - रेशा
नेपाल ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1
Tweet

मार्मिक छ। बिचबिचमा केही

kbs — Sat, 09/04/2010 - 15:55

मार्मिक छ। बिचबिचमा केही वाक्यहरू आ-आफूमा बिरोधाभासपूर्ण छन् जस्तो लाग्यो।

  • reply

प्रिय स्वामी त्यो भौतिक सुख

अतिथि — Sat, 09/04/2010 - 18:46

प्रिय स्वामी

त्यो भौतिक सुख मानबको वशमा छैन,त्यसैले म त्यो निच परीस्थितिले हजुरको जाँच गर्न चाहन्न र त्यसो गर्नुमा पुरुषमाथि अन्याय हुनेछ। सायद मैले भौतिक सुख खोजेको भए यो तपाईंको अमृत शब्द वाणीको सम्मान कहाँ पाउथे र । हजुरले चरित्रवान नारी ले सम्बोधन गर्दा म नारिको पदमा पुग्न सफल भएको महसुस गरिरहेको छु । मसँग पनि नारी ऋण छ जो मैले पनि संघर्षको अग्नी परिक्षामा सफल भएर नारित्व बाचाउनु छ जहाँ हजुरको अपरिहार्य छ । नारी कोमल हुन्छे शायद भौतिक सुखमा भौतारिदा मेरा घाटिमा पासोका डोरी पनि पारिसक्थे होला त्यो नै नारिको दु:खद अन्त्य हुन्थ्यो होला। त्यसैले नारी भौतिक सुखको पर्याय होइन, हजुरले नारिको कारणले यो प्रिया भूमिमा हारेको , अत्मसमर्पनको स्थिती भोग्न नपरोस् प्रकृतिक सभ्य नियमलाई निरन्तरता दिन पुरुषको साथमा नारी वरदान बनून नकी पुरुषको पतनको कारक।

अर्धाङ्गिनी
रती
(दशरथ खोटाङ )

  • reply

प्रिय पाठक ज्यु हरुमा, सादर

अतिथि — Sat, 09/04/2010 - 23:04

प्रिय पाठक ज्यु हरुमा,
सादर प्रणाम!
हजुर हरुको यो कृपा ले म आभारी हुन पुगे,
मेरो यो सानो लेख रचना लाई तपाई हरु को दृस्टी पुगी यस ले सहानुभूति को प्रेणा पाएकोछ,
मेरो सानो परयास थियो,
तपाइँ हरु लाई धन्यबाद...!
मिलन कार्की

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    6 min 21 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 33 min ago
  • hlw
    22 hours 13 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 16 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 8 hours ago
  • Good
    1 week 8 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • कुरीति कुसंस्कार तोड्न सक्नुपर्छ नारी
  • रात बढ्न थालेपछि
  • ''जीवनयात्रा ''
  • तिहार
  • मझेरी भलाकुसारी, अंक ३ (आचार्य प्रभा)
  • अन्तिम प्रार्थना
  • नदीवारि नदीपारि
  • जीवन केहो भनी?
  • अक्षर समुहको पाचौँ श्रृङ्खलामा प्रभाकर पण्डितको एकल गजल वाचन सम्पन्न ।
  • नसोध है
  • गीतमा हराउँदा
  • अलबिदा कृष्णचन्द्र !
  • जुनकिरी साहित्य समाज काभ्रेको साहित्यक कार्यक्रमम हुने बारेको सूचना
  • एक दिन हामी नभेट्दा
  • गजल
  • लिलामी छ
  • बगर पो हो कि जीन्दगी
  • असहमति
  • स्मृतिको क्यानभासमा
  • ऊ बेश्या होइन
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित