Skip to content

मझेरी भलाकुसारी, अंक ०४ (तीर्थ “यात्री” पौडेल)

TirthaYatriPoudel-02


आफ्नो परिचय दिनुस् न!
देउरालीमा फूल-पाती चडाएर आएँ
तिम्रो नाममा एउटा बत्ती जलाएर आएँ

सफल रहोस तिम्रो जीवन पूरा हुन् कामना ती
स्वस्ति-शान्ति मन्त्र-जप गराएर आएँ

रोग-व्यधी दशा-ग्रह अशुभ केही भए देखि
दशा सबै हटुन् भनी चामल-चारू डढाएर आएँ

तिम्रो भलो चाहने म मात्र ‘यात्री’ एउटा
तिमै नाममा एकजोर कपोत उँडाएर आएँ

तीसको दसकतिर कन्चनजंघाको काखमा पाथिभरा देवीको पुण्य-भूमि ताप्लेजुङ् जिल्लाको दोखु गाँउमा सारा नेपाली राष्टिय चाडमा रमाईरहेका बेला माता गोमादेवी पौडेल र पिता डिल्लीराम पौडेलले पुत्रको रुपमा यस धर्तीमा पाइला टेकाउनु भयो । लक्ष्मीपूजाको झिलिमिली, भैलेनीहरूको समधुर गाना बजाना, साँझको सन्धाआरती सँगै रातको ८ बजे मैले पहिलो पटक धर्तीको स्पर्ष गरेको कुरा मेरो जन्मकुण्डलीमा उल्लेख छ । र मेरो कुण्डलीमा भएको नाम तारा भए तापनि म जन्मदै सारै सानो ख्याउटे भएकोले बुबा-आमा नेपाल घुम्न जाँदा पशुपतिको मन्दिरमा शिवजीको दर्शन गर्दै आमाले भन्नु भएको थियो रे – “मैले यो नानी तीर्थमा ल्याए यसलाई केही नहोस, ठुलो होस् रोग नलागोस् । आजबाट म यसलाई तीर्थ भनेर बोलाउँछु यसमा तपाईंको बास होस भनेर ।” त्यसै भएर मैले यी दुवै नाम सार्थक पर्ने पवित्र उदेश्यका साथ साहित्यमा कलम चलाउन थालेको हु।

त्यही माटोमा खेल्दै त्यहींका पाखा पखेरासँग मितेरी लगाउँदै बाल्यकाल बिताएँ । अनि त्यहीं चित्रा गुरागाई (सीता)सँग जीवनरुपी रथको पाँग्रो जोडेर जीवन गुडाउदै छु । जाउलो खाने रहरमा डोको बोकेर ओरालो लाग्दा झापातिर डोको बिसाउन आइपुगें । अहिले झापामा जन्मदाता, जीवनसाथी र भविष्यका ताराहरूलाई छोडेर म भने खाडीमा निसासिंदै छु ।

साहित्यतिर कसरी लाग्नुभो?
दैविक प्रदत्त उपहार साथै सामाजिक परिबेश, सामाजिक असमानता, बर्गीय, विभेद, लिंगीय विभेद, आदिले मलाई साहित्यतिर डोर्यायो ।

तपाईंलाई मनपर्ने लेखक, पुस्तकहरूको बारेमा केही बताइदिनुहुन्छ कि?
साहित्य समाजको दर्पण हो, अँध्यारोको जून हो, जसले समाजलाई सही बाटो देखाउँछ । जसले समाज परिवर्तनका कुरा लेख्छ, बोल्छ तिनै लेखक, त्यस्तै पुस्तक म मन पराउँछु । मलाई सबैभन्दा मन पर्ने पुस्तक गीता हो । त्यस बाहेक समाजवादका पुस्तकहरू, मुना-मदन, गौरी, राधा, नेपाली गजल, गजल सम्बन्धित बहस र समग्र नेपाली साहित्यका पुस्तकहरू मन पर्छ । लेखकहरूमा जसले अन्धालाई आँखा देखाए, लङ्गडालाई हिंड्न सिकाए, र क्रान्तिको बिगुल फुके तिनै लेखकहरू मन पर्छ । जस्तो भानुभक्त, मोतीराम, लेखनाथ, देवकोटा, गोपालप्रसाद रिमाल, कृष्ण सेन, पूर्णबिराम, कृष्ण धाराबासी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, बी.पी, आदि ।

हालसम्म पुस्तकका रुपमा केही प्रकाशित गर्नुभएको छ? अथवा त्यस्तो योजना छ?

हालसम्म पुस्ताकाकार रुपमा कुनै पनि पुस्तक प्रकाशित गरेको छुइन । डुकु र खोलेले पिरोलेपछि साहित्यको जन्म त त्यहींबाट हुँदो रहेछ । तर न्वारन गर्न चाहिं नसकिदो रहेछ । पत्र-पत्रिकामा केही प्रकाशित छन् । भविष्यमा आफ्नै माटोमा फर्किएपछि केही गजल संग्रह, कथाहरू, गीत, नियात्रा र कविता संग्रहहरू प्रकाशित गर्ने सोचाइमा छु ।

विशेष गरी गजलमा कलम चलाउनु हुन्छ । कारण बताइदिनुस् न!
गजलको बाढी ल्याउँछु मेची अनि कोशी जस्तो
सदाबहार सुसाउने अटुट त्यो रोशी जस्तो

सम्झनामा हरपल आइरहने छाई रहने
शिव-स्थान पुण्य-धाम खोटाङ्को हलेशी जस्तो,

रात बिहान चक्षु दर्शन पाउ स्पर्ष हर कोहीको
गरिरहने चलिरहने आँगनीको बलेसी जस्तो

साँझ शुभ हर समय प्रयोगमा आइरहने
उपयोगी सहयोगी भान्साघरको चुलेशी जस्तो

गजलको बाढी ल्याउन । गजल गेयात्मक हुन्छ, थोरै लेखेर धेरै बुझ्न सकिन्छ नियममा बाँधिनु पर्ने भएकाले जीवन व्यवथित हुन्छ । जीवन र जगत गजलमा अटाउन सकिन्छ । त्यसैले म गजलमा बढी कलम चलाउछु । साथै कथा, कविता, गीत, नियात्रा नाटकहरूमा पनि कलम चलेका छन् ।

कस्तो समयमा लेख्ने भावना फुर्छ?
समयको कुनै पावन्दी छैन मेरा लागि । किनकि हिंड्दा-हिंड्दै पनि भावना फुर्छ, काममा व्यस्त भएकै बेला पनि । कुनै चित्र देखेर पनि भावना फुर्छ । म भीडमा पनि लेख्ने गर्छु, साथीहरूसँग भलाकुसारी गर्दा गर्दै पनि गजल तयार पारिसकेको हुन्छु । म नेटमा बसेकै बेला पनि गजल बनाउँछु, मलाई समय, स्थान र वातावरण प्रभाव पर्दैन । 



बहराइनतिर बस्न थाल्नुभएको कति भयो? त्यतातिरको साहित्यिक माहौल कस्तो छ?
म बहराइन आएको १६ महिना भयो । खै यहाँ त साहित्यको ‘स’ उच्चारण गर्नेसम्म कोही पाएको छैन । इन्टरनेटको माध्यमबाट बेला बखत नम्रता गुरागाईं, सर्मिला खड्का, मिना बान्तवा, गीता थापा, गोर्खे साइँला जस्ता अग्रजहरूसँग भलाकुसारी हुन्छ, बस त्यति हो ।

त्यतातिरका साहित्यकार साथीहरूलाई मझेरी र संसारभरिका पाठकहरू समक्ष ल्याउन के काम गर्न सकिन्छ जस्तो लाग्छ?
भनिन्छ नि जिज्ञासा नै ज्ञानकी जननी हुन भनेर । त्यस्तै जिज्ञासा राखेर गर्यो भने नहुने कुरा केही छैन । साथीहरूलाई मझेरीमा भावनाहरू पठाउन सल्लाह दिन्छु । मझेरी एउटा साहित्यरुपी समुद्र हो यसमा पौडिएर मोती खोज्ने सल्लाह दिंदै मझेरीमा रचना पठाउन सुझाब दिन्छु ।

धन्यवाद छ। अनि, तपाईंका रचनाहरूमा बिदेशिनुको पीडा, गाउँले जीवनका दुखहरू, साहुको ऋणमा चपेटिनुको व्यथाहरू धेरै देखिन्छन् । यसको पछाडि व्यक्तिगत कारणहरू छन्?
ग्रामीण जीवनको चित्रण, बिदेशिएका नेपालीको पीडा, जीवन जिउनुको यथार्थता शब्दमा उतारेको हुँ । यसका पछाडी कुनै व्यक्तिगत कारण छैन ।

अहिलेको नेपाली साहित्यको स्थितिबारे तपाईंको धारणा कस्तो छ? कत्तिको सकारात्मक देख्नुहुन्छ?
साहित्यप्रतिको चेतना सबै मानिसमा पाएको छु । र, साहित्यको स्थितिमा सुधार भयो लेखक र पाठकमा । तर शासकमा चेतनाको विकास छैन भन्न त सुहाउदैन किनकि यिनीहरू जानेर पनि नजाने जस्तो गर्दैछन्, बुझेर पनि बुझ पचाउने लबस्तरो पद्धतिको बिकास भएको छ शासकमा । त्यसैले सरकारी तहबाट साहित्यमा आशा गर्ने ठाउँ छैन । मरेपछि मात्र सम्मान गर्ने आडम्बर छ शासकहरूमा । जनताका पीर व्याथा लेख्ने जनताका लेखक भनाउदाहरू मोदनाथ प्रश्रित, मुक्त आकासको खोजी गर्ने प्रदीप नेपालहरू मन्त्री भए, नेपाली साहित्यको क्षेत्रमा सिन्को भाँचेनन् भने अरु कसले गर्ने साहित्यको संरक्षण ? सर्जक र पाठक बाहेक ।

तपाईंको लागि नेपालमा रहनु र विदेशमा रहनुमा के भिन्नता छ?

फरक छ, नेपाल बस्दा घर-परिवार हेरिन्छ, छोरा छोरीले काख पाउँछन । बिहान उड्ने बित्तिकै हिमालको स्वाच्छ हावा पाइन्छ, प्रकृतिको अनुपम सौदर्यको चक्षु दर्शन पाइन्छ । तर बिदेशमा बसे पनि देशलाई मुटुमा राखेको छु, देशले खप्नु परेको अनेक बिपत्तीमा म रोएको छु । महंगीले सगरमाथा छुँदा म केचना भएर पीडा भोग्दै छु, म जहाँ भए पनि नेपाल आमाको हर पीडामा म रुने गरेको छु । राष्ट्रघातीहरूले देश छिया-छिया हुने गरी लुछेका छन् । देशमा भएको भए मलमपट्टी गंर्थे होला । बस यत्ति
फरक ।


झापाली पर्नुभएछ । अन्य ठाउँको तुलनमा, हिजोआज नयाँ झापाली साहित्यकारहरू अलि निकै नै देखापर्दैछन् । झापामा साहित्य सम्बन्धी के छ त्यस्तो?
म झापाली भएकोमा गौरब गर्छु । झापा नेपाली साहित्यको उर्भरभूमि हो । झापा बिद्रोहदेखि सुखानी काण्ठले झापाको साहित्यमा मलजल गरेको छ । भुटानी आप्रवासीहरूको समस्याले पनि झापालीलाई साहित्यकार बनाएको छ । साथै झापाका रमणीय ठाउँहरू अग्रजहरूको माया आदि कारणले झापाली साहित्यकारमा वृद्धि भएको हो ।

हाल विकास भएको सूचना प्रविधि र यसको नेपाली साहित्यलाई कस्तो प्रभाव पारेको देख्नुहुन्छ?

सूचना प्रबिधिले नेपाली साहित्यमा महत्त्वपूर्ण प्रभाव परेको छ जस्तो मलाई लाग्छ । किनकि सूचना प्रबिधिले तपाईसँग मेरो भेट गरायो । यदि सूचना प्रविधिको विकास थिएन भने म कुन दुनियाँमा गोठाले युगमा हुने थिएँ होला । मेरा रचनाहरू बनपाखामै सीमित हुन्थे होला, संसार भिकाय देखिन्थ्यो होला । सूचना प्रविधिले संसारलाई एउटा कोठामा सिमित पारिदियो । हामीले संसारका कुना-काप्चा देख्यौं । हेर्नु त सूचना प्राबिधिकले तपाईंसँग भेट भयो संसारका विभिन्न कुनामा रहनु हुने अग्रजहरू सहकर्मी साथीहरूसँग भेटघाट भयो यो सबै सूचना प्रविधिकै प्रभाव होइन र ? मैले यसो भनिरहँदा सूचना-प्रविधिले गरेको नकारात्क प्रभावलाई छोड्न चाहिं मिल्दैन है!

मझेरीलाई तपाईंले कस्तो मूल्यांकन गर्नुभएको छ? यसलाई कसरी अँझ प्रभावकारी बनाउन सकिन्छ? मझेरी कस्तो भइदिए हुन्थ्यो जस्तो लाग्छ?

मझेरी भनेको एउटा साहित्यको समुद्र हो जस्तो लाग्छ । यसमा सानो खोल्सीदेखि नदीहरू पनि आएर मिसिएका छन् । यसलाई अँझ प्रभाकारी बनाउन बहस चौतारी कार्यक्रमहरू चलाउन सके अँझै सुनमा सुगन्ध हुन्थ्यो कि ! साथै श्रस्टाहरूका रचनाहरू समेटिएर बार्षिक संग्रहहरू निकाल्न सके स्रस्टाहरू मोफसलसम्म परिचित हुनुहुन्थ्यो कि ।

मझेरीमा तपाईंका अनि समष्ट स्रष्टाहरूको रचनाहरूलाई कत्तिको न्याय गरेको छ जस्तो लाग्छ? केही गुनासाहरू पनि छन् कि?
मझेरीले मेरा मात्र नभनै समस्त स्रस्टाहरूलाई चित्त बुझ्दो न्याय गरे जस्तो लागेको छ । न्यायमा कुनै कन्जुस्याई छैन । गुनासो त हीन मानसिकताको अभिव्यक्ति हो, म कुनै पनि कुरालाई लिएर कहिल्यै गुनासो गर्दिन । 


मझेरीको लेखकका हैसियतले पाठकहरूलाई के सन्देश दिन चाहनुहुन्छ?

म मझेरीको लेखकको हैसियतले सम्पूर्ण पाठकहरूलाई मझेरीलाई माया गर्न अनुरोध गर्दछु। साथै मझेरीमा प्रकाशित रचना पढेर सही प्रतिक्रिया दिनु होला । प्रसंशाले लेखकलाई भुत्ते बनाउछ है ! रचनाप्रति बढाई चढाई गरेर फूल-बुट्टा नभर्नु होला । साथै अन्याय, अत्याचारको बिरोध गरौं, असमानता हटाअौं, समावेसी आचरण देखाअौं भन्ने सन्देश दिन चाहन्छु ।

निकट भविष्यमा केही विशेष योजना छ कि?
माथि भने झैं, आफ्नो माटोमा फर्किएर गजल संग्रह प्रकाशित गर्ने योजना छ ।


अन्तमा, केही भन्न चाहनुहुन्छ भने बताइदिनुहोला ।
मझेरी प्रकाशनको उत्तरोत्तर प्रगतिको कामना! मझेरीले बिशाल रुपधारण गरोस् । मोफसलदेखि देश-बिदेशका कुना काप्चाका स्रस्टालाई मझेरीमा बास मिलोस् । मझेरी डिजिटल साहित्यको भण्डार बनोस् ।

तिमी उता म छु यता पीर उस्तै उस्तै
मेरो हिंड्ने बाटो अनि भीर उस्तै उस्तै ।

गरीबीले थालिएछु ऋणमाथि ऋण छ
मैले खाने ढिंडो रोटी, खीर उस्तै उस्तै ।

आफन्तको वचन-बाण हेलाँ-तिरस्कार
मुटु छेड्ने कटु वचन तीर उस्तै उस्तै ।

कहिल्यै पिछा नछोड्ने भो साहु महाजनले
अभागी यो तिम्रो मेरो शिर उस्तै उस्तै ।

तीर्थ “यात्री” पौडेल
लखनपुर-३, झापा ।
हाल बहराइन ।

मझेरीमा तीर्थ (यात्री) पौडेलका लेख/रचनाहरू

11 thoughts on “मझेरी भलाकुसारी, अंक ०४ (तीर्थ “यात्री” पौडेल)”

  1. औधी खुशी लाग्यो तिर्थजिलाई
    औधी खुशी लाग्यो तिर्थजिलाई नजिक बाट नियाल्न पाउँदा।हार्दिक बधाई सहित यहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछु। धन्यवाद/

  2. तीर्थजी,
    अन्तर्बार्ताको लागि

    तीर्थजी,
    अन्तर्बार्ताको लागि धन्यवाद छ। मझेरीमा प्रकाशित तपाईंका एक शयभन्दा बढी रचनाहरू मझेरीका लागि अति प्यारा र महत्वपूर्ण छन् । भविष्यमा पनि निरन्तररुपमा कलम चलाइरहनुहोस्। यहाँलाई शुभकामना छ। विदेश भूमिमा रहँदाका पीडाहरू तपाईंलाई मात्रै हैनन् हाम्रा संसारभरि छरिएर रहनुभएका पाठकहरूले पनि अवश्य पनि महसुस गर्नुभएका छ। तपाईंले हाम्रा धेरै पाठकहरूको भावनाको अनि भोगाइको प्रतिनिधित्व गर्नुभएको छ। आगामी दिनहरूमा पनि मझेरीमा निरन्तर देख्न पाऔं, यही आश छ।

  3. तीर्थजी तनमन दिएर
    तीर्थजी तनमन दिएर पढेँ
    प्रशंसाका गीत गाउनभन्दा त्यसलाई अनुकरण गर्न समय देऊ भन्ने विचारको पक्षपाती त म पनि हुँ
    तर तपाईँ नै त्यस्तो मान्छे हुनुभो जसलाई मन खोलेर शब्द दिएन भने मझेरीको पाठक भएको नातो नै हराउने भयो
    किनकि छाती चिरेर पाठकलाई दिनुभएको छ अन्तरवार्तामा
    मैले भन्न चाहेका तर शब्द नपाएका कुरालाई मन छुने भाकामा भनेर मोहनी नै लगाउनु भो
    मलाई त तपाईँकै गीत लेख्ने मन भयो
    मझेरीले मलाई पनि माझेको छ

  4. CONGRATULATIONतीर्थजी AND
    CONGRATULATIONतीर्थजी AND THANKS मझेरी
    म त फेरि आएँ
    मन चोर्ने कुराले तान्दै गए पछि के गरूँ
    सामल खाजा नलिकन लेख्न बस्दा मनै भरिन्न
    तपाईँसँग तपाईँकै कुरा गर्न पर्यो
    तपाईँ कृष्णहरूलाई प्रेम गर्नुहुँदो रहेछ
    गीतामा सेनमा र धारावासीमा
    जताततै कृष्णै कृष्ण
    तीर्थ यात्रीजी
    तपाईँकै विचारले दिएको छुट
    झापाकै मेरा भानिज सेनाको जागिर खान भनेर राजविराज आएका छन्
    तपाईँका कुरा पढेर उनले भने
    साहित्य कल्पना मिसिएको ह

  5. साहित्य कल्पनाले बनेको हिममहल
    साहित्य कल्पनाले बनेको हिममहल हो
    बनाउनै गारो बनेपछि जोगाउनै गारो तर यी देवकोटेली यात्रीहरूले चै बचाउँछन् क्यार

    के कसरी हिउँमहल जोगाउने मलाई त चिन्ता छ
    शब्द्खोज्छु भेट्दिनँ अपुरो र अधुरो लेखिहिँड्छु
    धरोधर्म मन खाने रचना नै सिर्जेको छैन
    एउटा आधा मेरो आधा तिम्रो एकांकीले भने मन राखिदेको छ
    भान्जाको विश्लेषणले म तीन छक्क परेको छु
    आफ्नो मन खाने रचना सिर्जनु हुन्न भने अर्काको दिमाख चाट्न किन प्रकाशन ?

  6. साहित्य कल्पनाले बनेको हिममहल
    साहित्य कल्पनाले बनेको हिममहल हो
    बनाउनै गारो बनेपछि जोगाउनै गारो तर यी देवकोटेली यात्रीहरूले चै बचाउँछन् क्यार

    के कसरी हिउँमहल जोगाउने मलाई त चिन्ता छ
    शब्द्खोज्छु भेट्दिनँ अपुरो र अधुरो लेखिहिँड्छु
    धरोधर्म मन खाने रचना नै सिर्जेको छैन
    एउटा आधा मेरो आधा तिम्रो एकांकीले भने मन राखिदेको छ
    भान्जाको विश्लेषणले म तीन छक्क परेको छु
    आफ्नो मन खाने रचना सिर्जनु हुन्न भने अर्काको दिमाख चाट्न किन प्रकाशन ?

  7. तीर्थजी, मझेरी परिवार लगायत
    तीर्थजी, मझेरी परिवार लगायत सम्पूर्ण साहित्यानुरागी मित्रहरू !
    भान्जा कृष्ण ढुंगानाबाट भेट्टाएको मुखभरिको जवाफले मेरो मुख बन्द भो
    अतः सहयोगको भीक्षा माग्न पटकपटक लेख्न थालेको हुँ “साहित्य कल्पनाले बनेको हिममहल हो
    ,बनाउनै गारो, बनेपछि जोगाउनै गारो” तर यी देवकोटेली पथका ‘तीर्थ यात्री’हरूले चै बचाउँछन् क्यार कुरो सुन्दा”KRISHNA

    के कसरी हिउँमहल जोगाउने ? मलाई त चिन्ता छ!
    शब्द्खोज्छु भेट्दिनँ अपुरो र अधुरो लेखिहिँड्छु
    धरोधर्म मन खाने रचना नै सिर्जेको छैन
    एउटा ‘आधा मेरो आधा तिम्रो’ एकांकीले भने मन राखिदेको छ!
    भान्जाको विश्लेषणले म तीन छक्क परेको छु
    “आफ्नो मन खाने रचना सिर्जनु हुन्न भने अर्काको दिमाख चाट्न किन हतारहतार मझेरी वा अन्यमा प्रकाशन गरेर पाठकलाई थप बोझ बोकाउनु हुन्छ?”
    यी मेरा धेरै नजिकका कृष्णलाई दिने जवाफ भए तु तलको ठेगानामा प्रवेश गराइदिने कृपा भए आभारी हुनेथिएँ
    [email protected]

  8. नन्दलालजी
    ‘मन खाने’ लेखहरूको

    नन्दलालजी
    ‘मन खाने’ लेखहरूको प्रतिक्षामा छौं । तपाईंका लेख/रचनाहरूले मनग्यै मन खाइसकेका छन् । तर त्यो भोक पनि कस्तो झन झन बढ्ने! तपाईंका भाञ्जाश्रीलाई भनिदिनुस् कि, दुख गरी सृजित रचनाहरू न मझेरीलाई बोझ हुन्छ न त पाठकलाई। बरू मझेरी भण्डारलाई झन झन ठूलो र धनी बनाइरहेछन् ।

  9. नन्दलाल जी
    जी हजुरी र चाकडीमा

    नन्दलाल जी
    जी हजुरी र चाकडीमा अनि कसैको
    स्तुति गानमा साहित्य रचियो भने चहि
    तपाईका भान्जाले भने जस्तै अर्काको
    दिमाख चटाइ र टाउको दुखी नै हुन्छ, तर तपाइको कलमले
    स्तुति गान र चाकडी कोरेको पाइन मैले
    तपाइलाई पढ्दा आजसम्म, अगाडी पनि
    त्यो बाटो लिनु हुन्छ जस्तो लाग्दैन किनकी तपाई हामी
    त इच्छुक, पूर्ण बिराम जस्ता बिरहरुका सहयात्री,
    यहाँ मैले भनै पर्छ तपाईका रचनाले दिमाख चाटेको छ
    पश्च्यागामिहरुको अतिबादिहरुको ,दक्षिण पन्थीहरुको
    विचारका विकास बिरोधिहरुको, अनि नि सामन्ती शासकहरुको
    हामि त समाज बदल्न ,संसार बदल्न निस्केका यात्री है हिम्मतले
    सफलताको सगरमाथा चुम्नु पर्छ,तर एक्लै होइन है
    हातेमालो गरेर, नत्र हामि पनि इच्छुक, पूर्ण बिराम जस्तै
    बिराम लाग्न के बेर ?

  10. Thanks tirth yatri
    Thanks tirth yatri g
    मूल्यांकन शब्द खर्चनुभएछ
    भनेजस्तो हुन पो सकिएन
    मित्रजी
    पूर्णविरामको कलम अनवरतरूपमा दौडिइरहेछ
    ईच्छुकको कलमी तागतसँग लड्न सामर्थ्य हराएका कायरहरूले कलमका सिपाहीलाई बुटैबुटले हानेर मारे महेन्द्र पुलिस कलबमा
    यसको नालिबेली भको मेरो 1युग उचाल्ने अक्षरकर्मीको अवसान 1 शीर्षकको नाटक मझेरीमा पनि छ
    जनताका लागि लेख्नेहरुले सधैँ गतिशिल नै हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *