मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)

nrsubba — Sat, 09/04/2010 - 23:04

  • नियात्रा
  • नवराज सुब्बा
  • http://www.nrsubba.com.np

अचानक एउटा कार्यक्रमको निम्तो आयो । २१ अगष्ट २०१० का दिन श्री साझा प्रकाशन काठमाडौं र भारत पश्चिम बंगाल स्थित मतिगढा गोर्खा सेवा परिषद सिलिगुरीको सहआयोजनमा नेपाल र भारतका केही साहित्यकारहरूबीच सानो भेटघाट कार्यक्रम बनाइएको रहेछ । साझा प्रकाशन संचालक समितिका सदस्य अनिल पौडेलको निम्तोका दिन शनिवारको विदा परेकाले यसपालिको विदामा भारतीय नेपालीभाषीहरूसंग बिताउने निश्चयका साथ सिलिगुरी पुगियो ।

अपरान्ह २ बजेतिर कार्यक्रम सुरु हुने भएकाले हामी साढे एकमा नै कार्यक्रमस्थल पुग्यौं । तर त्यहाँ पनि साहित्यिक कार्यक्रम सुरु हुनलाई यता हाम्रोतिर नेपाली टायममा चले जस्तै अलि ढिलै भयो । अर्थात् तीनबजेतिर कार्यक्रम सुरु भयो ।

भारतीय नेपालीहरूका कविताहरूमा मैले अलि बेग्लै स्वाद पाएँ । उनीहरूलाई अर्कै पीडा छ, पहाड अर्थात् पितृभूमि छाड्नुको पीडा, नेपालभूमिसँग छुट्टनिुको छटपटी, स्वतन्त्रता पाए पनि सामाजिक र राजनीतिक क्षेत्रमा कुनै जातिको थिचोमिचोमा बस्नुको पीडा उनीहरूका रचनामा टड्कारो सुनियो । त्यत्तिमात्र हैन यता नेपालमा आएको अस्थिरताप्रति पनि उनीहरूमा उत्तिकै चिन्ता रहेछ । नेपालले आफ्नो र्सार्वभौम नगुमाओस् भन्ने चाहना उनीहरूमा रहेछ । उनीहरूको पीडा अर्थात् सुस्केरा सबै नेपाली भाषामा नै पढियो, गाइयो तथा सुनाइयो । त्यहाँ नेपाली भाषाले सबै जात, जाति, धर्मावलम्बीहरूलाई एक शूत्रमा बाँधेर राखेको रहेछ । हामी जाति भन्नाले थरलाई बुझदछौ र लड्दैछौ, त्यहाँ जाति भन्नाले भाषी भन्ने बुझिन्छ र लडिदैछ । यहाँ र त्यहाँ मैले अनुभव गरेको एउटा फरक यही हो । हामी त्यहाँ पुग्दा उनीहरूले आफ्नै मान्छे घरमा पाए जस्तो स्वागत गरे । यता टोलीका मित्र जे.बी. थुलुङ मलाई खुसुक्क भन्दै हुनुहुन्थ्यो- "दाई मलाई त तपाईहरू नेपालबाट आएको भनेर भन्दा त रुन पो मन लाग्यो हौ ।" अर्का साथी अनिल भन्दै हनुहुन्थ्यो "हेर यो बाटो, यो रुख, पुल, डाँडा सबै नेपालै जस्तो त छ नि, के फरक छ र, हेर मान्छे पनि उस्तै, भाषा पनि उही, तर हामी मेची तरेर अर्कै मुलुकमा आयौं हगि !" भन्दै हामीलाई भावुक नजरले पुलुक्क हेर्दै हुनुहुन्थ्यो । हामी स्वीकृतिको शिर हल्लाउँदै अघि बढ्यौ बाटामा । मलाई पनि मनमा कस्तो कस्तो लागिरह्यो बाटाभरि ।

साझा प्रकाशनले आफूलाई घाटा लागेको भनि त्यहाँबाट विक्रीडिपो हटाएकोमा त्यहाँका नेपालीभाषीको ठूलो चित्त दुखाई रहेछ । जुन कुरा उनीहरूले अन्तरक्रिया कार्यक्रममा खुलेर बताए । साझा प्रकाशनमा खेम नेपाली कार्यरत रहेको बेलामा हटेको रहेछ साझा पुस्तक पसल त्यहाँबाट । उहाँ पनि हामीसंगै हुनुहुन्थ्यो आज । त्यसलाई अहिले पुनस्थापित गर्न खोज्ने अनिल पौडेल पनि सँगै हुनुहुन्छ । त्यही मौकामा त्यहाँका नेपालीभाषी हामीलाई एक हातले गालामा स्वागत र अर्का गालामा गालीका झापटले हाने । न हाँस्नु न रुनु भनेझैं कान ठाडा, मुख चूप राखेर उनीहरूकै बात सुनिरहेथ्यौं धेरैबेर बसेर । पहिले त घाटा सहेर संस्था कसरी चल्छ भनेर वकालत गर्दै गरेका नेपालीजी अन्तमा भने गल्नुभो र भन्नुभो- "यस्तै अन्तरक्रिया गरेर मात्र डिपो हटाउनु पर्ने रहेछ !" भन्दै पछुताएको पनि सुनें । अन्ततः अनिल पौडेल जो वर्तमान साझा प्रकाशन संचालक समितिका सदस्य हुनुहुन्छ वहाँले यथाश्रि्र पसल खोल्ने आश्वासन दिए पछि मात्र त्यहाँ वातावरण शान्त भयो ।

यसअघि संघका अध्यक्ष युवराज खतिवडाको अध्यक्षता तथा साझा प्रकाशनका संचालक अनिल पौडेलको प्रमुख आतिथ्यमा भएको समारोहमा नेपालबाट साहित्यकार खेम नेपाली, जे.बि. थुलुङले र भारतका ज्ञानेन्द्र खतिवडा, लक्ष्मण सिमल, बि.बि. विश्वकर्मा, गौरी सुब्बा प्रधान, राजन ढकाल, सन्तोषकुमार क्षेत्री लगायतका साहित्यकारहरुले आ-आफ्ना रचनावाचन गरे । सम्पन्न भएको काव्यवाचनका शिलसिलामा मलाई एउटा कुराले छोयो । त्यहाँ "सिक्टी प्लस एसोसिएसन" भन्ने एउटा संस्था पनि रहेछ गोर्खा सेवा परिषदसँगै हातेमालो गर्दै हिंडेको । जहाँ साठी वर्षउमेर पुगेकाले मात्र सदस्यता पाउने रहेछन् जसले समय समयमा साहित्यिक, सामाजिक र धार्मिक कार्यक्रमहरूको आयोजना गर्दो रहेछ । दर्शकदर्ीघामा बसेका बृद्धबृद्धा देख्दा मलाई मेरो "पुराना जुत्ताहरू" शिर्षको कविता सुनाउन मन लाग्यो । मञ्चमा उभेर सिक्टी प्लस एसोसियसनकोबारेमा केही भूमिका बाँधे र कविता वाचन गरें । सबैले ध्यान दिएर सुने । बीच बीचमा ताली पिटे, वाहवाही गरे र वाचन गरिसकेपछि धेरैले खुशीका भाव र बधाईका हात दिए र आशिर्वाद दिए ।

कार्यक्रमस्थलबाट हिड्ने बेलामा एकजना बृद्धले मैले वाचन गरेको कविता 'पुराना जुत्ताहरू' प्रकाशनार्थ माग्नुभो । साँझपख खाना खाने बेलामा टोलीका मित्र खेम नेपाली भन्दै हुनुहुन्थ्यो- "मलाई तपाईले कवितावाचन गरिसकेपछि आँखामा उम्रेको पानी पुछ्न अप्ठेरो भइरहेको थियो, धन्न खादा ओढिएको थियो र त्यसैले पसिना पुछेझैं गरेर मैले मेरो आँशु पुछें ।" मलाई यस अघि दर्शकहरूले गरेको प्रतिक्रिया र नेपालीजीको भनाई सुनेपछि कुनै ठूलो पुरस्कार पाए जस्तो आत्मसन्तुष्टी मिल्यो । अहिले म मेरा तिनै पुराना जुत्ताहरूले साँटेर ल्याएको आशिर्वाद र आत्मसन्तुष्टि यो मनमा नअँटेर होला सायद यी हरफहरू कोर्दै थिएँ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 0
Tweet

नबराज सुब्बाज्यू, मझेरीमा

kbs — Sun, 09/05/2010 - 14:54

नबराज सुब्बाज्यू,

मझेरीमा नियात्रा राखिदिनुभएकोमा धन्यवाद छ। तपाईंजस्तो वरिष्ट व्यक्तित्वहरूको उपस्थितिले हामीलाई धेरै गौरवान्वित गराएको छ।

  • reply

Thank you so much. nrs

अतिथि — Mon, 09/06/2010 - 10:40

Thank you so much.
nrs

  • reply

बधाई छ है नियात्राकार नवराज

gorkhesailo — Tue, 09/07/2010 - 17:18

बधाई छ है नियात्राकार नवराज सुब्बा शरलाई अनि धन्यवाद छ मझेरीलाई ।

बधाई छ है नियात्राकार नवराज सुब्बा शरलाई अनि धन्यवाद छ मझेरीलाई । नवराज सुब्बाजस्तो वरिष्ट व्यक्तित्वहरूको उपस्थितिले मझेरीलाई माथि उठाउन मद्त गर्छ भने हामीजस्ता साहित्यका बिद्ध्यार्थीलाई पनि हेरक किसिमका उत्कृष्ट रचनाहरु अड्ढययन गर्ने सु–अवसर मिल्छ । सधैँ यसैगरी पढ्ने अवसर पाए हुन्थ्यो ।

नियमित मझेरीका पाठक

– गोर्खेसाइँलो

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    26 min 48 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 53 min ago
  • hlw
    22 hours 34 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 17 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 9 hours ago
  • Good
    1 week 9 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • नयाँ नेपाल बनाऊ
  • अनेक आयाम छन् किराँत चाडका
  • लयको खोजीमा
  • गजल
  • पुरुष
  • शुभकामना
  • "नीलम तिमी"
  • अन्धा र हात्ती
  • केही टुक्राहरू
  • मनपर्यो अमेरिका ?
  • निशब्द पोखिएको प्रेम
  • ... आयौ भन केका लागि
  • दुःखी चेली
  • आखिर तिमीले फाल्नु थियो
  • गजल
  • मेरो पाखा बारी
  • "तीजको गीत"
  • यसपालीको दशैं टिको लाउन पाइन
  • जसै बङ्गको रंग छाडेर आयें
  • पीपलबोट
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित