मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)
nrsubba — Sat, 09/04/2010 - 19:49
अचानक एउटा कार्यक्रमको निम्तो आयो । २१ अगष्ट २०१० का दिन श्री साझा प्रकाशन काठमाडौं र भारत पश्चिम बंगाल स्थित मतिगढा गोर्खा सेवा परिषद सिलिगुरीको सहआयोजनमा नेपाल र भारतका केही साहित्यकारहरूबीच सानो भेटघाट कार्यक्रम बनाइएको रहेछ । साझा प्रकाशन संचालक समितिका सदस्य अनिल पौडेलको निम्तोका दिन शनिवारको विदा परेकाले यसपालिको विदामा भारतीय नेपालीभाषीहरूसंग बिताउने निश्चयका साथ सिलिगुरी पुगियो ।
अपरान्ह २ बजेतिर कार्यक्रम सुरु हुने भएकाले हामी साढे एकमा नै कार्यक्रमस्थल पुग्यौं । तर त्यहाँ पनि साहित्यिक कार्यक्रम सुरु हुनलाई यता हाम्रोतिर नेपाली टायममा चले जस्तै अलि ढिलै भयो । अर्थात् तीनबजेतिर कार्यक्रम सुरु भयो ।
भारतीय नेपालीहरूका कविताहरूमा मैले अलि बेग्लै स्वाद पाएँ । उनीहरूलाई अर्कै पीडा छ, पहाड अर्थात् पितृभूमि छाड्नुको पीडा, नेपालभूमिसँग छुट्टनिुको छटपटी, स्वतन्त्रता पाए पनि सामाजिक र राजनीतिक क्षेत्रमा कुनै जातिको थिचोमिचोमा बस्नुको पीडा उनीहरूका रचनामा टड्कारो सुनियो । त्यत्तिमात्र हैन यता नेपालमा आएको अस्थिरताप्रति पनि उनीहरूमा उत्तिकै चिन्ता रहेछ । नेपालले आफ्नो र्सार्वभौम नगुमाओस् भन्ने चाहना उनीहरूमा रहेछ । उनीहरूको पीडा अर्थात् सुस्केरा सबै नेपाली भाषामा नै पढियो, गाइयो तथा सुनाइयो । त्यहाँ नेपाली भाषाले सबै जात, जाति, धर्मावलम्बीहरूलाई एक शूत्रमा बाँधेर राखेको रहेछ । हामी जाति भन्नाले थरलाई बुझदछौ र लड्दैछौ, त्यहाँ जाति भन्नाले भाषी भन्ने बुझिन्छ र लडिदैछ । यहाँ र त्यहाँ मैले अनुभव गरेको एउटा फरक यही हो । हामी त्यहाँ पुग्दा उनीहरूले आफ्नै मान्छे घरमा पाए जस्तो स्वागत गरे । यता टोलीका मित्र जे.बी. थुलुङ मलाई खुसुक्क भन्दै हुनुहुन्थ्यो- "दाई मलाई त तपाईहरू नेपालबाट आएको भनेर भन्दा त रुन पो मन लाग्यो हौ ।" अर्का साथी अनिल भन्दै हनुहुन्थ्यो "हेर यो बाटो, यो रुख, पुल, डाँडा सबै नेपालै जस्तो त छ नि, के फरक छ र, हेर मान्छे पनि उस्तै, भाषा पनि उही, तर हामी मेची तरेर अर्कै मुलुकमा आयौं हगि !" भन्दै हामीलाई भावुक नजरले पुलुक्क हेर्दै हुनुहुन्थ्यो । हामी स्वीकृतिको शिर हल्लाउँदै अघि बढ्यौ बाटामा । मलाई पनि मनमा कस्तो कस्तो लागिरह्यो बाटाभरि ।
साझा प्रकाशनले आफूलाई घाटा लागेको भनि त्यहाँबाट विक्रीडिपो हटाएकोमा त्यहाँका नेपालीभाषीको ठूलो चित्त दुखाई रहेछ । जुन कुरा उनीहरूले अन्तरक्रिया कार्यक्रममा खुलेर बताए । साझा प्रकाशनमा खेम नेपाली कार्यरत रहेको बेलामा हटेको रहेछ साझा पुस्तक पसल त्यहाँबाट । उहाँ पनि हामीसंगै हुनुहुन्थ्यो आज । त्यसलाई अहिले पुनस्थापित गर्न खोज्ने अनिल पौडेल पनि सँगै हुनुहुन्छ । त्यही मौकामा त्यहाँका नेपालीभाषी हामीलाई एक हातले गालामा स्वागत र अर्का गालामा गालीका झापटले हाने । न हाँस्नु न रुनु भनेझैं कान ठाडा, मुख चूप राखेर उनीहरूकै बात सुनिरहेथ्यौं धेरैबेर बसेर । पहिले त घाटा सहेर संस्था कसरी चल्छ भनेर वकालत गर्दै गरेका नेपालीजी अन्तमा भने गल्नुभो र भन्नुभो- "यस्तै अन्तरक्रिया गरेर मात्र डिपो हटाउनु पर्ने रहेछ !" भन्दै पछुताएको पनि सुनें । अन्ततः अनिल पौडेल जो वर्तमान साझा प्रकाशन संचालक समितिका सदस्य हुनुहुन्छ वहाँले यथाश्रि्र पसल खोल्ने आश्वासन दिए पछि मात्र त्यहाँ वातावरण शान्त भयो ।
यसअघि संघका अध्यक्ष युवराज खतिवडाको अध्यक्षता तथा साझा प्रकाशनका संचालक अनिल पौडेलको प्रमुख आतिथ्यमा भएको समारोहमा नेपालबाट साहित्यकार खेम नेपाली, जे.बि. थुलुङले र भारतका ज्ञानेन्द्र खतिवडा, लक्ष्मण सिमल, बि.बि. विश्वकर्मा, गौरी सुब्बा प्रधान, राजन ढकाल, सन्तोषकुमार क्षेत्री लगायतका साहित्यकारहरुले आ-आफ्ना रचनावाचन गरे । सम्पन्न भएको काव्यवाचनका शिलसिलामा मलाई एउटा कुराले छोयो । त्यहाँ "सिक्टी प्लस एसोसिएसन" भन्ने एउटा संस्था पनि रहेछ गोर्खा सेवा परिषदसँगै हातेमालो गर्दै हिंडेको । जहाँ साठी वर्षउमेर पुगेकाले मात्र सदस्यता पाउने रहेछन् जसले समय समयमा साहित्यिक, सामाजिक र धार्मिक कार्यक्रमहरूको आयोजना गर्दो रहेछ । दर्शकदर्ीघामा बसेका बृद्धबृद्धा देख्दा मलाई मेरो "पुराना जुत्ताहरू" शिर्षको कविता सुनाउन मन लाग्यो । मञ्चमा उभेर सिक्टी प्लस एसोसियसनकोबारेमा केही भूमिका बाँधे र कविता वाचन गरें । सबैले ध्यान दिएर सुने । बीच बीचमा ताली पिटे, वाहवाही गरे र वाचन गरिसकेपछि धेरैले खुशीका भाव र बधाईका हात दिए र आशिर्वाद दिए ।
कार्यक्रमस्थलबाट हिड्ने बेलामा एकजना बृद्धले मैले वाचन गरेको कविता 'पुराना जुत्ताहरू' प्रकाशनार्थ माग्नुभो । साँझपख खाना खाने बेलामा टोलीका मित्र खेम नेपाली भन्दै हुनुहुन्थ्यो- "मलाई तपाईले कवितावाचन गरिसकेपछि आँखामा उम्रेको पानी पुछ्न अप्ठेरो भइरहेको थियो, धन्न खादा ओढिएको थियो र त्यसैले पसिना पुछेझैं गरेर मैले मेरो आँशु पुछें ।" मलाई यस अघि दर्शकहरूले गरेको प्रतिक्रिया र नेपालीजीको भनाई सुनेपछि कुनै ठूलो पुरस्कार पाए जस्तो आत्मसन्तुष्टी मिल्यो । अहिले म मेरा तिनै पुराना जुत्ताहरूले साँटेर ल्याएको आशिर्वाद र आत्मसन्तुष्टि यो मनमा नअँटेर होला सायद यी हरफहरू कोर्दै थिएँ ।
- 2474 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
2 days 18 hours ago - आभार प्रकट गरे
4 days 17 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
4 days 19 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 days 12 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
5 days 15 hours ago - किताब राम्रो रहेछ । बधाई छ
5 days 15 hours ago - एकदम सान्दर्भिक
5 days 19 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
5 days 22 hours ago - भुगोल ले नछेकेको माया
1 week 3 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- पाठ्यक्रममा साहित्यिक कृति
- भो म साहित्यकार बन्दिन
- गजल ( बिर्सिएको छैन आमा )
- चारिटा मैथिली हाइकु - २ (वन–जंगल)
- जन्मदिनको शुभकामना तिमीलाई
- दुई मुक्तक (मनभित्रको चाहना)
- लीलाध्वज थापाः एक शब्दचित्र
- तिम्रो मेरो सम्बन्ध
- तीन मुक्तक (देश भक्ति)
- जद्याह र tea man ......... by..देव
- वर्षात र डुबान
- लाहुरेसँगको पिरती
- मैले हेरेकै हुँ
- रुपबजारकी नोरा
- बोलायौ तिमीले अनि भेट्न आए
- मन्त्रिनीलाई मन्त्रीको मन्त्र
- तिम्लाई छुने रहरहरू
- विरहमा मन मुटु जलेको छ आज
- गाउँ-गाउँ बाटो बत्ती
- असल मान्छे
- होली विशेष (संस्कृति र परम्परा)
- नि:शब्द मन (केही हाइकु)
- आदिम मान्छे
- किन आउँछ याद तिम्रो सधैं सधैं साँझमा
- पाँच मुक्तक
- ऊ निर्दोष छैन
- जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
- एक पल पनि रमाइलो
- मान्छे र गोमन - २
- मर्ने कसैलाई रहर हुँदैन
नबराज सुब्बाज्यू, मझेरीमा
kbs — Sun, 09/05/2010 - 11:39नबराज सुब्बाज्यू,
मझेरीमा नियात्रा राखिदिनुभएकोमा धन्यवाद छ। तपाईंजस्तो वरिष्ट व्यक्तित्वहरूको उपस्थितिले हामीलाई धेरै गौरवान्वित गराएको छ।
Thank you so much. nrs
अतिथि — Mon, 09/06/2010 - 07:25Thank you so much.
nrs
बधाई छ है नियात्राकार नवराज
gorkhesailo — Tue, 09/07/2010 - 14:03बधाई छ है नियात्राकार नवराज सुब्बा शरलाई अनि धन्यवाद छ मझेरीलाई ।
बधाई छ है नियात्राकार नवराज सुब्बा शरलाई अनि धन्यवाद छ मझेरीलाई । नवराज सुब्बाजस्तो वरिष्ट व्यक्तित्वहरूको उपस्थितिले मझेरीलाई माथि उठाउन मद्त गर्छ भने हामीजस्ता साहित्यका बिद्ध्यार्थीलाई पनि हेरक किसिमका उत्कृष्ट रचनाहरु अड्ढययन गर्ने सु–अवसर मिल्छ । सधैँ यसैगरी पढ्ने अवसर पाए हुन्थ्यो ।
नियमित मझेरीका पाठक
– गोर्खेसाइँलो
भुगोल ले नछेकेको माया
Hari Thapa — Mon, 01/11/2021 - 14:09पुराना जुत्ता हरु मलाइ एकदमै मन पर्ने कविता मध्येको एक कविता हो । तपाइहरु जस्ता श्रस्टाको छ्त्र छायामा रहन पाउद अत्यन्तै गौरव लाग्छ । मझेरी परिवारमा आइ आफ्ना अनुभव हरु बाडेर हामिलाई दिनु भएको माया प्रेम का लागि धेरै धेरै धन्यवाद । साहित्य एउटा खुला आकास हो यसको कुनै सिमाना हुदैन भन्ने कुरा मेची वारि र पारी भए पनि नेपालि साहित्यले भौगोलिक विभेद मेटाउन हजुरहरुले गर्नु भएको कार्यको इतिहासले लेखा जोखा पक्कै गरेको छ ।
हरि थापा
Post new comment