Skip to content

कतारमा आयोजित १४५ औं मोती जयन्ती गजलमय

  • by
20100905_RajeshworDhakal-01


दोहा, कतार।

“भाषाको उत्थान नेपालीको पहिचान, सचेत र शिक्षित समाजको निमार्ण हाम्रो अभियान” भन्ने मुलनाराका साथ स्थापित नवोदित साहित्यिक मोवाइल पुस्तकालयले १४५ औं मोतीजयन्ती समारोह सम्पन्न गरेको छ ।

“आमा भन्छिन फर्क बाबु अति भयो अत्याचार
बाबा रुदै भन्नुहुन्छ फेरी उठाऊ हतियार”
लक्ष्मण संकल्पका यिनै गजलका शेरहरूबाट सुरुभएको गजल वाचन ।

“खाली छ मनको डेरा बसाई सरे हुन्छ
तिम्रो लागि खुला सधै लुकामारी गरे हुन्छ”
कहिले माया प्रमेका गजल ।

“कहिले फड्को मार्ला देशले छैन आशा भनु भने
बन्छ बन्न् संविधान छ सौं एक छन गनु भने ”
कहिले देशमा बन्न नसकेको संविधान साथै राष्ट्रिय भावले ओतप्रोत गजल ।

“यसपालीको दशै तिहार घर आउन पाइन आमा
खाली रह्यो निधार नि सजाउन पाइन आमा”
प्रवासमा चाडवाड आउँदा हुने पीडाहरू गजलमार्फत पस्केका थिए श्रष्ट्राहरूले ।


कार्यक्रममा श्रष्ट्राहरू भिमसेन खतिवडा, अविरल यात्री, यज्ञ खड्का गम्भीर, जगत राम वर्देवा घायल, दिलिप अविरल, खेमराज भुक्तमालाली, युग योगि राई, रमेश आले मगर, वविन वियोगी, युवराज धिमीरे प्रीत, पवन निश्चल राई लगायत दुई दर्जन श्रष्ठाहरूले गजल वाचन गरेका थिए भने हिरा उदासी र निराजन लुइटेलले कविता वाचन गरेका थिए ।

मोतीराम भट्टको जीवनीको बारे संस्थाका सदस्य इन्द्रमणि नेपालले चर्चा गरे भने गजल सम्बन्धी जानकारी राजकुमार पुत्ला र विक्रम चेतनशील राईले प्रस्तुत गरेका थिए ।

साहित्य भनेको वुद्धिजीविहरूको जमात हो, साहित्य भनेको संसार चियाउने माध्यम र ऐना हो । राजनितीक चेतना सबैमा हुनुपर्छ तर संघसंस्था भने राजनिती हावी गर्नु गलत हो ! साहित्यकारहरूले साहित्यमार्फत नै नेपालको बस्तुस्थिति केलाउनु पर्छ । साहित्यिक संस्था टुकि्रनु दु ःखको कुरा हो । साहित्यक संस्था फुटेर हैन जुटेर अगाडी बढनुपर्छ । हरेक संघसंस्थामा सहकार्य गर्दै सम्पूर्ण भाषाभाषिको बारेमा जानकारी लिनुपर्छ भन्दै ५० डिग्रीको घाममा पनि नेपाली साहित्यि सृजना खेलेको भूमिका उल्लेखनिय भएको तर्क ब्यक्त गर्ने बक्ताहरू एनआरएनएका बरिष्ठ उपाध्यक्ष अजिजु रहिमान शेख, गोरखा सेवा समाजका अध्यक्ष श्रीकृष्ण भट्टराई, संध्या ग्रुप अखोरका अध्यक्षँ विरेन्द्र कुमार यक्थुम्वा, नेपाली प्रवासी आदिवासी जनजाति महासंघका महासचिव विनेश तामाङ, नेपाली जनप्रगतिशिल मंचका अध्यक्ष शुशिल खड्का, किरात राई यायोख्खाका अध्यक्ष चन्द्रशेर राइ, नवोदित साहित्यिक वाचनालयका अध्यक्ष नवराज विक थिए ।


कार्यक्रमको समापन गर्दै सभापति नवोदित साहित्यिक मोवाइल पुस्तकालय अध्यक्ष कृष्ण क्षितीज राईले नवोदित साहित्यि वाचनलयलाई यहाँ सम्म ल्याउनको लागि हामीहरूको महत्वपूर्ण भूमिका रहेको बताउदै, हामी संस्थापकहरूले नवोदित साहित्यक वाचनलायलाई सिधै हस्तक्षेप गरेको तर्क ब्यक्त गरे ।

नवोदित साहित्यिक मोवाइल पुस्तकालयका अध्यक्ष कृष्ण क्षितीज राईको सभापतित्व, भावनात्मक रुपमा मोतीराम भट्टलाई प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा सन्ध्या ग्रुप अलखोरका अध्यक्ष विरेन्द्र कुमार याक्थुम्वा, साहित्यकारहरू हेमन्त प्रदेशी, भुबन सुनुवार भानु, परिहाँस सुब्बा, एनआरएनए कतारका बरिष्ठ उपाध्यक्ष अजिजु रहिमान शेख, गोरखा सेवा समाजका अध्यक्ष श्रीकृष्ण भट्टराई, नेपाली प्रवासी आदिवासी जनजाति महासंघका महासचिव विनेश तामाङ, नेपाली जनप्रगतिशिल मंचका अध्यक्ष शुशिल खड्का, किरात राई यायोख्खाका अध्यक्ष चन्द्रशेर राई लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


नयाँ ढंगबाट सुरुभएको कार्यक्रमको ब्यानर अनवरत र दिपप्रज्वलन उपस्थिति अतिथिहरूबाट गरिएको थियो भने मोतीराम भट्टको तस्वीरमा माल्यणपर्ण संस्थाका प्रमुख सल्लाहकार भोजराज दाहाल क्याकट्सले गरे । राष्ट्रिय गान र एक मिनेट शहिदहरूप्रति मौनधारण गरिएको कार्यक्रममा कार्यसमितिका सदस्यहरूले सामुहिक रुपमा गजल प्रस्तुत गरी स्वागत गरेका थिए । संस्थाका महासचिव तीर्थसंगम राई, संयोजक ईश्वर दाहाल कविजी तथा चर्चित ढुङगेलले ले पालैपालो कार्यक्रमको संचानलन गरेका थिए । कार्यक्रममा नवोदित साहित्यिक मोवाइल पुस्तकालय संयोजक ईश्वर दाहाल कविजीले गजल सम्बन्धी तयारी पारिएको आलेख उपस्थितहरूलाई वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाली जनप्रगतिशिल मंच कतारअध्यक्ष शुशिल खड्काले नवोदित साहित्यिक मोवाइल पुस्तकालयको लागि झोला दिनेप्रतिबद्धता ब्यक्त गरे भने गोरखा सेवा समाजका अध्यक्ष श्रीकृष्ण भट्टराईले १ सय कतारी रियाल सहयोग गरेका थिए । स्मरण रहोस सम्पूर्ण बक्ताहरूले गजल वाचन गरेका थिए ।


राजेश्वर ढकाल
बगुवा-६ गोरखा
हाल: दोहा-कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *